गुरुको ‘नीति ज्ञान ज्योती’
विराट सनातन धर्मसंस्कृति विधापिठ गुरुकुलको आठौं बार्षिक उत्सवका अवसरमा तीर्थप्रसाद ढकालको कवितासङ्ग्रह ‘नीति ज्ञान ज्योती’ विमोचन भएको छ । जीवन नै स्कुल शिक्षणमा बिताएका ढकाल श्री काभ्रेस्थली माविका प्रधानाध्यापक हुन् । ‘पुस्तक बिक्रीबाट प्राप्त सम्पुर्ण रकम बिराट सनातन धर्म संस्कृति विधापीठ गुरुकुललाई दिन्छु’, स्रस्टा ढकालले भने ।