विद्यार्थीको सफलता नै शिक्षकको सुख

नेपालनाम्चाको नयाँ स्तम्भ ‘शिक्षकलाई सलाम’मा कपिलवस्तुकी जनसंख्या शिक्षक इन्दिरा देवकोटा

कालोपाटी अगाडि उभिएर तपाईंलाई पढाउने शिक्षकहरुबारे विद्यार्थी छँदा बेन्चमा बसेर के सोच्नु हुन्थ्यो ?
म पनि यस्तै बन्न पाए ।

भविष्यमा शिक्षक हुन्छु भन्ने त्यति बेलै तपाईंको सपना थियो ?
थियो ।

शिक्षक भएर पहिलो पटक कक्षा छिर्दाको क्षण सम्झनु हुन्छ ? कस्तो लागेको थियो त्यो क्षण ?
निकै खुसी र गहन ज़िम्मेदारी महसुस ।

शिक्षकभित्र विद्यार्थी कत्तिको हुन्छ ? के विद्यार्थीभित्र पनि शिक्षक हुन्छ ?
विद्यार्थीभित्र शिक्षक हुदैन तर शिक्षकभित्र विद्यार्थी हुन्छ ।

शिक्षकका सपना र विद्यार्थीका सपनाहरु कति फरक र समान हुन्छन् ?
शिक्षक अरूलाई बनाउन चाहान्छ तर विद्यार्थी आफू मात्र बन्न चाहान्छ ।

शिक्षक जहाँको तहीँ रहन्छ तर विद्यार्थी पर शिक्षकभन्दा पर निकै उपल्लो दर्जामा पुगेको देख्दा कस्तो लाग्छ ?
आफू सफल शिक्षक भएको महसुस ।

कति विद्यार्थी कहिं पुग्दैनन् । न त पढाई न त पद । त्यस्तो अवस्थामा रहेका भूतपूर्व विद्यार्थी देख्दा, भेट्दा कस्तो लाग्छ ?
आफू शिक्षण पेशामा असफल भए जस्तो लाग्छ ।

शिक्षक कस्तो हुन्छ ? र, असल शिक्षक भनेको के हो ?
शिक्षक ज्ञानको स्रोत हुन्छ । विद्यार्थीको पृष्ठभूमि बुझेर शिक्षण गर्न सक्नु ।

विद्यार्थी कस्तो हुन्छ ? र, असल विद्यार्थी भनेको के हो ?
बढि स्वतन्त्रता खोज्ने । लगनशील र आज्ञाकारी भएको ।

शिक्षकको दुख के हो ? सुख के हो ?
काममा दण्ड र पुरस्कारको ब्यवस्था नहुनु दुख हो र विद्यार्थीको सफलता नै सुख हो ।

One Comment

  1. Ekdam sahi kuro ho…ma pani Indira mam ko student nae ho…aama jastay maya garera padhauney ek matra teacher…

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button