
कपासको गद्दामा रात काट्नेहरुसँग सडक सिरानी हाल्नेको व्यथा कसरी सुनाउँ ?
लक्ष्मी मैनाली
प्रतीक्षाका मीठा पलहरुलाई साँचेर
कति अनिदा आँखाहरुले रात गुजारे होलान् !
जिन्दगी जिउने धुनमा
आफैलाई बिर्सिएर बुनेका सपनाहरू
देख्न नपाउदै भत्किएको आशाहरु
अभावले थिलथिल्याएको चाहना
माला बुन्दा बुन्दै खसेको एक थुँङा फूल
खै कसरी सिलाउँ चोट्हरुले च्यातिएको यो मुटु ?
भित्र भित्रै मडारिएका काला बादलहरु
आँखाका डिलसम्म आइपुग्दा
थिचेर मुटुको ढुकढुकी
परेलीको छानाभित्र खै कसरी लुकाउँ
राखेर धारभित्र आफैलाई
रेटिनुको पीडा के बताउँ
कपासको गद्दामा रात काट्नेहरुसँग
सडक सिरानी हाल्नेको ब्यथा खै कसरी सुनाउँ ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




मिठा हरफहरू
राखेर धारभित्र आफैलाई
रेटिनुको पीडा के बताउँ
कपासको गद्दामा रात काट्नेहरुसँग
सडक सिरानी हाल्नेको ब्यथा खै कसरी सुनाउँ ?
…