प्रिय, यहाँ नबदलिएको कुन वस्तु छ ?

लक्ष्मी मैनाली पाठक

उकाली ओरालीका अनगिन्ती मोडहरुमा
गणितीय जीवनका हिसाब जोडघटाउहरुमा
अलिकति तिमी जोडर हेर, केहि म घटाउँला
मिश्रित योगफलको खाताले बाँकी जीवन कटौउँला ।

थाहा छैन, कुन बेला चल्छ आँधी यहाँ
दुवै मिली जिन्दगीको पहाडले छेकौला
आउन त आउलान् उर्लदो खहरे
तिमी जरा, म रुख भएर सहुँला ।

घमण्ड नै गर्नु छ भने आफ्नै स्वभिमानसँग गर
बाटो बिर्सिएको छौ भने गोरेटोलाई साक्षात्कार गर
यहाँ नबदलिएको कुन वस्तु छ र प्रिय
आफ्नै मुहारको प्रतिबिम्ब उभिएर ऐनामा हेर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button