कपिल नेतृत्वमा संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) गठन, ऋण समितिमा रामचन्द्र सिफारिस

पर्यटन श्रमिक संस्थाहरुले संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ) गठन गरेका छन् । काले शेर्पा पिनासाको अध्यक्षतामा बसेको पर्यटन क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरुको संयुक्त बैठकले जोटुफ गठन गरेको हो ।

नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डे (दीपेन्द्र)को अध्यक्षतामा गठन भएको जोटुफमा नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघका अध्यक्ष रामकाजी तिवारी सचिव चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव सन्तोष ढकाल, क्रान्तिकारी पर्यटन मजदुर संघका उपाध्यक्ष लाक्पा तेञ्जी शेर्पा र समाजवादी पर्यटन ट्रेड युनियनका महासचिव सार्की शेर्पा चयन भएका छन् ।

बैठकले ट्रेड युनियनहरुको तर्फबाट संयुक्त रुपमा आवश्यक छलफल गरी ‘पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष विनियमावली २०७७’ को विनियम ६ को उपविनियम (१) ले व्यवस्था गरेको ऋण परिचालन समितिको सदस्यको रुपमा अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढौनियालाई सिफारिस गरी नेपाल पर्यटन बोर्डलाई पत्र पठाएको जोटुफले नेपालनाम्चालाई जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button