‘बुझ्नु भो बा ! बरु त्यो मरिचेले बहुत राम्रो गरेको है ?’, ड्राइभरले मरिचमानलाई भनेछ
(नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘प्रधानमन्त्री‘मा अहिलेसम्मका प्रधानमन्त्रीहरुमाथि अनेक कोणबाट टिप्पणी, विश्लेषण, संस्मरण र अन्तरवार्ताहरु समेटिन्छ । यो अंकमा पूर्व प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ । धन्यवाद । सं)
कमल ढकाल
उनी हुँदै उनको किताब निकालौँला भन्ने सोचेको थिएँ । उनले माने पनि । तर, कालले मानेन । बीचैमा लग्यो उनलाई । फेरि पनि रिर्सच सुरु गरेँ, उनको जन्मथलो सल्यान, त्यहाँबाट उनी निक्लदै फैलिएको जरा दाङ र हाँगा नेपालगन्ज अनि लटरम्म फलेको काठमाडौका गल्लीहरुसम्म । ३ सय भन्दा बढी मान्छे भेटेँ ।
मानिसको मृत्युुपछि उसको किताब लेख्न निकै गाह्रो हुँदोरहेछ । उनलाई माया गर्ने मान्छेको माया मृत्युपछि झन् गाढा । माया नगर्नेले पनि ‘अब मरी नै सके, के नराम्रो कुरा गर्नु ? मान्छे त राम्रै हुन्’ भन्ने हिसाबले कुरा गरे ।
जसलाई भेट्यो उसैलाई मरिचमानकै कुरा गर्ने पागल जस्तै भएँ । उनीहरुले थाहै नपाई मरिचमानका कुरा सोध्ने र ती कुरा टिप्दै गएँ, त्यसको रस निचोरेर किताबमा हाल्न । उनको बारेमा कुरा गर्न दरबारका मान्छे र खासगरी पुर्वराजा ज्ञानेन्द्र शाहसँग पटकपटक विभिन्न स्तरमा प्रयास गरियोे । उनका आसेपासेले त्यो कुरा पुुराएनन् । वा, पुगेर पनि चासो देखाएनन्, केही थाहा भएन । जिन्दगीभर राजसंस्थाप्रति अटल आस्था राख्ने मरिचमानलाई किन उनीहरुले महत्व दिएनन् ? बुझ्न सकिन । मरिचमानकी छोरी रश्मि र छोरा अनिलले पनि पुर्वराजा ज्ञानेन्द्रलाई भेट्न खुब जोड गरेका हुन् । राजाका सचिव पशुपतिभक्त मर्हजनलगायतलाई दिदी रश्मिले पटक पटक फोन गर्नु भएकै हो । पछि अनुमति लिएर मात्र भनौँला भन्दैमा भानुको कविता ‘भोलि’ जस्तै भयो ।
‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुुन्न जीवन ।’ २०७१ सालको अक्षय तृतियापछि पुर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठसंगै उनको जन्मथलो सल्यान जाउँला भनेको थिएँ ।
घाँटी खसखस गर्दै बोलेको आवाज कानमै ठोक्किरहेछ । भनेका थिए, ‘अक्षय तृतियालाई म बिशेष दिन मान्छुु, त्यहि दिनदेखि मैले दुुई काम गर्छु । एक तर्पाइसंग बुुक लेखन, अर्काे राजनीतिमा नयाँ काम ।’
छेउमै मृत्युु आउँदा पनि योजना बुुन्न नछोड्ने मान्छेको जात गज्जब नै छ । उनले पनि योजना बनाएका थिए । सोझो योजनामा बाङ्गो जीवन कहाँ हिँड्छ र ! जीवनमा कहाँ कतिबेला के ठोक्किन आउँछ ? केहि थाहा हुदैन । मरिचमानसँग त झयाप्पै काल ठोकियो । अक्षय तृतियाभन्दा अगाडिदेखि उनी थला परे । निमोनिया हुदै क्यान्सरले च्याप्यो । कहिल्यै नउठ्ने गरी २०७१ श्रावण ३१ गते उनले धर्ती छाडे ।
सानैदेखि सुुनेथेँ, ‘मरिचमानजस्तो नेता पो नेता । त्यस्तो राष्ट्रवादी पो राष्ट्रवादी ! अरु नेताका पनि कुरा गर्नुु ?’
बुबा सत्यप्रसाद ढकाल भन्नुहुुन्थ्यो, ‘मरिचमानले त्यस्तो हाहाकारमा पनि जहाजबाट चिनी तेल नुुन, पेटेल ल्याएर छाडे । झुुकेनन् । भारतजस्तो ठुलो राष्ट्रसँग टक्कर गरेर छाडे, हामीले राष्ट्रियताको हिसाबले मरिचमानलाई मान्न पर्छ, राम्रा मान्छे हुन् ।’
घरमा बुुबाले कुरा गरेका नाम मरिचमान मेरो दिमागमा कैद थियो । मैले देखेको थिइन मरिचमानलाई । त्यतिबेला लाग्थ्यो, उनी त फिल्म खेल्ने हयान्डसम् हिरो जस्तै होलान् । पछि पत्रिकामा फोटो दखेँ । अनुुहार त फिल्ममा देखिने हिरो जस्तो लागेन ।
स्कुुल पढ्दै सुुनेको मरिचमानको नाम पत्रकारितामा आएपछि झनै सुुन्न थालेँ । पत्रकारिता हुँदै मान्छेको कथा लेख्ने काम सुरु गरेपछि थाहा हुुँदै आयो, बुबाले राम्रो मान्छे भनेको त देशको लागि राम्रो गर्ने मान्छे पो हो रहेछ । एक असल मान्छे ठानेर पो त्यसो भन्नुु भएको रहेछ । उमेर अनुुसार मान्छेको अनुुहार चाउरी पर्दाे रहेछ । बौद्धिकता झनै सुुन्दर हुने रहेछ । उमेर भएपछि अनुुहार त हलिउड र बलिउडका हिरोइनको पनि चाउरी पर्छ । बौद्धिकता भने उमेर बढ्दा झन जवान हुदै जाँदो रहेछ । देशप्रेम, सादगी जीवनका उनका किस्सा सुुन्दा मलाई उनै मरिचमान महत्वपुुर्ण लाग्न थाल्यो ।
२०४६ पछि लगातार जब मैले देखेका नेता स्खलित हुँदै गए, मरिचमानप्रति झन् श्रद्धा जाग्यो । राष्ट्रको माया गर्ने मान्छे आफ्नै आमाजस्तो लाग्दो रहेछ । दिन प्रतिदिन कमजोर बन्दै गएको मेरो राष्ट्र र उनको राष्ट्रभक्ति थाहा पाएर मलाई मरिचमानको किताब त लेख्नै पर्छ भन्ने पार्यो ।
मेरो विवेकले मरिचमानको किताब त लेख्नै पर्छ भन्यो । फलस्वरुप किताबको योजना बनाएँ ।
फोन लगाएँ । बोल्ने उनै मरिचमान रहेछन् । दुुई तीन पल्टको सम्पर्कपछि उनले समय दिए । २०६९ भदौमा उनको घर धापासी गएँ । गेटभित्र पस्ने बित्तिकै कपुरको बोट देखेँ । त्यसको सुुन्दरताभन्दा मलाई सुन्दर लागेको मान्छे मरिचमान भेट्न आतुुर थिएँ । मकैको बोट लहराइरहेका थिए । त्यसैलाई सोधौँ जस्तो भइसकेको थियो । हरियो दुुबो नजिकै घिउ कलरको कमिज र खैरो प्यान्ट लगाएका एक मान्छे फूल गोडिरहेका थिए । छेउमै टेबलमा एक बट्टा चुुरोट थियो । निउरिरहेका तिनै मान्छेलाई आएको जानकारी दिन लगाउन पर्यो भन्ठानेर भनिहाले, ‘सुुन्नुुस त, पुुर्व प्रधानमन्त्रीलाई भेट्न आएको । बोलाइदिनुु हुुन्छ कि ।’
आवाजले ठाडो भएको व्यक्ति त उनै मरिचमान पो रहेछन् । म त झस्याङ्ग भए । ओहो ! पुुर्व प्रधानमन्त्री यस्तो ड्रेसमा फुुल गोड्दै भन्ने जस्तो मनले सोचिरहयो । अरु पुुर्व प्रधानमन्त्रीकहाँ जाँदा दौरा सुुरुवाल लगाएर दारी खौरेर चिटिक्क परेर बसेका हुन्थे । मिडियाको मान्छे आउने भनेपछि झन् उखरमाउलो गर्ने गरेको देखेको थिएँ । उनी विपरित पाएँ । हर्मन हेस्सेको किताब सिद्धार्थको पात्र माझी जस्तै लाग्यो । सिद्धार्थमा माझीले अरु केही कुरा मतलब नगरी डुुँगा चलाइरहन्छ । उसको डुँगामा भव्य र सभ्य, अभद्र र भद्र मान्छे चढछन् । माझीलाई केही मतलब हुँदैन । सबैलाई उसले डुुँगाबाट पार लगाउँछ । उसलाई उसको जीवनभन्दा पनि काम प्यारो लाग्छ । हरेक कामलाई प्रेमपुुर्वक गर्ने माझी पनि एक बुुद्ध हो भन्ने प्रकारले हर्मन हेस्सेले त्यसलाई चित्रित गरेका छन् । बुुढो हुँदै गएको शरीरबीच पनि डुँगा चलाउन नछाड्ने त्यो पात्र जस्तै लाग्यो मलाई मरिचमान । उनको कमिजको एउटा टाँक चुँडिएको थियो । त्यो पनि उनलाई केही परवाह भए जस्तो लागेन ।
‘जाउनँ’, भन्दै भित्र लगे ।
राजधानीमा जाडो सुुरु हुन खोज्दै थियो । मिटिङ रुममा भएको सामान्य सोफामा एकछिन बसेपछि सहयोगीलाई बोलाउदै भने, ‘रेशम ! चिया बाहिरै लिएर आ है ।’
सुुर्य चुुरोटको प्याकेट र लाईटर लिएर प्लास्टिकको मेचमा बसे । नजिकैको मेचमा मलाई बसाले । भित्र जाँदा सल्काएको सुुर्य निभिसकेको थियो । फेरि अर्काे सुुर्य सल्काए । चुुरोटको धुुँवा सुर्यतिरै गयो । उनी धुँवातिर हेर्दै मेरो परिचय लिन थाले । अन्तर्वार्ता मैले हैन, मरिचमानले मेरो गरिरहेका थिए ।
आफना कुरा भन्दा पनि कहिले उनले भारत–नेपालको कुरा गर्लान् भन्ने परिरहेथ्यो । त्यो पनि पहिलो भेटमै ।
चियाका कपहरु आउँदै सकिदै गए । चुुरोटको बट्टा खाली हुँदै गयो । ठुुटाहरु भरिदै गए । म धुुँवा हेरिरहेँ । कुरा पानी झैं बगिरहयो ।
बेला बेलामा फोन गरिहन्थेँ । ’ए तपाई ! आउनुुस न’ भन्थे । म गइरहन्थेँ । एग्रिमेन्ट नभईकन किताब लेख्ने लेखाउने काम नगर्ने भन्थे । उनी कुुरामै रमिरहन्थे । गफ रमाइलो लाग्थ्यो । सुुन्न गइरहन्थेँ । आधिकारिक ढंगले काम गर्न म हतारिन्थेँ । हुुन्छ गरौला भनेर उनी भनिरहन्थे । छोरीले आफुलाई आफनो कुरा रेकर्ड गर्न रेकर्डर पठाइदिएको पनि देखाउँथे । मलाई झुुलाए कि भुलाए कि झै लागिरहन्थ्यो ।
प्रेममा झुुल्नुु पनि मजा आउँछ । राष्ट्रप्रेम झन् सबैभन्दा ठुलो प्रेम हो । उनका राष्ट्रप्रेमी कुरा सुुन्दा म मेरी प्रेमीकाको कुरा सुनेझै समय गएको पत्तै पाउँदिनथे । फुुर्सद मिल्यो कि धापासी जाउँ लाग्थ्यो । उनका कारणले पनि मलाई सिंगो धापासी रमाइलो लाग्न थालेको थियो । आवतजावत गर्दा कहिलेकाहीँ बसुन्धाराको बस स्टप आयो कि धापासीले लठ्याउँथ्यो । महाराजगन्ज आएदेखि नै ममा रोमान्चकता आउँथ्यो । मरिचमानसँग भेट्न आए जस्तो लाग्थ्यो । गोंगबुतिर जाँदा होस् वा महाराजगन्ज, म बसुुुन्धाराबाट धापासीतिर एक नजर हेर्ने गर्थे । कारण उनै मरिचमान थिए ।
उनीसँग अनेकौ कुराकानी हुुन्थ्यो । एकदिन टयाक्सी ड्राइभरको कुरा भयो । उनी भन्थे, ‘टयाक्सीमा आउँदा दृश्य मात्र हेर्ने हैन । सधै एउटै बाटो हिडिरहँदा कति दृश्य हेरिरहनु ? जति हेरे पनि उही हो, फेरिने हैन । टयाक्सी ड्राइभरसँग कुरा गर्न पनि मजा आउछ ।’
हुुन पनि हो कहिलेकाहीँ टयाक्सी ड्राइभरको जीवनको दृश्य र उनका दृष्टिकोणले छक्क पार्ने कुरा सुुनिन्छ । कहिलेकाहीँ टयाक्सी ड्राइभर संसारकै सबैभन्दा बढी जान्ने हुुन्छन् जस्तो लाग्छ । सारा कुरा सानो देख्छन्, उनीहरु आफुु धेरै ठुुलो भए जसरी । अनि प्रश्न उठ्छ, यस्तो जान्ने मान्छेले किन ट्याक्सी चलाइरहेको होला ? कहिलेकाहीँ आफनै जीवन तरंगित पार्ने कुरा पनि गर्छन् टयाक्सी ड्राइभरले ।
मरिचमानलाई पनि एक दिन ठिटो ड्राइभर परेछ । राष्ट्रका अनेकौ नेताको कुरा गर्दै रेडियो जस्तै टयाक्सी ड्राइभर बोलिरहेछ । त्यो गिरिजा, त्यो कृष्णप्रसाद भटराई, त्यो प्रचन्डे, त्यो … । सारा नेतालाई गाली गरिरहेको उनले भन्दै जाँदा भनेछ, ‘बुझ्नु भो बा ! बरु त्यो मरिचेले बहुत राम्रो गरेको रे है, अहिलेको नेता त के नेता ! जनताको माया नै गर्दैनन् । त्यतिबेला बजारभाउ नबढाई सिंगापुुरबाट मट्टितेल ल्याएर जनतालाई खुुवाएछ त्यो मरिचेले ।’
असनबाट धापासी घर नजिक आउँदासम्म ऊ बोलिरहेको थियो । मरिचमान उसको कुरामा समर्थन मात्र गर्दै अँ अँ हो है त्यस्तो मात्र भन्दै आएका थिए रे । मरिचमानको ओर्लने बेला भएपछि उनले सोधेछन्, ‘तिमीले त्यो मरिचेलाई चिनेको छ ?’
‘अँ ह छैन’, उसले भनेछ ।
‘त्यो मरिचे मै हुुँ’, औलो नाकमा लादै मरिचमानले भनेछन् ।
टयाक्सी ड्राइभरले दिइसकेको पैसा फिर्ता गर्दै भनेछ, ‘पर्दैन हजुुर पर्दैन, पर्दैन ।’
एक छिन मरिचमान र उसको पैसा दिने लिने जुहारी नै चलेछ । यो दृश्य वरिपरि पसलका मान्छेले समेत हेरिरहेछन् । ड्राइभरले जितेछ, पैसा नलिई फर्केर । मरिचमान जिल परेछन् ।
मरिचमान २००७ सालपछि एउटै कार्यकालमा अहिलेसम्मकै सबैभन्दा बढी अवधि प्राईममिनिस्टर भएको मान्छे हुन् । पटक पटक भेट्दा प्रश्न मनमा हुुन्थ्यो । यस्तो इतिहास बनाएका मरिचमानले आफुलाई किन केयर नगरेका होलान् ? किन सर्ट्को टाँक चुुँडिए पनि वास्ता नगरेका होलान् ? किन यस्तो कालो दाँत पारेका होलान् ? अनि किन यो सर्ट् आधा भित्र आधा बाहिर पर्दा पनि मतलब नै नगरेका होलान् । एस्ट्रे, चुुरोट र लाइटर च्यापिरहने, बेपरवाह कुरा गर्ने र खित्खित् हाँस्ने र खित्का छाडिरहने किन होला ?
जसलाई पनि एकदम माया गरेको झै बोल्ने । आफुु सामान्य मान्छे हो है भन्ने आभाष दिने गरी व्यवहार गर्ने । कुरा पनि छोडाएर नलुुकाई गर्ने । उनी आफुुलाई एक सामान्य नागरिक ठान्दा रहेछन् । अनि आफुु जस्तै अर्काे नागरिकलाई किन असमान्य व्यवहार गर्ने ? किन टाइफुई गर्ने, जे छुु जस्तो छुु त्यहि देखाउन पर्छ भन्ने भईसकेका रहेछन् उनी ।
अब त यी मान्छेको किताब नलेखी हुँदै हुँदैन । म झन लट्ठ हुदै गएँ । उनी बोलिरहन्थे । म मनमनै मनलाई आफनो डिसिजन सुुनाउँथे, ‘यिनको किताब नलेखी हुदैन । लेख्छुु लेख्छुु ।’
किंवदन्ती झै लाग्ने अनेक कुरा सुुनेको थिएँ । पिएम छाडेको भोलिपल्ट खल्तीमा तीन हजार भन्दा बढी थिएन । गाडी बेच्न खोज्दा ढुंगा हान्छन् भनेर कसैले किन्न मानेन । बल्लतल्ल मोहनगोपाल खेतानले किनिदिए । गाडी बेचेर आएको पैसाले जग्गा किने । कालान्तरमा त्यसमा घर बन्यो । त्यो पनि एक तल्ले । त्यहि घरमा एक पुुर्व प्रधानमन्त्री कुुखुुरा पालेर बसे । राजाप्रति निष्ठावान उनी कुनै पार्टीमा लागेनन् । जस्तै दुुःख पर्दा पनि राष्ट्रवादी धार छाडेनन् । मर्ने बेलामा समेत नेपालमै मर्न जान्छुु भनेर आए र त्यहि बिते । बीचैमा उनी बितेपछि उनको किताब लेख्ने क्रम पनि भताभुुंग भयो । किनकि उनको र मेरो मात्र कुरा हुुन्थ्यो ।
उनले यति लठ्याए कि परिवारसँग कुरा गर्दा समय किन खेर फाल्नु, उनकै कुरा सुनौ न झै लागिरहन्थ्यो । एक पल्ट छोरा अनिललाई चिनाइदिएका मात्र थिए, ‘मेरो किताब लेख्छन रे यिनी’ भनेर । त्योबाहेक कहिल्यै उनको र मेरो कुराकानीमा चिया ल्याउने रेशमबाहेक अरु आएनन् ।
चक्रपथ आउँदा र जाँदा बसुुन्धारामा अडिएर धापासी हेर्ने मन उनको मृत्युुपछि विह्वल बन्यो । धापासीमा अब मेरो को छ र जस्तो लागिरह्यो । उनी हुँदा धापासी नै मेरो जस्तो लाग्थ्यो । उनी नहुँदा निकै रित्तो लाग्यो धापासी । धापासीतिर फर्कने आँखा चिम्म हुन खोज्थ्यो, गोंगबुु र महाराजगन्जको बाटो आवतजावत गर्दा । बसुुन्धारा आएपछि त्यसै सास फुुल्थ्यो, कति चाँडै गए मरिचमान भनेर । मभित्र उकुुसुमुुकुुस हुुन्थे, कसरी अब किताब लेख्ने होला भनेर । अनि मनमनै काललाई सराप्थेँ । कम्तिमा यति किताब लेख्न दिएर लगेको भए पनि हुुन्थ्यो नि भनेर । अब कसरी किताब लेख्ने ? यस्तै सोचेर थर्थराउथे आफै आफैसँग ।
काजक्रियामा गएँ । छोराहरुसँग कुरा गरेँ । यस्तो कुरा भएथ्यो भनेर । उनको छोरी रश्मिले बहुत चाख दिइन् । त्यसपछि किताब लेखन सुुरु भयो । मान्छे बितेपछि किताब लेखन साह्रै गाह्रो हुँदो रहेछ । सबैले ऊ देवता नै हो झै ब्यबहार गर्ने । मान्छेसँग कुरा गर्दा उहाँ देशभक्त हुुुनुुहुुन्थ्यो । राष्ट्रवादी, सादगी हुनुुहुुन्थ्यो भन्ने त्यसको उदाहरण माग्दा आफुुसँग धेरै नभएको भन्थे । उनीहरु आफैभित्रका अहमका कुरा लगेर मरिचमानसँग जोड्थे । खुुब हैरानी बेहोरियो । फेरि काललाई सराप्न मन लाग्थ्यो । उनको यति कुरा भन्न दिएको भए यो कालको के जान्थ्यो र भनेर आफै मुुर्मुुरिन्थे ।
भगवानसँग पनि रिस उठ्थ्यो, मान्छेहरु मस्त आयुु बाँचेका छन्, मरिचमानलाई ७२ बर्षकै उमेरमा माथि लैजानु पर्ने के पो थियो र भनेर ।
मरिचमान सुपुुत्री रश्मि दिदी र म मान्छेका आफनै कथा सुुनेर दिक्क हुदै फर्कन्थ्यौ । कहिलेकाहीँ भावुकताले मलाई गाह्रो हुुन्थ्यो । दिदी आँसुु झार्थिन् । कहिले कुराकानी गर्न गएका मान्छे नै रुन्थे । त्यसले स्थिति अलि असहज बन्थ्यो । सबैले मरिचमानलाई आफनो मनभित्र हाल्ने र घटनाबारे भन्दा भावुुकताका कुरा बढी गर्ने ।
(प्रकाशोन्मुख पुस्तक ‘सल्यानदेखि सिंहदरवारसम्म’बाट)
प्रकासोन्मुख किताब एक प्रती म पनि अपेक्ष्या गर्दछु । साथै वाहाको सल्यानमा भयेको घरको फोटो मैले सुरक्षित राखेको छु ।वहाँ सगका मेरा जम्मा ५ वता भेत सम्झ्दा पुरै बोल्नै सकिँदैन ।।