खप्तड ‘हेली टुर’ शुरु

खप्तड घुम्न ‘हेली टुर’ शुरु भएको छ ।

खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को आयोजनामा ‘हेली टुर’ शुरु भएको हो ।

बुधबार पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित २० जना बढी खप्तड पुगे ।

खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले हिउँदेयामको दृष्य कैद गर्न इच्छुकका लागि ‘हेली टुर’ शुरु गरिएको जानकारी दिए ।

खड्काले हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताए ।

धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याइएको छ ।

मनोरम दृष्यसहितको आनन्ददायी खप्तडमा ‘हेली टुर’ शुरु भएसँगै पर्यटकको आगमन बढ्ने आशा खड्काको छ ।

सुदूरपश्चिम प्रदेशको चिनारी खप्तडको जगेर्ना र प्रचारप्रसार गर्न सके प्रदेशको गरिमा बढ्ने र आयआर्जनको वातावरण सिर्जना हुने खड्काको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button