मेरो सुखदुख पोख्ने साथी नेपालनाम्चा

सुप्रिया खनाल

कसैको जीवनमा स-साना कुराले पनि धेरै महत्व बोक्ने गर्छन् । पछिल्लो समयमा मेरो जीवनमा यस्तै महत्त्वपूर्ण केही भएको छ, त्यो हो नेपालनाम्चा ।सुरुसुरुको समयमा लाग्थ्यो, यो पनि साइटहरू जस्तै होला । रमाइलोको लागि खोलिएको होला । तर यसो खोलेर हेरेँ, यहाँ त हरेक विधाले स्थान पाउने रहेछ । मैले पनि आफ्ना लेख पठाएँ । प्रकाशित भयो । मेरो लेखलाई नेपालनाम्चामा स्थान दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

कलम चलाउन मन लाग्थ्यो । चलाउँथे पनि । तर चालेका कलम र मनभित्रका भावनाहरू केवल एउटा पुरानो डायरीभित्र दराजको एक कुनामा गुम्सिने गर्दथ्यो । तर, अहिले जबजब मनका भावनाहरू शब्दमा कोर्ने गर्छु, नेपालनाम्चाको माध्यमबाट बाहिर ल्याउने गर्छु । मलाई यहाँसम्म आउनको लागि प्रेरित गर्नुहुने यस पत्रिकाको सम्पादक अशोक सिलवाल ज्यूप्रति धेरै आभारी छु । नेपालनाम्चा एक पत्रिका मात्र नभई मेरो सुखदुख पोख्ने साथी भएको छ । यसले मलाई खुसी त पक्कै मिल्छ, मेरा भावनाहरूले समेत उचित स्थान पाउँछन् ।

शब्दलाई कसैले छुन सक्दैन तर शब्दले सबैको मन छुने गर्दछ । यहाँबाट प्रकाशित हरेक लेखहरू कतै न कतै, कुनै न कुनै कुनामा बसेकै हुन्छन् । यहाँ सबैलाई समान स्थान दिइन्छ । हरेक दिन समिश्रणयुक्त लेखरचना प्रकाशित गर्ने गरिन्छ । सबैको लेखको उचित सम्मान हुन्छ । त्यसैले नेपालनाम्चा मेरो मात्र होइन, छोटो समयमा नै धेरैको मन मुटुमा बस्न सफल भइसकेको छ ।

म पत्रिका पढ्न खासै रुचि नराख्ने मान्छे । आजकाल व्यस्तताबीच पनि नेपालनाम्चाका हरेक लेखरचना पढ्ने गर्छु । नेपालनाम्चाले आगामी दिनहरुमा अझै प्रगति गर्दै सफलताको शिर चुम्न सफल होस् । आफ्नो छुट्टै अस्तित्व कायम गर्न सकोस् । साथै, एक आदर्श पत्रिकाको रुपमा कायम हुन सकोस् । यही नै छ कामना ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button