
असार मसान्तमा असारकै कविता
कविताः असार महिना
सार्थक कार्की
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु आवास, काठमाडौं ।
आशा र सपनाको महिना हो असार
झमझम झरी अनि बाढी पहिरो अपार ।
ल्याउदैछ खुशी अनि सपनाको बहार
परिश्रम र महेनतको ठुलो पर्व चहाड ।।
कालो बादल,सेतो बादल हतारमा हुन्छन्
महेनती,परिश्रमी किसान सबै जुट्छन् ।
झरीमा रुझी तिनले सबको पेट भर्छन्
हिलोमैलो जिन्दगीको आफ्नै अङ्ग ठान्छन् ।।
दुःख गरे सुख मिल्छ, यही सन्देश छर्छन्
मिलिजुली, आपसमा सद्भाव पनि बाँडछन् ।
आऔं अब हामी पनि मिहिनेती बनौं
प्रकृतिको उपहार यो असारमा रुझौ ।।
आशा अनि भरोशामा धैर्य गर्न सिकौं
स्वार्थ-घमण्ड सबै कुरा आजैदेखि त्यागौं ।
मेहनतको फल मिठो हामी मनन् गरौँ
हाँस्दै खेल्दै जीवनलाई सफल नै पारौं ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



