
मोटरले बोकिदेला हाम्रो ठूलो झोला !
म विद्यार्थी हुँ
श्रीजा वैद्य
कक्षा ७, स्वर्णिम स्कुल, डल्लु
म हुँ एक बालक, पढ्ने मेरो काम
पढी गुनी ठूलो भई राख्छु देशको नाम
दिनभरि म स्कुलमा, खेल्छु एकछिन साँझ
पढ्न बस्छु, बिहान-राति बाबामाको माझ !
कुनै बेला हजुरबाको बन्छु सानो साथी
गाला छुँदै भन्नुहुन्छ, बालक नै जाती,
दिदी मेरी एउटी मात्रै, सँगसँगै पढ्छौँ,
माया हामीलाई बराबरी सधैं अघि बढ्छौँ ।
पढ्ने स्कुल टाढा हाम्रो, त्यस्कै लाग्छ पिर
बाटाघाटा अप्ठेरा छन्, खाल्डा सबैतिर,
कुनै दिन हाम्रो पनि बाटो राम्रो होला,
मोटरले बोकिदेला हाम्रो ठूलो झोला !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
