हे! नाथ भोले साथ म पाउँ, यो भवसागर पार लगाउँ

स्तुति

रितु शाक्य

त्रिकाल दर्शी त्रिनेत्र धारी
देवाधिदेव नन्दी सवारी
हे! नाथ तिमी त्रैलोक्य स्वामी
हे! जटाधारी हे! अन्तर्यामी ।१।

जटामा तिम्रो चन्द्र शोभित
शान्त छ रूप पार्छौ मोहित
कालको काल हे! महाकाल
शरणमा आएँ भएँ निहाल ।२।

हुन्छौ सदैव ध्यानमा मग्न
शिरमा गंगा तैयार बग्न
कानमा कुण्डल भस्म भूषित
नागको माला तन आभूषित ।३।

अभय दाता कैलाश बासी
हे! नीलकण्ठ बनाऊ दासी
दर्शन तिम्रो सर्वदा पाउँ
जपेर नाम नित्य रमाउँ ।४।

डमरु नाद त्रिशूल धारी
हे! महारुद्र भोले भण्डारी
तिमी हौ आदि तिमी नै अन्त्य
यो ब्रह्माण्डको अपूर्व सत्य ।५।

शरण म पाउँ नित्य रमाउँ
तिमीमै फुली तिमीमै हराउँ
हे! नाथ भोले साथ म पाउँ
यो भवसागर पार लगाउँ ।६।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button