‘छाेरालाई भिसा लाग्यो रे ठुलाे देशमा जान’, सुक्क सुक्क गर्दै उनले भनिन्

सानीकाे पिरलाे

मञ्जु गाैतम
राममणि बहुमुखी क्याम्पस, रुपन्देही

पटुकीकाे छेउले आँसु पुछ्दै सानीले पानीको गाग्रो डाेकामा राखेपछि मलिनाे मुख पारेर घर आउँदै थिईन् । मेरो आँखामा उनको रुवाई छिपेन । उनको नजिकै पुगे, रोएर उनका आँखा सुन्निएका थिए ।

“के भाे सानी?”

‘छाेरालाई भिसा लाग्यो रे ठुलाे देशमा जान’, सुक्क सुक्क गर्दै उनले भनिन् । उस्को बा पेटैमा छाेडेर बिदेशिएका, उतै घरझम गरेर बसे ।

“छाेरालाई दुख सुख गरी पढाएँ र ईन्जिनियर बनाएँ अब ऊ पनि उतै जान्छु भन्छ ।”

सानीको गहभरी आँसु थियो । मैले पनि मन थाम्न सकिनँ ।

उनी अगाडि भन्दै गइन, “बाबू यतै बसेर केही गरे हुदैन र ? यति धेरै पढेका छाै । अब त ठुलाे मान्छे नि भयाै ।”

हुन्न आमा यहाँ न भनेजस्तो काम पाईन्छ न त भनेजस्तो दाम नै पाईन्छ त्यसैले बिदेश जान्छु । हेर्नुस् त! गाउँमा हाम्रो उमेरकाे काेही छैनन् । सबै गैसके अब मलाई पनि नराेक्नाेस् भनेर छाेराले भन्छ । म उसलाई कसरी सम्झाउँ ।

“हुन त गाउँ शहरबाट पढे नपढेका धेरै युवाहरु विदेश जान थाले । गाउँ शहर खाली हुन लागि सक्याे । यस्तै कलेज क्याम्पसहरुमा पनि विद्यार्थीहरुकाे संख्या निकै गिर्दो छ । यस्मा कस्तो दाेष छाेराछाेरीकाे, आमाबुवाकाे या राष्ट्रकाे ?” सानी गहभरी आँसु पारेर बर्बराउदै थिई । मेराे पनि मन अमिलाे भयाे ।

आखिर कहिले राेकिएला त ? याे विदेशीनु पर्ने बाध्यता…


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button