एउटा शिक्षकको ‘नेपाल-बन्द’ डायरी
धर्मराज न्यौपाने
म पेशाले एउटा निजी विद्यालयको शिक्षक तर आंशिक रूपमा सामुदायीक विद्यालयमा कक्षा ११-१२ लाई अप्सनल ईंग्लिश पनि पढाउने गरेकाे छु । खासगरी दैनिकी बिहान छ वजेदेखि बेलुका चार बजेसम्म विद्यार्थीहरू सँगै वित्नाले खासै नयाँपन पनि अनुभूति गर्न पाइँदैन । चार बजेपछिको समय त झन् जिन्दगीलाई आकार दिनमै जान्छ, जसको कारण पहिला जस्तो फ्री समयमा बन्धन हुन सकिँदैन पनि ।
सधैँ जसो आजको दिन अलिक फरक रूपमा बितेको अनुभव गरियो । देशको बदलिँदो परिस्थितिले गर्दा अलिक गुमराहमा पसे जस्तै लाग्यो । नेकपाको एउटा समूहको बन्दको आह्वान र सरकारको पेलेरै जाने नीतिले धेरैजसो जनता अलमलमै परे जसको शिकार म पनि बने । बिहान छ बजे जनसेवा माध्यमिक विद्यालय कीर्तिपुर पुग्नसक्नू पर्ने किनकि सरकारले बन्द नगर्नु भन्ने आदेश दिएको थियो । दोधारमै स्कूल पुग्दा आधा जसो विद्यार्थी मात्र उपस्थित (बन्द भने पछि त विद्यार्थी हुरुक्क) र मेराे विषयमा एक जनामात्र । एकजना भए पनि अलिअलि आइडिया शेयर गरेर कोठामा फर्किनु पर्यो ।
फेरि दिउँसो उज्ज्वल शिशु निकेतनको स्टाफ मिटिङ ! लगभग दुई तीन घण्टा समय उतै बित्यो । फेरि आउने जाने प्रक्रिया उहि पुरानो । भोलिको पाठ्य योजनाको उस्तै चटारो । विद्यार्थी जीवनभन्दा व्यवसायीक जीवनले बेग्लै मोड लग्ने रहेछ ।