
भंगेरोलाई बास खोइ ?

मोहन के श्रेष्ठ
(कभर फोटो एआईको सहयोगमा बनाइएको हो ।)
भंगेरो । यो सानो चरो । सदियौंदेखि मानिससंग बस्न रुचाउने चरो ।
नेवार समुदायको परम्परागत घरमा (भुईतल्ला) छेदी, (पहिलो तल्ला) मातं, (दोश्रो तल्ला) च्वतं बैठक, (तेस्रो तल्ला) बइग: भान्छा गर्ने ठाउँ, (कौसी) कसि र (छत) पोंता ।
सामान्यतया यतिलाई मात्र याद गर्छ होला प्रायले नेवार समुदायको परम्परागत घर भने बितिक्कै। अझै थप सोच्नु पर्यो भने माटो, ईटा,काठ,फलाम जस्ता सामाग्री प्रयोग भएर बनेको होचो ढोका भएको घर ।
यतिले मात्र पूरा हुदैन नेवार समुदायको परम्परागत घर ।
म कुरा गर्दैछु बिलकुलै ध्यान नगएको नेवार समुदायको घरमा पाईने भंगेराको लागि बनाईएको प्वालको बारेमा ।
सायद यो अरु समुदायको घरमा पनि हुनसक्छ ।
यो प्वाल किन राखें होला हाम्रो पुर्खाले ? भंगेरालाई किन बास दिएं ? सोचनीय छ । कुनै अकारण त पक्कै होईन ।
मेरो ध्यान यो प्वालमा जानुपुर्ब एकजना भंगेरा बचाउं अभियान कर्ताले मेरो दिमागको घण्टी बजाईदियो । यो चरो बचाउनु पर्छ भनेर उहाँ लागिपर्नु भएको रहेछ ।
बाबुकाजी श्रेष्ठ । मेरो पुरानो घर रहेको ठाउंको छिमेकी उहाँ । यो भंगेरालाई बास दिनुपर्छ । उहांले मलाई सुरुवाटी भेटमा भन्नुभयो ।
त्यसपछिको अर्को भेटमा कुराको शिलशिला चल्दैजांदा उहांले भंगेराको लागि परम्परागत घरमा जस्तै प्वाल बनाउन लगाएर यो चरालाई बास दिई संरक्षण गर्नु पर्ने बिचार म संग साझा गर्नुभयो ।
यो बिचार उहांले धेरै जनासंग साझा गरिसक्नु भएको रहेछ । यहि बिचार लिएर उहाँ स्थानीय बडा,नगरपालिका लगायत दिल्लीसम्म पनि पुगिसक्नु भएको रहेछ ।
केही समय पहिले मात्र वडा र नगरपालिकाको सहयोगमा थिमीको दुईपोखरीमा नमुना भंगेरा बास बस्न मिल्ने घर पनि बनाईसकेको रहेछ । सह्रानिय कामको लागि साथ दिनेहरु पनि धेरै हुदोरहेछ ।
उहांलाई साथ दिने राम सुन्दर (ध्याको) श्रेष्ठ अभियानकर्ता, बालकृष्ण श्रेष्ठ मथिनपा ४ नं वडाका अध्यक्ष, सुरेन्द्र श्रेष्ठ मेयर-मथिनपा, पवन श्रेष्ठ लगायतका थुप्रै महानुभाबले पनि उहांलाई हौस्याएको रहेछ ।
उहांको भनाइअनुसार नयां घर बनाउनु पुर्ब नक्सा पास गर्दा भंगेराको प्वाल पनि अनिवार्य राख्न लगाउन सुरुवात गर्न मध्यपुर थिमी नगरपालिकामा कुरा राखिसकेको रहेछ । यो सायद बिस्तृत छलफलको बिषय हुनसक्ने मैले अनुमान लगाएं ।
भंगेरालाई नेपाली समाजमा सौम्य घरेलु चरासंगै शुभचरा पनि मान्ने चलन रहेछ । यो चरो घरमा देख्दा मानिसलाई शुभ हुन्छ भने मान्यता रहेको पाईन्छ ।
पर्यावरणको कुरा गर्नु पर्दा बालीमा लाग्ने हानिकारक किरा यो चरोले खान्छ भनेरहेछ ।
संगसंगै अरु थुप्रै कारणहरु हुन सक्छ यो चरोलाई हाम्रो पू्र्खाले बास दिने गरेको अथवा घरमा प्वाल नै बनाएर बास दिएर संगै बसालेको ।
बाबूकाजी श्रेष्ठले भंगेरा बचाउ अभियानमा लाग्नु अगाडि भंगेराको थुप्रै नै मनैछुने बिचल्लीहरु देखेका रहेछन ।
जस्तो कि अहिलेका मानिसहरुले आधुनिकताको नाममा पुरानो घर नयाँ गर्दा होस या नयां घर नै बनाउंदा होस यो प्वाल राख्न छोड्यो, जस्तो कारण यो चरा बिजुलिको तार मै सुट्नु पर्ने दुरावस्था आयो । भंगेराको घर त प्वाल पो थियो त, तार त होईन ।
कतै झुप्प परेको तार छ भने त्यही नै त्यस्को बिचल्लीको बास हुने भयो ।
त्यस माथीपनि असुरक्षित गुलेली बोकेकाहरुले हानेर मार्ने गरेको बाबूकाजीले देखेको रहेछ ।
यो चरोको बिचल्लीसगै संख्या पनि निकै कम हुँदै गएको उहांको अनुमान छ । म पनि यो अनुमानमा सहमत छु ।
के अब भंगेराको संख्या झनझन खस्किदै जाने नै भयो त ? यो चरो बचाउन हाम्रो कुनै जिम्मेवारी रहदैन र ?
हामीले पनि हाम्रो दिमागमा एकचोटि घण्टी बजाउनै पर्ने समय आएन र ?
के प्रकृति र पर्यावरणमाथि हाम्रो चेतनाको स्तर कमजोर हुँदै गएको नै हो त ? यो सोचनिय बिषयले मलाई छोयो ।
स्थानीय सरकार लगायत सम्पूर्ण चेतनशील महानुभाबहरुले मनन गर्नु हुन अनुरोध सगै अभियानलाई साथ दिन मेरो पनि अपिल संगै यो दुई शब्द मैले कोरें ।
अन्तमा, मलाई पनि लाग्छ
भंगेरोलाई बास खोइ ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)