सातै प्रदेशमा पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गर्ने भएको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ ।

सातै प्रदेशमा कर्मचारी खटाएको बोर्डले अब छिट्टै प्रदेश कार्यालयलाई औपचारिकता दिने भएको छ । प्रदेश कार्यालय स्थापनाको अध्ययनका लागि स्थलगत खटाइएका कर्मचारीले बोर्डमा आवश्यक तयारीसहितको प्रतिवेदन बुझाइसकेको बोर्डले जनाएको छ ।

बोर्डले प्रदेश कार्यालयका लागि केन्द्रबाटै व्यवस्थापक तहका कर्मचारीको नेतृत्व हुने गरी कार्यालय विस्तार गर्नेछ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button