ओली त माध्यम मात्र हुन्

गौरी देवकोटा, कवि

पछिल्लो राजनीतिक अवस्था एकदम दु:खदायी छ । नेपाली जनताले अग्रगमनको लागि पटक पटक संघर्ष गरे पनि सोचे जस्तो प्रतिफल उपयोग गर्न नपाएको अवस्था हो ।

पहिलो संविधानसभाबाट संविधान बनेको भए संविधानले केही परिवर्तन निश्चित गर्न सक्थ्यो होला । बन्न दिइएन । र, दोस्रो सभा रचियो, जुन सभाले जनपक्षीय संविधान नलेख्ने पक्का थियो । भयो पनि त्यही । अहिले प्रधानमन्त्रीले संविधानकै अनेक धारा प्रयोग गरेर अघि बढिरहेछन् । गलत भएको अहिले आएर हैन । संविधानमै कमजोरी छ । ओली त एक माध्यम मात्र हुन् ।

ओली गएर भोलि अर्को प्रधानमन्त्री आए पनि प्रय‍ोग गर्ने संविधान र संविधानले व्यवस्था गरेको संसदीय प्रणाली नै हो । सांसद किनबेच धोकाधडीको सिलसिला ​चलिरहन्छ । यसैले व्यवस्थाको विकल्पमा जाने बेला भइसकेको ​छ ।

(पत्रकारितालाई तपाईंको आवाज बोल्ने माध्यम बनाउने प्रयासस्वरुप तपाईं-हाम्रै अनलाइन पत्रिका नेपालनाम्चाले सगौरव सुरु गरेको स्तम्भ ‘मेरो मत’मा ‘पछिल्लो राजनीतिक अवस्थाबारे तपाईंलाई के भन्नु छ ?’ भन्ने प्रश्नमा कवि गौरी देवकोटा)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button