भोक र अधिकार

सरमान सुब्बा ‘रसिक’

एकरात सपनामा
सेती गाईले आएर भन्यो
ूमनको पीडा पोख्ने शब्द थिएन
बाँ गरेर कराएँ
तिमीले बुझेनौ
सुकेको पराल फ्यास्स हालेर गयौ
फेरि बाँ गरेर कराएँ
तिमीले त्यो पनि बुझेनौ
भाँडामा पानी ल्याएर दियौ
फेरि कराएँ बाँ
रिसाएर तिमीले भक्कुचुर कुट्यौ
खासमा म भोकाएको थिइनँ
म तिर्खाएको पनि थिइनँ
मलाई एकैछिन भए पनि आजादी चाहिएको थियो
स्वतन्त्र विचरण गर्नलाई
र तिमीले टनटन घिच्रो र टाउकोमा कसेको डोरीले
मलाई जिउन गाह्रो भईरहेको थियो
झिंगाले जिस्काउँथ्यो
म विवस पुच्छर हल्लाउँथे
डाँसे र पाटेले टोक्थ्यो
मुन्टो हल्लाउन नसक्ने अवस्थामा
म पिलपिल आँसु खसाल्दै बस्थें
तर तिमीले मेरो आवश्यक्ता
घाँस र पानी मात्रै देख्यौ
तिमीले मेरो भोक बुझ्यौ
तर अधिकार बुझेनौ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button