
महिला पर्यटन व्यवसायी सञ्जालमा नयाँ नेतृत्व आयो

महिला पर्यटन व्यवसायी सञ्जालमा नयाँ नेतृत्व आएको छ ।
सञ्जालको चौथो साधारणसभाबाट जया बरालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
उपाध्यक्षमा शर्मिला काफ्ले, सचिवमा सुस्मा तामाङ, कोषाध्यक्षमा अनुपा अधिकारी र सहकोषाध्यक्ष स्विटी मानन्धर चयन भएका छन् भने सदस्यहरुमा निरु अधिकारी, सुनिता गुरुङ, गिता शर्मा र लक्ष्मी कार्की पूर्वकोषाध्यक्ष सकुन्तला देवकोटाले जानकारी दिइन् ।
सञ्जालले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई कर, भ्याटसम्बन्धी प्रशिक्षण, क्षमता अभिवृद्धि तालिमलगायत कार्यक्रम गर्दै आएको छ ।
२०७८ सालमा स्थापित सञ्जालमा पर्यटन क्षेत्रमा क्रियाशिल महिलाहरु आवद्ध छन् ।








…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



