एक बर्षपछि स्वयम्भु

कोरोनापछिको सिटी टुर

शकुन्तला देवकोटा

कोरोना भारसको कारण १३ मार्च २०२० बाट एक्कासी स्थगित मेरो टुर गाइडिङले ११ अप्रिल २०२१ मा फेरि सुरु भएको छ । त्यो दिनका लागि एउटा ग्रुपलाई चन्द्रागिरी र स्वयम्भुनाथ घुमाइदिन केही दिनअघि प्रस्ताव आउँदा मेरो मन खुशीले गद्गद् । पैसाभन्दा नि काम पाएकोमा बढी खुशी ।

मैले धेरै कुरा सिक्न बाँकी छ । धेरै कुराको अनुभव गर्न बाँकी नै छ। खासमा म यो पेशाप्रति एक्साइटेड भएँ । धेरै लामो समयपछि काममा जाँदै गर्दा एक्साइटेड थिएँ, त्यति नै डर पनि लागेको थियो । चन्द्रागिरी मेरो दोस्रोपटक भएकोले धेरै कुरा थाहा पाएकी थिएँ । त्यस कारण पनि आटेँ ।

दिउँसो १ बजे म ठमेलबाट ५ जना भारतिय पर्यटक लिएर चन्द्रागिरी हिँडे । बाटोमा मिठामिठा गफ गर्दै माथि पुगियो । मौसम धमिलो भएको कारण स्पस्टसँग देखिनु पर्ने दृस्य जति देख्न सकिएन । त्यसमा पनि खुशी नै थिएँ । घुमघाम सकेर फोटो खिचियो । नास्ता गरिसकेपछि पर्यटकहरुको टोलीमा बच्चा पनि भएकोले एक घन्टाको समय बच्चालाई पार्कमा खेलाउने समय दिएर हामी ४ जना साथी तलको रिर्सोटतिर हाइकिङ गर्न लागियो ।

रिर्सोट म पहिलो चोटि गएकोले निकै रमाइलो लाग्यो । त्यहाँबाट फर्किएर पर्यटक लिएर ६ बजे तल झरियो । हाम्रो अर्को डेस्टिनेसन स्वयम्भुनाथ बाँकी नै थियो । त्यहाँबाट सिधै स्वयम्भुनाथ आइपुगियो । बेलुकाको समय स्वयम्भुनाथ असाध्यै सुन्दर हुने रहेछ ।

स्वयम्भूनाथ नजिक बसोबास भएर पनि बेलुकाको समय पुगेको रहेनछु । निकै रमाइलो भयो । त्यहाँबाट पर्यटकलाई बेलुकाको डिनरको लागि होटेल छोडेर म घर फर्किएँ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button