
सुन्तला टप्प टिपी खाए हुन्छ, म छु जहाँ धाए हुन्छ
सुरेन्द्र लामा तामाङ
दिल चुँडी लानेहरु आए हुन्छ
खादामाला र फुल चढाए हुन्छ
मायाको व्यापार गर्नेहरुले
मुटु चिर्न छुरा अघि बढाए हुन्छ
म मरेको हल्ला चलाए हुन्छ
जिउँदो लास बनाएर जलाए हुन्छ ।
अनायसै पलपल मुटु धड्काए हुन्छ
जिउँदै मारेर अभाव खड्काए हुन्छ
आशाको दियो आफैतिर फर्काए हुन्छ
जीवनभर यतैतिरै मन तर्काए हुन्छ ।
सुन्तला टप्प टिपी खाए हुन्छ
म छु जहाँ धाए हुन्छ
सबैले मनमुटुमा छाए हुन्छ
सके सच्चा प्रित लाए हुन्छ ।
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



