रातको अन्धकार चिरेर दिनको उज्यालो आएजस्तै महाविपत्तिबाट हामीले छुटकारा पाउने छौं

विनय रिमाल

मानव जीवनको अस्तित्वलाई नै संकट पार्ने गरी आएको कोरोना भाइरसले मानव जीवनलाई अस्तब्यस्त बनाएको छ । हरेक मानवको एउटा इच्छा थियो, आकाङ्क्षा थियोे, लक्ष्य थियो, रहर थियो, बाध्यता थियोे । तर, यो कोरोना भाइरसले गर्दा मानवका ती इच्छा, आकाङ्क्षा, लक्ष्य, रहर मनभित्र कुन्ठित भएर रहेका छन् । सपनाहरु मनभित्रै हराएर गइरहेका छन् ।

कोरोना नहुँदा मानिसहरु अफ्नो पिडालाई भुलाएर अरु काममा ब्यस्त हुने गर्थे । तर, कोरोना भाइरसले ती पिडा, पूरा हुन नसकेका रहरहरुर असफलताहरुमा आलो घाउमा नुन छर्केको जस्तो काम गरिरहेको छ । मानिसले आफूलाई एक्लो महसुस गर्न थालेको छन् । मानिस आफूलाई कमजोर महसुस गर्न थालेका छन् । तर हामीले यो पनि बुझ्न जरुरी छ कि जसरी रातको अन्धकारलाई चिरेर दिनको उज्यालो आउँछ, त्यसैगरी यो महाविपत्तिको घडीबाट हामीले अवश्य छुटकारा पाउने छौं । बस् धैर्य र सहनशिलताको खाँचो छ । विश्वमा फेरि उज्यालो आउनेछ । मानव जातिको मुहारमा फेरि खुसी आउनेछ । बस् हामी सबै मिलेर यो महाविपत्तिको सामना गरौं । सुखका दिन टाढा छैन ।

विपत्तिमा मानिसले शारीरिक स्वास्थको साथै मानसिक स्वास्थको पनि ख्याल राख्न उत्तिकै जरुरी छ । आत्मबल उच्च राख्नु होला । जहाँ हुनुहुन्छ, सुरक्षित रहनु होस् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button