कोरोना कहर, शंकराचार्य सम्झना र मुक्तिनाथ यात्रा

ब्राह्मणपुत्र लकडाउन डायरी – १९
भरत शर्मा

‘हाम्रो जीवन शैली, विधि ब्यवहार, खानपान र प्रकृतिलाई हामीले अपमान ग-यौं । हामीले आफैले गरेको गलत निर्णयका कारण अहिले महामारी भोगेर घरभित्र बस्न बाध्य छौं ।’

भारतको इलाहाबाद विश्वविद्यालयका प्राध्यापक रामकिशोर शास्त्रीले भने, ‘प्रकृति र ऋतु अनुसारको दिनचर्या विपरीत प्रकृतिमाथि दोहन गरेकैं कारण आज हामी महामारीको चरम अवस्थामा छौं । भारतीय नागरिकका दिनचर्या नै गलत छ, खानपानको तालिका छैन, सुत्ने र उठने तालिका नैं प्रकृति विपरीत छ, त्यसैले भारतीयहरु रोगी भएर महामारीसँग लड्न सकेका छैनौं ।’

शास्त्री सोमबार आदिगुरु शंकराचार्य जयन्तीको अवसर पारेर नेहरू ग्राम भारती मानित विश्वविद्यालय प्रयागको वनस्पति विज्ञान र संस्कृत विभागले आयोजना गरेको ‘महामारी र प्रकृतिबाट के सिक्ने’ विषयमा बोल्दै थिए । ‘अहिलेको आधुनिक दिनचर्याले मानिस रोगी मात्र बनाएको छैन, विस्तारै भोगविलासमा जीवन चलेको छ’, शास्त्रीले भने, ‘प्रकृति अनुसार जीवन चलाउनु पर्छ, अनि मात्र यस्ता महामरीसँग लडन सक्ने क्षमता विकास हुन्छ ।’

‘आदि गुरु शंकराचार्यले मानिसलाई प्रकृतिको नियम अनुसार बाँच्ने कला सिकाउनु भएको थियो । तर, हामी सबैले पालना गरेनौं’, उनको दुःखेसो थियो । ‘शास्त्र र आयुर्वेदका नियमहरु उलङ्घन भए, मानिसले पुराना होइन आधुनिक जीवनशैली रोजे अनि अहिले दुःख पाए भनेर गुनासो गर्नुको कुनै तुक छैन’, शास्त्रीको प्रवचनको साराशं थियो ।

आइतवार गुरु शंकराचार्यको जयन्तीको अवसरमा नेपाल–भारतमा महोत्सव मनाइएको थियो । पाँच बर्षको उमेरमा व्रतबन्ध, आठ बर्षको उमेरमा चारवेद अध्ययन, १२ बर्षमा शास्त्रमा पारङ्गत, १६ बर्षको उमेरमा अद्वैत सिदान्तको व्याख्यापछि काशीमा आएर भगवत तत्व प्राप्त गरेका शंकराचार्यले ३२ बर्षको उमेरमा देहत्याग गरेका थिए । शंकराचार्य सनातन धर्मका आदि गुरू हुन् । सनातन धर्म शंकराचार्यले बसाल्नु भएको परम्पराबाट चल्दै आएको छ । त्यसो त अहिले त भारतमा सयौं शंकराचार्य छन् । तर, परम्परा अनुसार भारतका चार दिशामा चारजना सक्कली शंकराचार्य मठहरु छन् ।

इतिमासमा लेखिएको छ, शंकराचार्य नेपाल यात्रामा आएका थिए । अहिले पनि पशुपतिनाथमा शंकराचार्य मठ छ भने पशुपतिनाको पूजा विधान उहाँकै परम्परा अनुसार चल्दै आएको छ । शंकराचार्यले जीवनको अन्तिम समय पशुपतिनाथ आएको र त्यसपछि केदारनाथमा पुगेर शरीर विलुप्त भएको थियो भन्ने छ ।

महामारीको यो समयमा उनै शंकराचार्यको सम्झना गर्दै हामी कसरी प्रकृति अनुसार जीवन बाँच्न सक्छौं भन्ने बारेमा भएको बहसले यही भन्छ, ‘मानिसले प्रकृतिलाई दोहन गर्न खोजेपछिको परिणति भोग्दै छौं ।’

मानिसलाई ‘इमिन्युटी पावर’ दिने भनेको प्रकृतिले हो । तर, मानिस प्रकृतिदेखि टाढा भागेर शहरभित्र गुम्सेर बसेका छन् । प्रकृति भित्रको शक्तिको रुपमा रहेको अध्यात्ममार्गमा यात्रा नगर्दा व्यक्ति, समाज र देश नै रोगी हुन पुगेको छ ।

नेहरु ग्राम विश्वविद्यालयका उपकुलपति प्राध्यापक राममोहन पाठक भन्दै थिए, ‘जल नै जीवन हो । प्रकृतिको पूजा गर्न सकेनौं । आधुनिकताको नाममा घरभित्र प्रकृतिलाई दोहन गरेका बस्तुको प्रयोग ग¥यौं । अहिले आएर यस्तो आपत्मा हामीलाई बाँच्न सक्ने आत्मबल पाउन सकेनौं । हामीलाई अहिले चाहिएको भनेको ‘इम्युनिटी’ हो ।’

आदिगुरु शंकराचार्य, ऋषिमुनि र हाम्रा शास्त्रहरुको मर्यादा पालन गर्न नसक्दा मानिस रोगैरोग बोकेर बाँचेका छ ।

श्रीलंकामा रहेकी भारतीय अध्येता डा.एम नधीरा सेवन्तीले भनिन्, ‘मानिस (हामी)ले ‘प्रकृतिलाई मित्र बनाउन सकेनौं । प्रकृतिको आनन्दलाई हामीले लिन नसक्दा नैं यस्ता महामारीको सामना गर्न परेको हो । देशभित्र रुख रोप्नु पर्ने, रुख काटेर हामीले हाम्रो आफ्नो स्वास्थ्यलाई नैं हानी हुने काम गर्दा समेत हामीलाई चेत खुलेन ।’

इथियोपियामा रहेका वरिष्ठ भारतीय वैज्ञानिक डा. सीपी जेठीले विश्वले महामारी भोग्नु परेको पहिलो कारण नै प्रकृति दोहन नै भएको अनुभव सुनाए । सनातन संस्कृतिको पालना गर्नेहरुका जीवन सरल हुने भन्दै सनातन संस्कृतिको महत्व विश्वमा बढ्दै गएको उदाहरण पेश गरे ।

अहिले मित्र र आफन्त भेटदा दुरी कामय गरेर ‘नमस्कार’ वा ‘प्रणाम’ गर्ने सनातन पद्धतीको संसारले अनुसरण गरेको छ । सनातन पद्धतिले ध्यान, योग र अध्यात्म यात्रा प्रकृति साधना विश्वको प्रचारित भएको छ ।

वेवीनारमार्फत भएको छलफल सुनेपछि नेहरु ग्राम विश्वविद्यालयको कुलपति प्राध्यापक जे.एन मिश्रले आफू पहाड र हिमालमा घुमेको भन्दै मानिसले प्रकृतिसँग वार्ता गर्न नसक्दा नै यस्तो आपदा भोग्नु परेको स्मरण सुनाए ।

‘आफू युवा हुँदा हरेक महिना पहाडी क्षेत्रमा घुम्ने, प्रकृति, बोटवृक्ष हेरेर आनन्द लिने गरेको थिएँ, अहिले शहरभित्रको कोठाभित्र बस्नु परेको छ’, उनले भने ।

‘इम्युनिटी प्राप्त गर्न निकै सजिलो छ’, विश्व विद्यालयका वनस्पति विभाग प्रमुख डा.आदिनाथ उपाध्यायले उपाए बताए, ‘सयौं फूलेका फूलहरु हेरौं, जंगल यात्रा गरौं । वृक्षको फेदीमा दिनमा ३० मिनेटमात्र बसौं । यति गर्न सक्यौं भने ‘इम्युनिटी’ आउने वैज्ञानिक अध्ययनको निचोड छ ।’

शास्त्र र प्रकृतिको मर्यादा पालन गरेर जीवन बाँच्ने कला मात्र सिक्ने हो भने मानव जीवन धन्य हुन सक्नेछ । रोगसँग लड्ने क्षमता र मृत्युसँग वार्ता गरेर परलोक जान सकिन्छ ।

वनस्पति विज्ञ डा.उपाध्यायको कुरालाई समर्थन गर्दै नेपालको तर्फबाट सम्मेलनमा भाग लिँदै मुक्तिनाथ यात्रा गर्दा आर्जन गरेको इम्युनिटी पावरबारे सुनाउँदा सम्मेलनमा सबै सहभागीले फरक अनु्भव गरेको समीक्षा भयो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button