
मेरो आफ्नै गीत का का का !
काग
दिप्सन क्षेत्री
कक्षा ७, स्वर्णिम स्कुल, डल्लु
काग हुँ म, गर्छु सधैं का का का
संसारभरि एउटै भाषा का का का
ठुला अग्ला पहाड चढ्छु का का का
साना साना वस्तु देख्छु का का का !
कोइली हुन्छे मभन्दा त अलिकति गोरी
जहिले गर्छे चतुर्याइँ अनि चुरीफुरी
कोइली गाउँदा सबै जना गर्छन् वाह वाह !
तर मेरो आफ्नै गीत का का का !
वर्ष दिनमा आउने गर्छ मलाई पुज्ने चाड
सम्झी गर्छन् पूजाआजा, खाजा बाँडाबाँड,
मेरो आफ्नै विशेषता छ, रूप मेरो श्याम
सन्देश ल्याउने चरा हुँ म, यही हो मेरो काम !
घरघरमा पुगी मैले खबर लिँदा दिँदा
मेरो भाषा का का गर्ने बोल्छु मैले सिधा
काग हुँ म गर्छु सधैं का का का
संसारभरि बोल्ने मैले का का का !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




