
कहाँ छ छोरीको सुरक्षा भगवान !

दुर्गा कुमारी भट्टराई
हाल: श्री सरस्वती आधारभूत विद्यालय, विगु गाउँपालिका-७ अम्बाडोल, दोलखा
छोरी सृष्टिकर्ता सृष्टिको रचना गर्ने प्रमुख माध्यम धार्मिक हिसाबले लक्ष्मीको रुपमा मानिने चलन छ । छोरी मान्छेको अनेकौ महत्व र परिभाषा अटाउन मुस्किल छ !
भगवानलाई आज एक प्रश्न सोध्न मन लागेको छ । जव सृष्टिको रचना निर्माण छोरीको महत्व र स्थान आवश्कयता बुझेर छोरी जन्माउने सृष्टि गर्छौ भने छोरी सुरक्षित राख्ने ठाउँ, मन शहर, देश बनाइदेउ । जहाँ आमाको गर्भदेखि नै छोरी सुरक्षित रहुन । नत्र छोरी जन्म नै नदेउ र हेर तिम्रो सृष्टिको रचना कसरी सञ्चालित हुनेछ । यदि छोरी सुरक्षित छैन भने किन छोरीको जन्म दिन्छौ । किन तिम्रो नाम संसारमा पुकारिन्छ । किन न्याय अन्याय हेर्ने दाता भनेर चिनिन्छौ, किन भगवान कहलिन्छौ । संसारमा सबै कुरालाई पछि पार्दै अगाडी बढेको विज्ञान पनि अन्तिममा तिम्रो आशामा विश्वास गर्छ भने तिमी किन मौन छौ भगवान ?
छोरीका असुरक्षित अनेकौ ठाउँ:
आमाको गर्भ
संसारको अचम्मको परिवेश छ । आमा जो अतुलनीय शब्द छ । उसैको गर्भमा छोरी असुरक्षित हुन्छे । हाम्रो पुररुष प्रधान देशमा समाजमा बंश धान्ने देखि लिएर अनकौ बहाना बनाएर छोरीलाई गर्भमै तुहाउन बाध्य छन् आमा । श्रीमानको छोरा छोरीको प्रतिको विभेदमा उसलाई अल्झाउने समाज दाजुभाईको देखासेखी परम्परागत संस्कार चालचलन मान्यता आदी जसले गर्दा उ डराउछ कि छोरी छोरी जन्माउदा उसलाई समाजले दाजुभाईले हेप्छन् । उप्रति गरिने बाबु आमाको व्यवहार फरक पर्छ । हेपिएर समाजमा बस्नु पर्छ । अझपनि ५०% नेपालीको मनमा यो दुविधा छ । नाती र नातिनीमा गरिने हर्ने विभेद के साक्षी छैनन् र आज पनि जतिसुकै विकाशिल र शिक्षित देश, घर, परिवार, श्रीमान्, श्रीमती ,छोरी मान्छेमा भिन्नताको दृष्टिले हेरिराखेको हुन्छ । अनेकौ बाध्यताले गर्भमै छोरी तुहाउछन् बाध्यछन् आमा दिनहु यस्ता कार्य के अस्पतालमा नै राखेका छैनन् र ? अनेकौ बहानामा छोरी गर्भमै तुहियर मर्नु पर्ने खै कहाँ छ छोरी प्रतिको महत्व भाव र प्रेमले यो कुकर्मलाई रोक्न सकेको । अनेकौ कानुनका निति नियमले पनि रोक्न सकेको छैन यो प्रक्रियालाई । एक आमा मातृत्वका अनेकौ भावनामा हुदाँ हुदै अझै गर्भमै छोरी तुहाउन बाध्य छन् । अनेकौ पटक आफ्नो गर्भमा छोरा र छोरीको विभेद गर्दा गर्दै एक प्रयोगशाला जस्तो भएको छ
आमाको शरीर र उस्को पाठेघर । कस्ले बुझ्न सक्छ उस्को मर्म र पिडा अनी रोगीको त्यो शरीर ?
दाइजोले जल्नु पर्ने
विवाह एउटा कर्मको आँगन । जब छोरी विवाह गरी अर्काको घर जान्छिन् । गरिब माईती दाइजो अभावका कारण अनेकौ बहानामा खन्याइन्छ मट्टितेल । जल्दछन् छोरी अनि उसको जिन्दगी सपना विपना आदी आदी । कहाँ छ छोरीको सुरक्षा के दाइजो दिन नसक्ने छोरीका बाबु आमाको गरीबीपन कुन पाप हो ? पटक पटक जल्दै छन् छोरी । जति नै शिक्षित परिवार भए पनि अझै झन दरो जरा गाडेर बसेको छ दाइजो प्रथा । देखासिखी सान खान्दानी परम्पर आदी आदी अनेकौ रुपमा अनेकौ चाल चलनले बेरीएर अझै जल्दै छन् मर्दै छन् छोरी पटक पटक आफ्नै अस्तित्व संग बन्धक बनेर कति पटक मरेका छन् छोरी ।
नाबालग उमेर
नाबालग उमेर जसलाई ज्ञान हुदैक कि उस्को उमेर,उस्को हुर्कदै गएको शरीर । को आफ्नो को पराई छुट्याउन नसक्ने अवस्था । कस्ले आफ्नो सुरक्षा गर्छ र कस्ले आफ्नो सुरक्षा गर्दैन । एउटा मिठो चकलेट, खेलौना आदीमा फक्किने बेला । यस्तो बेलामा पनि छोरी सुरक्षित छैनन् ? आखिर किन ? र कहिले सम्म यो असुरक्षाको छोराभित्र रहनु पर्ने छोरीले ।
घरभित्र नातागोता
घरभित्र नातागोता साथी आखिर किन सुनिन्छ समाचारका लाईनहरु । सत्य घटनाका किताब किन लेखिन्छ की कहिले आफ्नै बाबु कहिले दाजुभाई कहिले को कहिले को किन असुरक्षित छन् छोरी आखिर किन ? जन्म पूर्व आमाको कोख देखि नै मृत्यु पर्यन्तको दौडधुपमा आत्विर किन बारम्बार असुरक्षित छन् छोरी । कहिले आमाको रुपमा कहिले दिदी र बहिनीको रुपमा कहिले साथी अनि को-को … ? सहनुको सिमाना तोकीदेउ भगवान तर यो असुक्षाको सिमाना नदेउ छोरीलाई ।
गाडी यात्रामा असुरक्षित
घरदेखि विद्यालय होस् या बजार एक देशदेखि अर्को देश । एक ठाउँबाट अर्को ठाउँ यात्राका अनेकौ स्थानमा छोरी कहिले एक्लै त कहिले कसैको साथमा यात्रा गर्नु पर्छ । के गाडी यात्राका क्रममा छोरी माथी निर्ममता पूर्वक गरिएका बलात्कारका घटना सुनिएका छैनन् र ? अनि के यात्रामा छोरी सुरक्षित छन् त ! एक पुरुषका नजरले किन विभेद छुट्याउन सक्दैनन् ।
बेचिनुपर्ने
गाउँ, देश, शहर, विदेश के पहिला के अहिले पटक पटक बेचिएका छन् चेलिबेटी । जतिसुकै कानुनका मजबुत खुट्टा हात भएपनि किन रोकिनन्न चेलीबेटी बेचबिखनका घटनाहरु । के हामीले छोरा मान्छे बेचिएको सुनेका छौ । आखिर किन बेचिन्छन् छोरी । र आखिर किन अपनाउन मान्दैनन् ति बेश्यालयमा बेचिएर रहेका चेलीलाई कुनै पुरुषले आखिर किन ? जस्ले चेलीबेटीलाई बेच्न लैजान्छ छोरा बेचिएको खबर सुनिदैन । बेचिन्छन त तिनै छोरीचेली ।
अनेक बलात्कार
बलात्कार शब्द सुन्दै डरलाग्दो । आफ्नो शरीरमा आफ्ना इच्छा विपरीत अरुले जर्बरजस्तै आफ्नो इच्छा पूरा गर्ने काम । हामी कल्पना गर्न सक्दैनौ कि आफ्नो अनुमति बिना ।आफ्नै शरीरका विभिन्न भाग जहाँ अरुले मनमानी गरेको । तर पटक पटक कैयौ पटक कहिले एक्लै त कहिले सामुहिक रुपमा सुन्दा नि शरीरमा कम्पन आउने डरलाग्दा घटना घटी रहेका छन् । कहाँ छ छोरीको सुरक्षा विद्यालय,कार्यालय,अस्पताल ,किन छुट्याउन सक्दैन एक पुरुषको नजरले यस्ता कुकर्मलाई ,किन बन्द हुदैनन् । आखिर कहिले सम्म ? यो कस्तो बासन हो । एक पुरुषको मन र शरीर न उस्ले आफ्नो उमेर हेर्छ अरुको । न बृद्ध न बालक पटक पटक बलात्कारको सिकार हुदैछन् । छोरी जति सुकै कानुनको नियम होस किन रोक्दैन ? बन्देन यस्तो कानुन कि सजाय यस्तो होस् । जुन सजाय सुनेर नै कसैलाई यो पाप कुकर्म गर्न देखि नै डरले लगलग शरीर कामोस । के आजसम्म निर्मला पन्त आदिले न्याय पाए त ? सुन्दा र सोध्दा न भयावय डरले लाग्ने सामुहिक बलात्कार त्यो पनि अस्पताल जस्तो ठाउँमा कहाँ गयो त्यस अस्पतालको प्रशासन कहाँ गए अरु कर्मचारी कसरी मौका छोपे ती राक्षसहरुले ? के उनले न्याय पाउदीन ? के न्याय दिएकै अवस्थामा पनि त के फर्केर आउँछ त्यो मृत शरीर ?
हिजोका दिनमा छोरी अनपढ हँदा कहिले दाइजो त बोक्सीको निहुमा जिउदै जले । न छोरीहरु पढाएर सुरक्षित रहे न आत्मनिर्भर हुँदा । न डाक्टर मोनिता न नर्स ममता सुरक्षित रहे । न स्वदेश या न विदेशमा आखिर छोरी सुरक्षित कतै नहुनुमा कस्को दोष ? अझै कति छोरीहरुले जिउँदो लास भएर आफ्नो र परिवारको इज्यत बचाउँदा बचाउँदै आप्नो ज्यान फाल्ने छन् /फालेका छन् । कहिलेसम्म हामी छोरीले खोक्रो इज्यातको लागि समाजले के भन्छ भनेर अग्नि परीक्षा दिनु पर्ने हो । छोरा छोरीले गलत बाटो हिडे आमारुपी छोरीको दोष । श्रीमानले गलत बाटो रोजेर कुलत रोजे श्रीमती रुपी छोरीकै दोष । आखिर किन र कहिले सम्म यि छोरीका अनेक रुपले दोषी हुनु पर्ने र असुरक्षित रहनुपर्ने । आखिर किन र कहिलेसम्म ? भगवान ।
कहिलेसम्म आखिर ?
कहिलेसम्म आखिर ?
मान्छेसंग मान्छे डराउनु पर्ने
कहिलेसम्म आखिर ?
पिडीत महिलाको त्यो चितकार
कहिलेसम्म आखिर ?
पशुले मानवता देखाउछ आजभोली
मान्छे पशु भन्दा गिरेको देख्छु
कहिलेसम्म आखिर ?
मान्छेसंग मान्छे डराउनु पर्ने
कहिलेसम्म आखर ?
पुरुषको पुरुषत्व अहंकारको अवधी
कहिलेसम्म आखिर ?
हराएका ति विश्वासको खोजी कार्य
कहिलेसम्म आखिर ?
मान्छेसंग मान्छे डराउनु पर्ने
कहिलेसम्म आखर ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



