तिम्रो तिरस्कार गर्ने सधैं हुन्छ असफल

प्रिय बालसाथी ! तिमीहरु कथा लेख । कविता लेख । निबन्ध लेख । र, अरु थुप्रै विधामा मन लागेको लेख । चित्र पनि कोर । त्यसमा रंग पनि भर । नेपालनाम्चा तिमीहरुको प्रतिभा पोख्ने ठाउँ हो । नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है । अंकलको इमेल ठेगाना nepalnamcha@gmail.com हो ।

कविता/आमा

प्रतिष्ठा तिम्सिना

आमा भन्ने शब्द नै छ महान्
परिवारमा निकै उच्च छ तिम्रो स्थान ।
हर समस्यामा लड्न सक्ने त्यो तिम्रो साहस
कोही कसैले नि गर्न सक्ने छैन यसको उपहास ।

तिम्रो महत्त्वको वर्णनमा खर्चिएका छन् धेरै पानाहरु,
त्यही पनि ती लाग्छन् फिका, अगाडि तिम्रा विचित्र रूपहरू ।
तिमीले सिकाएको पथमा हिँड्ने, जो कोही बन्दछ असल
तिम्रो तिरस्कार गर्ने, सधैं हुन्छ असफल ।

वर्षमा एक दिन औँसीमा, आमालाई गरी सम्मान
हुँदैन है हाम्रो कर्तव्य पूरा, लौ बुझौँ है समस्त जन ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button