
हामीलाई व्यक्ति कुलमानभन्दा पनि प्रणाली कुलमान चाहिएको छ
पारसमणि घिमिरे
हिजो एउटा समाचारले हामी सम्पुर्ण जनमानसलाई तरङ्गित बनायो । समाचार थियो, नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिबारे ।
केपि ओलीको लगभग दुई तिहाई बहुमतको सरकार सामान्य बहुमतको अनि अल्पमतको हुँदै अदालतबाट अवैध भएपछि शेरबहादुर देउवाको नेतृत्व मा गठन भएको सरकारले मन्त्रीपरिषद् बिस्तारमा विलम्ब गरेपछि उत्पन्न निराशालाई चिर्ने कुनै अरु कारण नभएर उनै शेरबहादुरले उर्जामन्त्रीलाई दिएको भनिएको निर्देशन र उर्जा मन्त्रीले गरेको खुलासा भनेर सामजिक संजाल, पत्रपत्रिका र टेलिभिजनमा राम्रै सामाग्री बनाए । त्यसले जनमानसमा एक किसिमको सकारात्मक संचारर प्रवहित भएको छ ।
हामी सबैले पढेका छौं, नेपाल जलसम्पदामा ब्राजिलपछि दोश्रो धनी देश हो । हुन पनि हाम्रो देशमा जताततै एक से एक नदिनाला छन् । तर, विडम्बना विद्युत उत्पादन शुरु भएको एक शताब्दीभन्दा बढी समयमा पनि हामी विदुत उत्पादन र त्यसको प्रसार सम्बन्धमा अझै निराशाजनक अवस्थामा छौं । भलै पछिल्लो दश बर्षमा उल्लेख्य प्रगति भएको छ ।

छ-सात बर्षअगाडि दैनिक १५ घन्टा (२४ घन्टामा) सम्म विद्युत आपूर्ति बन्द हुन्थ्यो । त्यतिबेला एक से एक विद्युतविज्ञहरु टेलिभिजनको पर्दामा आउँथे र भन्थे, लोडसेडिङ हाम्रो बाध्यता हो अझै १५ बर्ष जस्तै माइकालाल आए पनि लोडसेडिङ हटाउन सकिँदैन । हामी बबुरा जनतालाई तिनका कुरा अत्यन्तै अप्रिय लाग्दथे तर हाम्रो विकल्प थिएन । हामी इन्भर्टर र जेनेरेटर किन्न सक्नेले किन्थ्यौं, नसक्ने अँध्यारोमा नै बस्थ्यौं । व्यापारीहरु मालामाल थिए । हामी जनता बेहाल थियौ । तर, जब कुलमान घिसिङ विद्युत प्राधिकरणको नेतृत्वमा आए, बिस्तारै सकारात्मक परिवर्तन देखापरे अनि हरेक बर्ष अरबौं नोक्सानीमा रहेको संस्था कुलमानको नेतृत्वमा अरबमा नाफा कमाउन सफल भयो । दुई बर्ष भित्रमा देश लोडसेडिङ मुक्त भयो । त्यो वास्तवमा नै एक चमत्कार थियो । अभुतपुर्व व्यवस्थापकिय सफलता थियोे ।
कुलमानको चाम्त्कारिक पदावधि सकियो । उनलाई पुनः अर्को कार्यकाल थप गर्ने व्यापक जनचाहना थियो तर सरकारले त्यसो गरेन । तर, जब अर्को नेतृत्व प्राधिकरणमा आयो, प्राधिकरणको व्यवस्थापनमा कमजोरी देखिन थाल्यो । विनाकारण विद्युत आपूर्ति बन्द हुने समस्या देखापर्न थल्यो । एक बर्षको अवधिमा विद्युत चुहावट बढी भयो । प्राधिकरणको नाफामा कमी भयो । हुन त हालका प्रमुख हितेन्द्र शाक्य काविल होलान् तर उनको कार्यकालमा प्राधिकरणको कार्य क्षमता कमी आएको पक्कै हो ।
कुलमान एकजना नहुँदा सम्पुर्ण विद्युत प्राधिकरणको कार्यक्षमतामा स्खलन हुनु गम्भीर विषय हो । कुलमानले कसैले गर्न नसकेको काम गरे । अभुतपूर्व व्यवस्थापन क्षमता देखाए । तर, पनि उनले विद्युत प्राधिकरणमा उनीजस्तै चुस्त र काविल पद्धति स्थापित गर्न सकेनछन् । उनी जानेबितिक्कै सबै डाँमाडोल हुन थाल्यो । यो म एकजनाले मात्र नभएर बहुसँख्यक नेपालीले अनुभव गरेको कुरा हो । सरकारले कुलमानलाई पुननियुक्ति गर्ने निर्णय गर्ने (समाचर अनुसार) भनेर फेरि आशाको संचार गरेको छ ।
अब नेपाल विद्युत प्राधिकरणमा कुलमान पद्धति स्थापित होस् । उनी आए भने उनी गएपछि पनि अरु कुलमान आउन् । यसमा उनलाई सफलता मिलोस् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



