खाना नपचे रोग, पैसा नपचे लोभ, गाली नपचे झगडा, फुर्ति नपचे अहंम र ज्ञान नपचे ढोँग बढ्छ
सकारात्मक सोच सुत्र
कर्ण शाक्य
१. जसरी खेतमा बीउ छरेन भने झारपात उम्रिन्छ, त्यसरी नै दिमागमा सकारात्मक सोच रोपेन भने नकारात्मक घाँस हुर्किन्छ ।
२. जोसँग जे छ, हामी त्यही बाँड्छौं ।
सुखीले सुख बाँड्छ ।
दुखीले दुख बाँड्छ ।
ज्ञानीले ज्ञान बाँड्छ ।
भ्रमितले भ्रम बाँड्छ ।
कुरौटेले कलह बाँड्छ ।
लोभले पाप बाँड्छ ।
झगडियाले मुद्धा बाँड्छ ।
३. मानिसले यी कुराहरू पचाउनै पर्छ । किनभने खाना पचेन भने रोग बढ्छ । पैसा पचेन भने लोभ बढ्छ । गाली पचेन भने झगडा बढ्छ । गुनासो पचेन भने दुश्मनी बढ्छ । फुर्ति पचेन भने अहंम बढ्छ । ज्ञान पचेन भने ढोँग बढ्छ ।
यी सब जगजाहेर कुराहरू हुन् तर हामी बिर्सिरहन्छौ । तसर्थ समय समयमा हामीले यस्ता व्यवहारिक सोच विचारहरू सम्झेर आफ्नो जीवनलाई सक्दो सकारात्मक र ब्यवस्थित बनाउनु आवश्यक छ।