‘छोरी अर्काका घर जाने जात, यिनीहरुले वंश जोगाउन सक्दैन’

प्रकाश परियार
इटहरी, सुनसरी ।

भनिन्छ, छोरी भनेको घरको लक्ष्मी हुन् । साँच्चै नै छोरी मान्छे घरका लक्ष्मी हुन् । जब कुनै परिवार वा घरमा छोरी जन्मिन्छ, घर उज्यालो हुन्छ । त्यो छोरीको मुस्कान देखेर दिनभरी काम गरेर थाकेर आएका बाआमाको मुखमा मिठो मुस्कान आउँछ । दिनभरिको नकारात्मक वातावरण छोरीको मुहार र मुस्कान हेरिपछि सकारात्मकमा परिवर्तन हुन्छ । छोरीले बोलेको प्रत्येक शब्दमा जादु हुन्छ । उसको बोली सबैले मन पराउँछन् ।

छोरीले बोल्ने प्रत्येक शब्दमा शक्ति छुपेको हुन्छ । तर, हाम्रो समाजमा अझै पनि छोरीलाई हेर्ने दृष्टिकोण तल्लोस्तरको नै रहेको छ । कतिपय समाजमा छोरीलाई कम स्थान दिइन्छ । यिनीहरु भनेका अर्काका घर जाने जात हुन् । यिनीहरुले हाम्रो वंश जोगाउन सक्दैन भन्ने जस्ता सोच नेपाली समाजमा छन् । यो बिल्कुलै गलत सोच हो ।

अमेरिकामा पनि हरेक वर्षको सेप्टेम्बर २५ मा छोरीसँग समय बिताऊ भनेर छोरी दिवस मनाइन्छ, जसमा छोरी खुसी हुन् भनेर विभिन्न कार्ड, गिफ्टहरु दिने गर्दारहेछन् । विश्वभरी सेप्टेम्बर २८ मा उक्त दिवस मनाइन्छ । त्यस्तै छिमेकी भारतमा पनि सेप्टेम्बर २६ का दिन छोरी दिवस मनाइन्छ, छोरीहरुलाई फूल, कार्ड, र शुभकामना दिइन्छ । छोरी छोराभन्दा कम हुँदैन भन्नको लागि यो दिवस मनाइन्छ ।

छोरी मान्छे संसारको सिर्जनाकर्ता पनि हुन् । छोरी मान्छे नै आदि देवी शक्ति हुन भन्ने कुरा हाम्रो नेपाली समाजले बिर्सेका छन् । छोराछोरी बराबर हुन् भन्ने समाजमा चेतना फैलाउन जरुरी छ । अनि मात्र परिवार, समुदाय र समाज र देश विकास हुन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button