मनकामना-मुक्तिनाथ भन्दै चोभार पुग्दाको रमाइलो

अविस्मरणीय विद्यालय भ्रमण

अंकुर आचार्य
भानुभक्त मेमोरियल

चैत्र ११, २०७८ बिहान चराचुरुङ्गीहरु सँगै उठेर आमालाई भनेँ, ‘आमा ! हाम्रो विद्यालयले हामीलाई फिल्ड ट्रिपमा मनकामना र मुक्तिनाथ मन्दिर लैजाने रे !’

आमाले खुशी र अचम्मले भन्नुभयो’, ‘ए हो र ! सबै चीज तयार गर्‍यौ त ?’

मैले फेरी भनेँ , ‘गरें आमा ।’

‘अब तिमी भ्रमणको लागि तयार हौ’, आमाले भन्नुभयो ।

म तयार भएँ, खाना खाएर विद्यालय गएँ । विद्यालयमा साथीहरुले खाजा देखाउँदै भने, ‘म सँग धेरै खाजाहरु छन् ।’ त्यी मध्य मेरो मिल्ने साथी र मैले एउटै खाजा ल्याएको रहेछौं । एउटा साथीले कक्षामा नै त्यी खाजाहरु खान शुरु गर्‍यो । हामीले नखाउ, फेरी त्यहाँ गएपछि खाने खाजा हुन्न भन्दा नमानेर एउटा खाजा त्यही सिध्याँइन् । त्यतिखेरै शिक्षिका आउनुभयो अनि भन्नुभयो, ‘ल अब पालै सँग शौचालय जाउ ।’

हामी पालैपिलो गयौं, त्यतिनखेरै मलाई याद आयो कि, मलाई त जुस पनि त किन्नुथियो । मेरो साथीलाई मेरो झोला समाउन लगाएर दुई जना साथी सँग जुस किन्न गएँ । साथीहरुले हामी भ्रमण को लागि छुट्ने पो हो कि ! भन्दा मैले भने चिन्ता नगर हामी तीन जनालाई एकैछिन रोकिहाल्नुहुन्छ नि । त्यही पनि मेरो कुरा नसुनेर भागेर छिटो जाम भन्दा, मैले भने हुन्न भाग्यो भनें लडिन्छ । त्यही पनि मैले तानेर आफु पनि र मलाई पनि दौडाएँ ।

हामी लाममा उभिएर बसमा चढ्यौ । हामी सबैलाई शिक्षिकाले दुई दुई वटा पाना दिनुभयो । जहाँ हामीले मुक्तिनाथ र मनकामनामा के के भयो भनेर लेख्नुथियो । हामी बाटोमा नाँच्दै, गाउँदै र रमाउँदै गयौं । आधा बाटो पुगेपछि हामीले देख्यौं कि मनकामना र मुक्तिनाथ जाने बाटो त भत्किएर बनाइरहेको रहेछ । फेरि घुमाई घुमाई कता कता लिएर जानुभो । कत्तिले त, म किन आएको होला यस्तो घुमाउरो यात्रामा पनि भनें । मैले सम्झाउँदैं भनें, त्यस्तो नभन । कतिलाई त घुम्ने भनेको त के हो भनेको पनि थाहा छैन । हामी त यस्तो घुमाउरो बाटोमा भए पनि आउन त पाएका छौं नि, मैले सम्झाएँ । भन्दा भन्दै साथीहरु फेरी रमाइलो गर्न थाले ।

म र मेरो मिल्ने साथीलाई गर्मी भएर मेरो पंखा निकालेर हम्कन थालें । एकैछिनमा हामी चोभार पुग्यौं । चोभार पुगेर तस्वीर खिच्यौं । फोटो खिचाउने काम सकिएपछि हामी सबै सिढीँ चढ्यौ । माथि पुगेपछि हामीले रमाइलो गर्दै खाजा खायौं । खाजा खाएर एकै छिन खेल्यौ ।

खेल्दा खेल्दै हामीले दुई वटा मान्छे गाडेको ठाउँ र एउटा बाघ गुफा देख्यौं । हामीलाई डर लाग्यो । हामीले यो पनि थाहा पायौं कि, लासहरु ५० बर्ष देखि गाडिएको थियो । अनि हाम्रो शिक्षिकाले बोलाएर हामीलाई कटन क्यान्डी दिनु भयो । त्यसपछि हामीले सिढींबाट तल झर्यौ र आफ्नो आफ्नो बसमा चढ्यौं । हामीले बसमा फेरि विहानको जस्तै रमाउँदै, नाच्दै, खेल्दै रमाईलो गर्यौं । विद्यालय पुगेपछि केहीवेर आराम गर्यौं ।

हामीले जाने भनेको ठाउँ देख्न नपाए पनि यो भ्रमण मलाई अहिलेसम्मकै रमाइलो भ्रमण लाग्यो । यो एउटा मेरो अवस्मरणीय भ्रमण हुन्छ होला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. सुन्दर अनुभुती सहितको यात्रा सस्मरण अंकुर नानुको । गज्जब ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button