
बुद्धभूमिमा दानवनृत्य
हिमाल जिसी
सारनाथमा बुद्धत्व प्राप्त गरेपछि आफ्ना एक शिष्यले मानवहरुको दुःख हटाउने उपाय के होला भनी गरेका प्रश्नमा शिष्यहरुलाई बुद्धले सम्झाउँदै भन्नुभयो– “मानव जन्मिसकेपछि मृत्यु, सत्य र अनिवार्य नियम हो । मर्नु पनि अर्को जन्मको लागि ढोका हो । यसलाई कदापि टार्न सकिँदैन । राम्रो काम गरेर ब्रह्मलिन हुनु महान् कार्य हो । यही नै अमरत्व हो ।” त्यही बेला एक जना व्यक्ति आएर बुद्धसँग आफ्नो प्रिय व्यक्तिलाई बचाउन अनुरोध गरे । बुद्धले आजसम्म कोही नमरेको घरबाट एक मुठ्ठि तिल लिएर आउनु भन्नुभयो ।
ती व्यक्तिले हरेक व्यक्तिको घरमा पुगेर कसैको मृत्यु भएको छैन भने तिल दिन अनुरोध गरे । सबैले आफ्ना प्रिजयनको मृत्यु भएको र अहिले दुःखमा रहेको कुरा बताए । मृत्यु नै नभएको घर पाउन सम्भव थिएन । अन्त्यमा ती महिलालाई मृत्यु सत्य छ तर भगवान् बुद्धको सत्संग (ज्ञान) पाएमा मोह, मृत्युको भय र पीडाबाट मुक्त हुने सल्लाह दिँदै बुद्धको शरणमा जान भनियो ।
बुद्धको भूमिमा आज पीडा भइरहेछ जनतालाई । सेतोलाई कालो र कालोलाई सेतो भन्न कुनै हिचकिचाहट नभएको नेपाली राजनीति छ । इमानदारिता, नैतिकताविहीन राजनीतिले जनता आजित भएका छन् । आर्थिक गतिविधिहरु ठप्प छन् । जनतालाई आफ्नो जीवनरक्षा एक चुनौतिपूर्ण बनेको छ । यस्तो अवस्थामा कहिले के, कहिले के विषय गलत तरिकाले उठान भएका छन् । नेपालका हेरक राजनीतिक पार्टी यो रोगले अछुतो छैन । नेपालका राजनीतिक पार्टीले आफ्ना कार्यकर्तालाई फाइदा नदिने हो भने पार्टीहरु कार्यकर्ता विहिन हुने थिए । जुनसुकै पार्टीका कार्यकर्ता पनि अनैतिक लोभ, मोह र आशाको कारण पार्टीको नेतृत्वप्रति अन्धभक्त भएर जयजय गान गाउन बाध्य छन् । गलतलाई गलत र सत्यलाई सत्य भन्ने हिम्मत छैन । कुनै पार्टी विशुद्ध छैन ।
भगवान् बुद्धले मृत्यु सत्य छ भनेजस्तै नेपालका राजनीतिक पार्टीले जनतालाई राजनीति फटाहा, शोषकहरुले खेल्ने फोहोरी खेल हो भन्ने कुरालाई सत्यका रुपमा स्वीकार गर्न बाध्य बनाएका छन् ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तक, दैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)