पर्दाभित्रका पुष्पलाल, पर्दाबाहिरका पुष्पलाल

पुष्पलाल: एउटै नाम अनेक विशिष्टताकाे पर्याय !

अरविन्द रिमाल

क्रान्तिकारी परिव्राजक
जीवन्त इतिहास
चलायमान आन्दाेलन
राजनीतिक अन्वेषक
वास्तुकार
अद्भुत सङ्गठनकर्ता
विशिष्ट राजनीतिक
अभियन्ता- सर्जक
… अनि सर्वाेपरि महान म्याक्सिम गाेर्कीकाे वर्गीकरणअनुसार MAN with Capital letters ! यी र अरु पनि यिनै एक र एकमात्र पुष्पलालकाे पर्याय !

माथि शीर्षकमा उल्लेख भएका गुणका धनीकाे त कुरै छाडाैँ, यहाँ अब उठाइएकाे यही एउटा प्रसङ्गकाे मात्र चर्चा गर्दा विशिष्ट राजनीतिज्ञ दूरदर्शिताकाे ज्वलन्त परिचय दिने व्यक्तित्त्व पुष्पलालका बारेमा विभिन्न गूटमा टुक्रिएर रहेका थरिथरिका शब्दाडम्बरी ‘कम्युनिष्ट’ नाइकेहरुले लगाउने गरेकाे साझा आक्षेप- आराेप ‘अकर्मण्ड” भन्ने रहेकाे त बताइरहनु पर्दैन। तर,मुलुकमा प्रजातन्त्र पुनर्स्थापना गर्न पञ्चायती शासनविरुद्ध नेपाली कांग्रेस तथा वामपन्थी मिलेर चलाइएकाे संयुक्त ‘जनआन्दाेलनका मुख्य प्रवर्तक ‘अकर्मण्य’ पुष्पलाल नै किन र कसरी भए भन्ने प्रश्नकाे समुचित उत्तर आजसम्म पनि सैद्धान्तिक तवरले हाेइन, हचुवा तालले दिने गरिएकाे धूर्त्याँईलाई याे लेखकले ‘इतिहासकाे घनघाेर विकृति’ भनेकाे रहेछ । अनि,’पुष्पलाल र मनमाेहन: नखुलेमा केही तथ्य’ शीर्षकमा ‘नयाँ पत्रिका’, २०७३,१२ चैतमा छापिई ‘डिल्लीबजारकाे लप्टनकाे हाेटेल’ निबन्ध संग्रहमा ‘पुष्पलालका सम्बन्धमा थप कुराहरु’ भनिएकाे लेखकाे आखिरीमा यसरी शब्दाङ्कित भएका रहेछन्: ‘वास्तवमा पुष्पलाल त त्याे नदीजस्तै हुन् जसबाट उनमा सहयात्री, सहयाेगी तथा समर्थकुले आ-आफ्नाे श्रद्धा, आदररूपी पात्रबाट जल झिक्दा कहिल्यै घटेनर वसमा निन्दकहरुले डुङ्गुरका डुङ्गुर फाेहाेरमैला फाल्दा कअिल्यै पदूषित भएन; बरु आफ्नै प्रवाहलाई एकैनासले, अविचलरूपमा गन्तव्यसम्म पुर्‍याउन सचेष्ट र क्रियाशील रह्याे ।

कस्ताे रहेछ त त्याे, पछिपछि स्वयं नेतृत्व समूहहरुले नै मर्म र महत्त्व नबुझिएकाे सम्युक्त जनआन्दाेलन जसलाई सिध्याई मुलककाे आजकाे दलीय भनिने निर्दलीय, अनि अनाैठाे खाले हकुमी शासनमा झार्न दख्खिनेदेखि यूराेप तथा सातसमुद्रपारका विस्तारवादी- साम्राज्यवादी शक्तिहरु लागीपरिगरेका रहेछन् ।

सात सालक्रान्तिकाे बीजाराेपण

२००७ सालकाे प्रजातान्त्रिक क्रान्तिकाे बीऊ छर्ने गरी २००४ सालकाे शुरुमा खुला सत्याग्रह आन्दाेलन देशभरी नै मच्चियाे । यसै क्रमकाे काठमाडौँ सडक आन्दोलनमा राणा पुलीसले मुखबाट रगत आउने गरी चुटुपिटि मरणान्त घाइते भए पुष्पलाल ।

यसरी राजनीतिक जीवनकाे श्रीगणेश गरेका पुष्पलाल बहुआयामिक क्रान्तिकारी छविले युक्त पीएल हुन पुगे । यस्ता महारथीकाे थप शब्दचित्र बालकृष्ण समकाे कविताका यी हरफहरुबाट शुरु हुनुपर्ने लाग्दालाग्दै किन यसरी लेखिन गयाे, याे लेखक आफैँ जान्दैन:
‘दिएँ अञ्जुलीले पानी बिर्सी सागरकाे जल,
दिएँ आरती बत्तीले सूर्यकाे छवि बिर्सेर,
अनि हरभरा पृथ्वीलाई बिर्सेर एउटा
बाेहतामा पुष्पाञ्जलीसम्म चढाइयाे,
तर सदभक्तिकाे गाेल विश्वभन्दा
विशाल छ ।’

अब उनका पर्यायकाे संक्षिप्त वर्णन व्याख्या ।

नेपालमा कम्युनिष्ट आन्दोलनकाे जन्म र विकास कम्युनिष्ट सङ्गठनकाे जगमा हुनसक्नेहुँदा पीएल यसका लागि वन,पहाड, खाेलानाला हिँड्दै- तर्दै कहाँ पाे पुगेनन् ! यसैकारण उनी क्रान्तिकारी परिव्राजक हुन् ।

चार वर्षभन्दा कम समयसम्म मात्र पार्टीको सर्वाेच्च पदमा बसे पनि आलङ्कारिक भाषामा, पीएलले चार हजार वर्षसम्म पनि नओझलिने कीर्ति छाडेका छन् । यसरी जीवन्त ईतिहास हुन् ।

एकदिन उनी एक्लै मेराे घर आए । बुवाआमालाई भेटेर क्षेमकुशल साेधे । अनि हामी दुवै चाबेलकाे पार्टी सेल मिटिङ्गमा हिँड्याैँ । पार्टी जनरल सेक्रेटरी (जीएस) सेल मिटिङ्गमा? हाे, सेल मिटिङ्गमा । आन्दाेलनकाे लागि पार्टीको सानाे अङ्ग पनि उत्तिकै महत्वपूर्ण । सँगै हिँड्दा म राेमाञ्चित हुँदै उनकाे चालमा धर्तीमाता वसुन्धरा पनि ताल मिलाउँदै हिँडेकी अनुभव भयाे । स्वयं जीयसलाई आफूमाझ पाउँदा मिटिङ्गमा उपस्थित भैरव अर्याल, रमेश विकल, शक्ति लम्साल, अमीरमान थप राेमाञ्चित । उनकाे उपस्थिति र विषयसूची भनेकै आन्दाेलन- समीक्षा- अगाडिकाे आन्दोलनकाे निश्चय अनि संगठन प्रचार । यसरी पीएल चलायमान आन्दाेलन हुन् ।

आफैँले वर्गीय दृष्टिकोणबाट निन्दा- आलाेचना- विराेध गरेकाे सातसालकाे क्रान्तिका घाेषित नीतिकाे रक्षार्थ र सही कार्यान्वयनका लागि तथा देशकाे स्वाधीनता संरक्षणकाे लागि आफ्नाे राजनीतिक क्रान्तिकारी गुरु दाजु गङ्गालालले नेतामानी राणाशाहीविरुद्ध प्रजातन्त्रकाे लागि ज्यान वलिदान गरेका देशकाे पहिलाे सङ्गठित राजनीतिक दल नेपाल प्रजा परिषदका अध्यक्ष टङ्कप्रसाद आचार्यसित २००८ सालमा विश्व ऐतिहासिक सम्युक्त माेर्चा गठन । चीन, यूराेप तथा भारतमै पनि यस्ताे सम्युक्त माेर्चाकाे औचित्य र सार्थकता विदेशी हमला वा आधिपत्यका कारण भएकाे थियाे । हाम्राे देश नेपालमा विशुद्ध आन्तरिक आवश्यकताले याे घटनाक्रमलाई जन्माएकाे थियाे । त्यसैले याे विश्व ऐतिहासिक, बाह्य प्रभावबाट अछुताे माैलिक प्रयाेग थियाे ।दुर्भाग्यवश, थाेरै समयमै राजदरकार, नेपाली कांग्रेस नेतृत्व, भारतीय सत्ता र अङ्ग्रेज साम्राज्यवादका लागि आखाका कशिङ्गर भएकाे सम्युक्त माेर्चा नेकपा महासचिव मनमाेहन अधिकारीकाे हाे, अकर्मण्यताकाे कारण, शक्तिशाली पाेलिटब्युराे सदस्य तथा सम्युक्त माेर्चाका महासचिव शै‌लेन्द्रकुमार उपाध्यायले साझेदारमाथि अनुचित दवाव रूपी दुस्साहसिकताले गर्दा टुट्यो ।

कम्युनिष्ट आन्दाेलन बढाउन उनले शिक्षाकाे महत्त्व बुझेर प्रगतिशील अध्ययन मण्डल, जनवर्गीय संगठनकाे महत्त्व बुझी तिनीहरुकाे सङ्गठन, जन अधिकार सुरक्षा समिति र भूमिगत पार्टीको खुला राजनीतिक सङ्गठन नेपाल साेशलिष्ट पार्टीको स्थापना आदि कार्य पीएलकै अग्रसरतामा भएका हुन् । नेपाल साेशलिष्ट पार्टीका अध्यक्ष डा.केशरजङ्ग रायमाझीले अरविन्द रिमाल महासचिव भई चलेका याे दल आफ्नाे नेतृत्वमा भएकाे दावा अनुचित तवरले गरे पनि यसका अन्वेषक र वास्तुकार पीएल नै हुन् । पीएलकाे निन्दा- आलाेचना गर्नामा सबभन्दा संयमित हुँदाहुँदै डा. रायमाझीले यस्ताे नभन्नुपर्ने कुरा भने ।

पीएलले राजनीतिमा कुनै निजी महत्त्वाकांक्षा राखेनन् । तर अरु गुटबाज उनीमाथि याे पनि आराेप लगाउँदछन् । अब महान नाटककार शेक्सपीयरकाे जुलियस सीजर नाटकलाई केही झिन पईँचाे लिई Mark Antony काे शब्दमा भन्नुपर्दा, I thrice presented him the kingly crown, and thrice he rejected. But Brutus says, Ceaser was ambitious,and Brutus is an honourable man. तर Casius रचित षडयन्त्रमा अनेकाै बुटस मिलेर हाम्रा सीजरलाई मारेकै हुन् ।

वर्तमान समयमा भारत- अमेरिका आदि देशकाे सम्युक्त Deep State ले हाम्राे मातृभूमिमा रैथाने भराैटे Deep State स्थापना गरी राज चलाइराखेकाे छ । यसलाई नेपाली शैलीकाे 18th Brumaire पनि भनिन्छ । भयानक चलखेल भइरहेछ, तिनका काला भान्साका काला कराहीहरुमा अनेक प्रकारका काला पकवान पकाइरहिएकाे छ । यस्ता भान्सेहरुमा आफूलाई पुष्पलालवादी भन्नेहरु पनि छन् । पुष्पलालकाे गरिमामय ऐतिहासिक धराेहर बाहिरी Deep State काे ताेकेकाे माेलमा बन्धक वा बिक्री नै हुने खतराबाट पुष्पलालका सच्चा अनुयायीहरु चिन्तित – भयभीत छन् । यस्ताे दुरुह परिस्थितिमा यिनीहरुले चरैवेति, चर‌वेति भएर वा बुद्धदेवकाे मन्त्र ‘अप्प दीपाे भव’ पालन गरेर हिँड्नु छ । उनीहरुलाई मुटमाथि ढङ्गा राखी बाेल्नु- बाच्नु पर्‍या छ, वा काँढासँग मुटु साट्नु परेकाे जस्ताे पनि भएकाे हाेला । त्यसैले मनमाेहन अधिकारी शासनकाललाई बडाे सहानुभूतिपूर्वक हेर्नुभएका महान नेपालपुत्र मेरा सद्गुरुदेव स्वामी सत्यदेव (२०१० आश्विन-२०६१ जेष्ठ) त्याे आफ्नै दम्भ- अहङ्कार -विवकेहीनताले अन्त्य भएकाे सम्झनास्वरूप २०५८ काे आश्विन ६ गते मलाई मेराे घरमा केही दिनबसी सत्सङ्ग गर्नुहुँदा याे सन्देश टिपाउभएकाे थियोे: ‘हिजाेकाे चिन्तन र साेचान मात्रभर परेर आजकाे बदलिँदाे परिस्थितिमा शान्ति कायम गर्न एवम् क्रान्ति सम्पन्न गर्न सम्भव छैन । त्यसैकारण सम्यक मनुष्यले यथार्थ साेच,माैलिक चिन्तन एवम् नवीन सङ्कल्पकाे प्रकाशाा आफैँ दीपक बनेर अगाडि बढ्नुपर्छ ।’

आफ्नाे मार्गका दृढ कार्यकर्ता अाफ्नाे अध्ययनलाई परिपक्व बनाउन विपक्षी मात्र हाेइन, शत्रुपक्षकाे विचार जान्न अध्ययनशील हुनुपर्छ भनी सम्झाउँदथे । असहिष्णुता कारण सर्वाेच्च नेतृत्वले पार्टीभित्रका मतभिन्नतावादीहरुकाे शारीरिक, बाैद्धिक तथा राजनीतिक जीवन नष्ट हुनेगरी भएगरेका दारुण तथा भयावह घटनाबाट शिक्षा लिई आफूलाई सबल बनाउनका लागि यस्ता सम्यक मनुष्यहरुले अङ्ग्रेज इतिहासकार Archie Brownले लेखेका विशाल ग्रन्थ The Rise and Fall of Communism पढ्नैपर्छ भने भारतीय कमरेड Mohit Sen काे मौलिक महत्त्वकाे ग्रन्थ The Traveller and the Road; A Journey of an Indian Communist/ Autobiography of Mohit Sen पढेमा आफ्नाे देशकाे माटाेकाे सुगन्ध बिर्सेर राजनीति गर्नाले नै भारतकाे एकताकाकाे एवम् व्यापक कम्युनिष्ट आन्दोलनकाे ह्रास भएकाे कटु सत्यतथ्य बुझ्न सकिने उनकाे मत बुझिन्छ ।

कम्युनिष्ट आन्दाेलनकाे हितार्थ राणा पी. एनलाई काठमाडौँ जिल्ला पार्टी सचिव, प्रान्तीय सचिव अनि केन्द्रीय कमिटीमा, दार्जिलिङका आप्रवाशी हालैका नेपाली कांग्रेसी निर्मल लामालाई काठमाडौँ कम्युनिष्टका ‘राजा’, डाेटेली भट्ट आनन्ददेवलाई भक्तपुरे कम्युनिष्टका ‘राजा’, साधारण कार्कर्ता अरविन्द रिमाललाई क्रमशः टाेल, नगर, जिल्ला, प्रान्तीय अनि केन्द्रीय कमिटीमा ल्याउने, प्रधानमन्त्री मातृकाप्रसाद काेइरालाका पुत्र कमलप्रसाद काेइरालाले बराबर लेखआदिमा आफूलाई कम्युनिष्ट बनाउने भनी निर्मल फामा र अरविन्द रिमालकाे नाम लिई गुन लगाए तापनि उनलाई र अनि देशभरिका कार्यकर्ताहरुकाे हित र उन्नतिकाे अनवरत रूपले ध्यानसराेकार राख्ने र लेखेर साध्यै नहुने मानव ग्रन्थ रहेका र रहिरहने पुष्पलालमा उनकाे स्मतिदिवसमा हार्दिक श्रद्धासुमनका शब्दहरु ।

जय नेपाल !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. रोचक लग्यो र पुष्पलाल मेरो हजुर बुवा संग को कुरो म धेरै बुज्दिन थिए तर बुजेको र सम्झिएको मा “पुष्पलाल ले पार्टी मा म आफ्नै साथी बाट धोखा खाए मैले मान्छे चिन्ह सकिन तर तपाई संग मान्छे चिन्ने छ्यमता खुबि छ मलाई पनि सिकयीदिनु पर्यो ,,,,,,” भनेको अझै सम्झना छ , वहा को बनारस बसई को तारर्तम्म्य मेरो हजुर बुवा ले मिलाउ नु भएको हो राम कटोरा मा पछि एक जना वहा को साथी हिक्मत सिंह भण्डारी संग मेरो भेट मा त्यो अझ प्रस्ट भए को थियो ¡|,,,
    मेरो हजुर बुवा को बुझाई मा पुष्प लाल जसको सन्तान हुनु हुन्थियो वहा हरु लाई चिन्नु हुदो रैछ ,,,फलानो को सन्तान लाई राजकाज लागेछ फलानो को सन्तान को हैसियत ले सक्दो गर्नु पर्छ भन्ने नै मलाई सुनाउनु हुन्थियो ,,,,,,

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button