
रातको आकाश
स्मारिका पाण्डे
साना साना चम्किला ताराहरुको गहना लाउँछ
चन्द्रमाको ज्योतिले आफूलाई सजाउँछ
रातको आकाश जुन तारा मिली सगैँ नयाँ सृष्टि बनाउँछ
सितल आनन्दित हावा सल्सलाउँछ
रात परेपछि एउटा अनौठो राम्रो भावना पलाउँछ
रातको आकाश हेरी यो मन आफैँ गुन्गुनाउँछ
शान्ति खोजी दिनमा भौतारिने यो मनले रात भएपछि आफैँ शान्ति पाउँछ
शान्ति खोजी दिनमा भौतारिने यो मनले रात भएपछि आफैँ शान्ति पाउँछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



