नदुखोस् अमुक मनुवाको मुटु

ऋषभदेव घिमिरे

पानीको सङ्लोपना जस्तै
आफ्नै खालको सीपले चम्किएको
मुटुको केन्द्रीय भागमा
मैले कहिल्यै रोपीन
तिमी विरुद्ध क्याक्टसको काडा ।

हृदयाकाशलाई ढाक्ने
झारहरू फाड्न
कहिल्यै उध्याइन हतियार
यावत मेरा धड्कनको सृष्टिमा
तिमी मगमगाइ रह्यौं
मैले गोडी रहे तिम्रो नामको
जपाकुसुम
आँखाबाट खसालेर
गरिरहे थोपाथोपाको सिंचाइ
तिनै आँखालाई आसुले चोख्याएर
हेरिरहें हृदयमा विराजीत तिम्रो तस्बिर ।

कठिन छन समयहरू
सरल र सहज छैनन्
मनका यावत चेतना ।

तिमीलाई लाग्दो हो
यतिबेला मेरो हृदय
धारिलो भएको छ
मुटुको आयतन बढेर दोब्बर भएकोे छ
कठोर र जब्बर मुटुले बिर्सेको छ
विगतका सारा स्मृति ।

म भने पानी जस्तो तरल भएर
बग्दै बग्दै जतिबेला पनि
तिमी छेउमा पुगेको छु
नौनी जस्तो कोमल भएर
तिम्रै तकिया मुन्तिर थिचिएको छु
मन लाग्यो भने पल्टाएर सिरानी
हेर्नू तिमीले खिचेको नौनीमनको
हाम्रो पुरानो फोटो ।

मकरको उत्तरायणमा
नराखेर मनमा राग र द्वेष
त्यही सेल्फीमा भएको
फोटोको मुटुलाई भनिदिनु
नदुखोस् अमूक मनुवाको मुटु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button