
भिडभित्र म हरेक मान्छेको जीवन पढ्न चाहन्छु
लक्ष्मी मैनाली पाठक
सोच्छु ! जीवनका कथाहरु काँहाबाट सुरु हुन्छन् ? जन्मदै ? जन्मनु अघि या जन्मिसके पछि ? जोड, घटाउ, भाग, गुणाको मिश्रित योगफल जीवन हो ? बिना हिसाबकिताब जीवन चल्छ ? चल्दैन ?
यि मानिसै मानिसको भिडभित्र म हरेक मान्छेको जीवन पढ्न चाहन्छु । हेर्छु कोहि आलिसान महल- गाडी हरेक भौतिक सुखसयलमा रमाई रहेका छन् । कोहि दिनरात हातमुख जोर्ने समस्याले गुर्जिरहेका छन् । आखिर जीवन त दुवैको बराबर हैन र ? यहाँ को खुसी छन्, को दुखी छन्, तेस्को मुल्यांकन त कस्ले गरेको होला र ? यथार्थमा जीवन के हो ? केमा खुशी छ ?
भौतारिएको यि मनहरुले अनेकौं सवाल गर्छ । यो ठिक हो या त्यो ठिक ? बेठिक के? लड्दालड्दै आज यो गर्छु, भोलि त्यो गर्छु, चाहनै चाहनामा मान्छेको जीवन सकिन्छ । जिन्दगीले पुर्णता मरेपछि मात्र पाउछ होला ! नत्र त मान्छेले आफुलाई कुनै कोणबाट पूर्णताको अनुभव गर्न सकेको देखिदैन ।
मन्दिर, मस्जिद जता जाउँ, मान्छेले भगवानसंग पनि गुनासै गर्छ्न । उनैले दिएको जीवनसंग पनि मनिसले सन्तुष्ट व्यक्त गर्न सकेको छैनन् । यो सृष्टिका दाता जस्को अनुकम्पाले सुन्दर जीवन पायौं, उनैको प्रसादले हामी पुर्ण छौ र पनि गुनासोको भकारी हामीभित्र एक रत्ति कमी छैन !
यथार्थमा जीवन के होला ? मान्छेले यो जन्ममा कमाएको धनसम्पत्ति फेरि जन्मेर उपभोग गर्न पाउछ पाउदैन ? ब्रम्हाले सृष्टि गरेको यो चराचर जगतमा सबै एकनसका प्राणिहरु किन उत्पादन भएनन् होला ? यहाँ दुखी दुखैमा, सुखी सुखैमा मरेका छन् तर एउटा कुरा ऐस्वर्यका मालिकले किन समान बनाए होलान् ? मरेपछि सबैको शरीर (अस्तु) खरानीमा परिणत हुन्छ ! न त केहि साथमा लान्छ ? न त कोहि संगै जान्छ ?
जीवन भन्नु सन्तुष्टको खम्बा हो ? या पाउनुमा धन्य हुनु ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


