
मलाई मेरै नामले, मेरै कामले चिन्न सकोस्

कविता: मेरो परिचय
लुईस भोटिया ‘सरु’
रुम्तेक, शिकारिटार, पुर्व सिक्किम
मैले
बोलेको
मेरो बोलिले कसैको ह्रदयमा
घात नपरोस्
मेरो
उपस्थिति सबैको निम्ति
महत्त्वपूर्ण रहोस्
मैले चालेको मेरा हरेक पाईलाहरु
सबैको निम्ति
प्रेरणाको श्रोत बन्न पुगोस्
मेरो
जिउनुको उदेश्य नै
यही हो ।
मलाई
मेरै नामले, मेरै कामले
चिन्न सकोस्
कसैको उधारको जिन्दगी
जिउन मलाई
अवश्यक्त छैन यहाँ
म
मेरो परिचय
मेरै नामले दिन सकुँ
मेरो मृत्युपश्चात् पनि
सबैको ह्र्दयमा
आफ्नो छाप
छोड्न सकुँ ।
मैले
कोरेको मेरा शब्दहरूमा
यति बेसि शक्ति होश
‘हेरि पोटरमा’ भएको
अदभूत शक्तिको
प्रहार जस्तै
जसले सबैलाई
जिउने प्रेरणा, हौसला र हिम्मत दिन सकोस्
संघर्षको चपेटमा चेप्टिएका
विवश र लाचार
भएका हाम्रा नारिहरुलाई
मेरा
कबिताहरुले
संघर्ष गर्ने शक्ति
दियोस् ।
सबैको ह्र्दयलाई
छोएर छिया-छिया
बनाउन सकोस्
अनि
“म” नै “म”
भएर सबैको
ह्रदयमा बास गर्न
सकुँ ।
जिन्दगी
इतिहास बनाउँछु
इतिहास भएरै जिउँछु
चाहे ‘बैन्डेड कुईन’ बनेर
चाहे ‘मदर टेरेजा’ बनेर
जिउँछु बस्
शाह-जहाँको ताजमहल जस्तै
नत्र
बब-उल्मरको मृत्यु जस्तै
जिउँछु बस्
इतिहास बनेरै
मेरो जिउनुको
उदेश्य नै यहि हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



