
कर्ण शाक्यको डेभलपमेन्ट फर्मुला ‘गाउँ फर्कौं’
नेपालनाम्चाले 'कसको' सकारात्मक सोच समुहसँगको सहकार्यमा 'सकारात्मक लेख-रचना सिरिज' सुरु गरेको छ । nepalnamcha@gmail.com मा सकारात्मक लेख-रचना पठाएर तपाईं पनि यो सिरिजमा जोडिनसक्नु हुनेछ । तपाईंका सृजनात्मक सकारात्मकतालाई हामी नेपालनाम्चामा यथोचित स्थान/सम्मान दिन चाहन्छौं । धन्यवाद ।
सकारात्मक लेख-रचना
खेती आश र विश्वासको पेसा हो । यो नेपालको भविष्य हो ।
कोभिडले विश्वको अर्थतन्त्रलाई उथलपुथल गरिरहेको दुरावस्थामा सैद्धान्तिक र नीतिगत योजनाभन्दा तुरन्तै कार्यान्वयन गर्न सकिने परियोजनात्मक कार्यक्रमको खाका ल्याउन पर्छ । यो आपत्कालिन अवस्थामा राज्यले देश विकासको प्राथमिकता तुलनात्मक लाभ भएको क्षेत्रमा केन्द्रित गर्नु पर्छ । किनभने,
0 विकास अब शहरमा हैन, ग्रामीण क्षेत्रमा केन्द्रित गर्नुपर्छ । पहिले पनि गाँउ फर्क कार्यक्रम सुरू गरेको थियो । अहिले करोनाले पुनरागमन गरिदिएको छ । एकचोटी विकासको बीउ गाँउको बाँझो जमीनमा रोप्न सक्यो भने देशले काँचुली फेर्छ ।
0 हिजोसम्म हिमाल र पहाडलाई विकासले सरापेको क्षेत्र भन्थे, अहिले गाँउ गाँउमा बाटो पुगिसकेको छ ।
0 गाँउका पठ्ठाहरू पलायन हुँदा अधिकांश पहाडको खेतीयोग्य ज़मीन बाँझो परिरहेको छ ।
0 आफ्नो शक्ति थाहा नपाउने हामी हनुमानका सन्तान, मर्न लागेको लक्ष्मणलाई बचाउने जडिबुटी नचिनेर पहाडै बोकेर आए रे ।
0 छोटो दुरीमै असमान्य अल्टिच्युडनल भ्यारिएसन भएकोले हिमाली क्षेत्रमा सर्वाग्रह क्लाइमेट विविधताका कारण संसारमा जहाँ पनि उब्जने जडिबुटी, फलफुल, तरकारी यहाँ उब्जिन्छ । खोज्न मात्र बाँक़ी छ ।
0 तराई सुनको भन्डार हो भने हिमाल र पहाड हिरामोतीको खानी हो ।
0 पहाड़ भनेको एक ढिक्के इकाई हैन, चार मुखे रूद्राक्ष हो । यस्को पुर्व, पश्चिम, उत्तर र दक्षिण हरेक भित्तामा फरक फरक माएक्रोक्लिम्याटिक कन्डिसन हुन्छ । र, यसले प्रचुर जैविक विविधता सिर्जना गर्छ ।
0 नगदे बाली धार्नी र ढकमा जोखिन्छ, तर पहाडमा उम्रने बहुमुल्य जडिबुटी तोला र ग्राममा बेचिन्छ ।
0 भन्छन्, हिमालको ढुकुटीमा लुकिरह्को जैविक विविधताको अंश मात्र पनि हामीले सर्वेक्षण, अध्ययन गरेको छैन । यो मनचिन्ते झोलामा नेपालको भविष्य लुकिरहेको छ ।
0 हिमाली र पहाड़ी क्षेत्र कृषिको लागि मात्र हैन, विश्वकै साहसिक पर्यटनको गन्तव्यस्थल हो ।
0 हिजो निमुखा गाँउले सहर पसे । आज पढेलेखेका शिक्षित सहरियाहरू सीप र पैसा लिएर गाँउ फर्कदैछन् ।
यदि सरकारले तुरन्तै पहाडी क्षेत्रको पुर्वाधार विकास खासगरी ल्यान्ड युज मेनेजमेन्टलाई ध्यानमा राखी पर्यटन एवं कृषि व्यवसायको अवसर र सम्भाब्यताको अध्ययन, सर्वेक्षण गरेर स्वरोज़गार उद्यमीहरूलाई एकद्वार प्रनाली ब्यवस्थाबाट कर छुटको साथै हरेक सेवामा न्युन्तम शुल्क लिएर प्रोत्साहन दिने हो भने केही समयमै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।



