
तपाईं हाम्रै नेपालनाम्चा
मञ्जु घिमिरे दाहाल
विराटनगर, मोरङ ।
मेरो त दिनको शुरुवात नेपालनाम्चामा प्रकाशित लेखहरु पढ्दै हुन्छ ।
म नेपालनाम्चामा प्रत्यक्ष जोडिएको दुइ महिना भयो । यसबीच मेरा चार रचना छापिए । आफ्ना रचनाले स्थान पाएपछि म धेरै खुशी छु । कृतज्ञ पनि छु ।
नेपालनाम्चा यस्तो फोरम हो, जहाँ नवीनतम रचनाहरुको लागि प्रशस्त स्थान छ । लेखनमा रुचिका साथै सम्भावना बोकेका नवप्रतिभाहरुका लागि उत्कृष्ट छनोट हो नेपालनाम्चा । यसका सम्पादक अशोक सिलवाल जोसँग मेरो परिचय पनि मेरा आफ्नै रचनाहरुले जुराएको एउटा संयोग थियो । उहाँलाई म व्यक्तिगत रुपमा त चिन्दिनँ । तर, लेखन र प्रकाशनको सिलसिलामा चिन्दै गएँ । सबै लेखकलाई समान रुपले हेर्नु हुन्छ । नेपालनाम्चामा जोडिएका सबै लेखकहरुसँग उहाँको त्यस्तै सुमधुर सम्बन्ध छ । यो त सम्पादकज्युको बिशेषता नै हो ।
साँच्चै भन्ने हो भने लेख्दा पाइने शान्ति र आनन्द मैले अरु कुनै कामबाट कहिल्यै पाइनँ । तनाव व्यवस्थापन र शान्तिका लागि लेख्नु आवश्यक छ । नेपालनाम्चामा कथा, कविता र मुक्तकमात्र होइन, जीवन र जीवनसम्बन्धित लेख पनि लेख्न पढ्न पाइन्छ । तीर्थ, यात्रास्थान र आफ्नो ठाउँको बारेमा लेख्न सकिन्छ । यो आम मानिसको साथी हो । हाम्रो साथी हो ।
अन्त्यमा, नेपालनाम्चा तपाईं हाम्रै मन्च हो । यसलाई फलाउँफुलाऔं । धेरैभन्दा धेरैले पढ्ने वातावरण बनाऊँ । सामाजिक सञ्जालका आफ्ना साथीहरुमाझ यसलाई पुर्याऊँ । आफु पनि लेखौं र अरुलाई पनि लेख्ने प्रोत्साहन गरौं ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



