
सन्तानलाई संसार दिने, ती हुन् आमा
स्नेहा गुरागाईं
आमा
को हुन् त आमा ?
आफ्नो संसार भुलाई
आफ्नो सन्तानलाई संसार दिने,
ती हुन् आमा।
आफ्ना हरेक दु:ख भुलाई
आफ्नो सन्तानलाई हरेक सुख दिने,
ती हुन् आमा।
आफुमाथि बज्रपात आइपर्दा पनि
केही ख्याल नगरी
आफ्नो सन्तानलाई सानो घाऊ लाग्दा आत्तिने,
ती हुन् आमा।
आफ्नो ऑसु लुकाई
आफ्नो सन्तानलाई हसाउने,
ती हुन् आमा।
आफ्नो आजको अन्धकार भुलाई
आफ्नो सन्तानको भविष्य उज्यालो पार्न सदैव खट्ने,
ती हुन् आमा।
हरेक बाधा र चुनौती आउदा
डटेर सामना गर्न प्रेरणा दिने
प्रेरणाकी खानी,
ती हुन् आमा।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



