मलाई देख्ने बनाएर तिमी कता हरायौ ? यो पढेपछि सम्पर्क गर ल

संस्मरणः मेरी सानी साथी नानु

लक्ष्मी बडाल
तिनपिप्ले, पाँचखाल, काभ्रे, हालः काठमाडौं

मेरी सानी साथी नानु तिमी आजकल कहाँ छौ ? धेरै भएछ तिम्रो र मेरो भेट नभएको । तिमीसँग मायाका मनहरु धेरै बनाएको थिएँ आफ्नै मुटुभरि साँचेर तर हाम्रो अहिलेसम्म भेट हुन सकेन । तिमी मेरा कोठामा आएर अनि मेरा श्रीमानज्युका काखमा आएर जिस्क्याउदै नाचेको, उफ्रेको, गीत गाएकी सबै सम्झना आउँछ ।

हेर, हामीले जीवन कति आनन्दले भोगेका थियौँ ।

नानु, तिमीभन्दा म ठुली मान्छे । मलाई चस्मा लगाएर आँखा देख्छु भन्ने केहि थाहा थिएन । एक दिन तिमीले चस्मा लगाएर मेरो कोठामा प्रवेश गर्दा मैले प्रश्न गरेकी थिएँ, अनि तिमीले मिना दिदी मेरो आँखा कम्जोर भएर लगाएको भन्यौ अनि मैले तिम्रो चस्मा लगाएर आँखा देख्न खोजे । तिमीले भन्यौ, मिना दिदी यसरी कहाँ देखिन्छ र आँखा जाँच्नु पर्छ । तिमीले त्यसो भनेपछि मैले मेरा आँखा जँचाएर चस्मा लगाएर यो संसार नियालेको थिएँ धेरै बर्षसम्म । नानी, तिमी सानै हुँदादेखि मैले चस्मा लगाएको । अब त ठुली भएर विवाह पनि गरेर तिमी पनि सन्तानकी आमा भैसकेकी हौली ।

आज म मेरा मनलाई आफै हिर्काउँछु । तिमीसँग भेट हुन नपाउँदा मैले आफैलाई बुझ्न सक्तिनँ । नानु, अस्ति भर्खर जस्तो लाग्छ तिमी मसँग रोएको, मिना दिदी तपाइसँग बसेर फोटो खिच्ने भनेको । यो रहस्यको भुमरीले आजभोलि मलाई फनफनी घुमाएको छ । मलाई दिक्क लागेको छ तिमी म कति खुसीले रमाएका दिन सम्झेर । मेरी सानी साथी तिमीले यो संस्मरणसँगै नेपालनाम्चामा छापिएको फोटो हेरेर चिन्यौ भने मसँग सम्पर्कमा आऊ ल ।

यो माया भन्ने चिज कस्तो अनौठो रहेछ नानी, परिस्थितिका सामनाका धारणा बनाउन कति मुस्किल हुँदोरहेछ । हामीले हाम्रा सम्बन्धलाई चाहेर पनि गाँस्न सकेनौँ । मैले तिमीलाई नानी नसम्झेको होइन तर समय बलवान छ । के गर्नु हामी एउटै घरमा डेरा गरेर बसेका थियौँ । नानी याद छ, तिमीलाई त्यो गैरीधारा ? तिमी र म कति जान्थ्यौं हगि ?

आज त्यो दिन सम्झना नै भएर गएको छ, तिम्रो परिवार कता मेरो परिवार कता, हामीले सिमा पार गरे जस्तै भयो । हाम्रा जीवनका पाना हामीले पल्टाएर हेर्दा लथालिङ्ग जस्तो लाग्छ । एक प्रकारको खुसी हामीले नभेट्दा । नानी सम्हालिनसक्नु छ आजभोलीका हाम्रा वर्तमान । यतिविघ्न अपराध बोकेको वर्तमान ।

हामीसँगै छ नानु तिम्रा र मेरा त्यो प्रेमका अनुभूती मनले कल्पना गरेर अब पढ्न पनि सक्तैन असामान्यताका कारणले । हामीलाई एउटा जीवनयात्रामा हराएर१ नानी यो फोटो मैले कस्तो जतनसँग राखेकी थिए मेरि सानी साथी नानु तिमी जीवनका रङ्गिन पलमा हौली जिउने साह्स बटुलेर । हेर न नानु, मेरी सानी साथी हुन त तिम्रो र मेरो उमेर धेरै त फरक हैन म किस्वारावस्थादेखि नै साडी लगाएर हो ।

नानी, आज मेरा मन निकै चर्किएको छ, यो फोटो पनि चर्कियो । तिमी जस्तै सानी साथीले रिस गरेर च्यातिसकेकी थिइन् मैले देखिहालेर उसलाई गाली गरेँ, यो मेरो प्यारी अतित हो, कहिल्यै बिर्सन नसक्ने, किन च्यातेको तिमीले भन्दा उसले भनिन्, म पो साथी यो होइन भनेर मैले रिसले च्यातेकी । म कति भावनात्मकमा डुबेँ तिम्रो र मेरो फोटोको बिजोक देखेर । मेरो आँखाबाट आँसु तपतपी खसे । उनीसँग पनि धेरै सङ्गत गरेँ तर उ मुखले मात्र ठिक पार्थी । भित्रभित्र मलाई रिस गर्थी । ऊ विश्वासकी थिइनन् । उसले मेरा हरेक सपना भताभुङ्ग बनाइन् । तिमी जस्ती स्वच्छ भावना ऊमा थिएन नानु । आज म विभोर छु तिम्रा यादमा । तिमी भेटेर तिमीसँग मनका चाँद भर्न नानु । तिमी भेट्न म तम्तयार छु । तिमीसँग बोल्न नपाएर म थाकेकी छु । अब त धेरै तिम्रो चर्को माया लाग्यो । भावनामा मात्र तिमी छौ प्रिय सानो साथी नानु ।

नानु, म अझै बाँचिरहेकी छु यो संसारमा तिमी सम्झँदै अनि तिमीलाई यो आँखाले हेर्न खोज्दै मभित्रको सोच तिमीलाई हेर्न खोज्द्छ किनकि म तिमीबिना अधुरो भएँ, तिम्रो प्यास लागिरह्यो । जीवनका अनेक रङ्गिनपलमा यो मायाको सम्बन्ध अब कतिखेर गाँसिन्छ म स्वयममा प्रष्ट छैन । यतिविध्न तिम्रो माया मनमा लाग्छ, म नै अठोट गर्न सक्तिनँ । जिउने साहस गरेर म कति तिम्रो सम्बन्धको निरर्थकतामा सम्झेर विस्वस्त भएकी छु, साँच्चिकै नानु तिमी बिना अधुरो भएर अनि तिमी जस्तै साथीसँग सङ्गत गर्न भौतारिरहेँ, भौतारिरहेँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button