फूलजस्ती रहरलाग्दी छोरी गिद्दे नजरमा परी

कविताः यथार्थ

स्नोभा श्रेष्ठ
कक्षा ९, स्वर्णिम स्कुल, काठमाडाैँ ।

देउता पनि एक दिन पछुताए
किन मानवको रूपमा राक्षसलाई बनाए
फूलजस्ती रहरलाग्दी छोरी
बिनाकारण गिद्दे नजरमा परी ।

मानव नै बनाएको थिएँ मैले
हिंस्रक व्यवहार कसरी सिके यिनले
जसलाई मानिन् उनले सहारा
गाडे आँखा बनाए बेसहारा

हाँस्ने खेल्ने उमेरमा
पीडा राखी यो मनमा
गाडिए नङ्ग्रा अनि तिखा दाह्रा
र, पनि मुस्कुराउँछिन् कठै बरा !

सीता, लक्ष्मी यहीँ पुजिन्छिन्
छोरी यहीँ गर्भमै तुहिन्छिन्
छोराजस्तै छोरी पनि हुन् वरदान
देख्ने गर है छोरीभित्रको सान ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button