दलहरु छन् यहाँ छेपाराजस्ता रङ बदलिरहेका

कविताः भ्रष्टचार र मेरो देश

प्रतिष्ठा तिम्सिना
कक्षा ९

पीडामा छ भ्रष्टचारको, देश मेरो रोइरहेको
नेता कोइ पाएन, असल नियत भएको ।

जनता छन् धेरै, अभाव र पीडामा रुमलिरहेका
दलहरु छन् यहाँ छेपाराजस्ता रङ बदलिरहेका ।

छैन कतै पनि लाज, पढ्न तथ्यांक भ्रष्टचारको
खोज्न कोही छैन तयार, यसको उपचारको ।

नेता बाँड्छन् सपना चुनावमा, देशलाई सिंगापुर बनाउने
सत्तामा पुगेपछि बिर्सन्छन्, अनि आफै बन्छन् भ्रष्टचारमा गनाउने ।

राष्टसेवकमा छैन सेवाको असल भाव
नागरिक समाजमा पनि विचारको छ अभाव ।

रमाईरहेछन् व्यापारी, कालाबजारी र लुटमा
दौडन्छन् राज्यका निकायहरु, यिनैको छुटमा ।

जुटौँ साथीहरु अब यहाँ, बनाउन भ्रष्टचारमुक्त देश
एकता भाव जगाई, नदियौँ राष्ट्रलाई लाग्न ठेस ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button