
मेरो गज्जबको साथी पहाडअघि ठिङ्ग अडेको छ
च्वास्स
पारसमणि घिमिरे
पहाडमा हुर्किबढेको मेरो साथी उच्च शिक्षाको उत्कट कामनासहित काठमाडौं ओर्ल्यो । अनेक चुनौतीको सामना गर्दै सफल भविष्यको नक्सा कोर्दै मेरो साथी काठमाडौंकै कुलीन कन्यासँग प्रेममा पर्यो अनि घरजम गर्यो । मेरो साथी अहिले शानसँग अडेको छ । पहाडसँगै हुर्केको उसको सहर नजिकै त्यही पहाडलाई नै चुनौती दिने घर ठडेको छ । उनीहरुको मायाप्रिती अझै बढेको छ, जुनतारा सबै यहीँ झरेको छ । मेरो गज्जबको साथी पहाडलाई नै चुनौती दिँदै पहाडकै अघि ठिङ्ग अडेको छ ।




