
आमा! गन्तत्व उही छ, बाटो मात्र अर्को भएको हो
रञ्जनाकुमारी दनुवार
आफ्नो अस्तिव अनि जिम्मेवारी बोध छ आमा
गन्तत्व उही छ, बाटो मात्र अर्को भएको हो
बाल्यकालको सपना उही छ आमा
तिमीलाई खुसी बनाउने चाहना पनि
बस् बाटो मात्र अर्को भएको हो
ती तिता तथा नमीठा दिनहरु अझै
उस्तै अनि मस्तिस्कमा काचै छ आमा
ती बाचा अनि सपना उही छन्
बस् बाटो अर्को मोडिएको हो
तिमीलाई खुसी दिने जमर्कोले टाढा भएकी छु
नसम्झनु आमा तिमीलाई भुले भनेर
मनको हरेक कुनामा केवल तिम्रो ममता छ
बस् तिम्रो याद अनि माया छ
के गर्नु आमा जीवनलाई हेर्ने दृष्टिकोण फरक भएको छ
तर तिम्रो तो जीवनको मार्ग कैले भुलेकी छैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



