पोखराबाट पञ्चासे

स्थान

बिष्णुप्रसाद पौडेल
पोखरा-६, बैदाम ।

पञ्चासे । समुद्र सतहदेखि २५१० मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय स्थल । कास्की, स्याङ्गजा, पर्वत तीन जिल्लालाई जोड्ने गरी अवस्थित रहेको ठाउँ ।

यो ठाउँमा एउटा यस्तो पोखरी छ, जुन पोखरीको पानी कहिल्यै घट्ने बढ्ने हुँदैन । जंगलको बीचमा भएर पनि त्यहाँ कुनै पात पतिंगर रहन पाउँदैन भन्ने गरिन्छ । पात झर्ने बित्तिकै चराले टिपेर बाहिर निकाल्छन् । यस ठाउँमा बालाचतुर्दशीको दिन भव्य मेला लाग्ने गर्दछ । भक्तजनहरु सद्बिज छर्दै सिद्धबाबाको मन्दिर दर्शन गरी फर्किने गर्दछन् । यो त भयो धार्मिक क्षेत्रको विवरण । अब पर्यटकीय क्षेत्र कसरी भयो भन्ने हेरौं ।

पोखरा घुम्न आउने पर्यटक पञ्चासे भन्ने बित्तिकै मोहित हुने गर्छन् । पोखराबाट पदमार्ग हुँदै जाने हो भने दुईदेखि तीन दिनको पैदल यात्रामा रहेको यो ठाउँ अति नै सुन्दर दृश्यअवलोकनका लागि चिनिन्छ । यहाँबाट उत्तरतर्फ चाँदी झै टल्किने हिउँश्रृंखला माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी आदि सजिलै अवलोकन गर्न सकिन्छ । साथै विभिन्न थरिका जडीबुटी, लालीगुराँसलागयतका धेरै थरीका फूल, धेरै किसिमका बोट बिरुवा र केही जंगली जनावरहरु पनि पाइने हुनाले पर्यटकको लागि अति नै महत्वपूर्ण स्थान रहेको छ । तर, अहिले मोटरबाटोको पनि व्यवस्था भएकोले सजिलै यस ठाउँमा सजिलै र चाँडै पुग्न सकिन्छ ।

पञ्चासेको फेदीमा भञ्ज्याङ भन्ने सानो गाउँ छ । त्यस ठाउँमा पर्यटकलाई खान-बस्नको राम्रो सुविधा छ । तल आएपछि सीधाने, कुडबिडाँडा, दण्डमे, मकनपुर गरी चार गाउँहरुमा पनि होमस्टेको सुविधा छ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button