कोइलीको आगमनले भाले भावविह्वल
कथाः अवसान
सुमन घिसिङ
मण्डन देउपुर, काभ्रे
यताकता मानिसको बस्तीहरुमा गौथली, परेवा, सारौ, ढुकुर, जुरेली, भँगेरो जस्ता पन्छीहरुको गीतको मिठो भाका सुन्थ्यो । जसले पातालो बस्ती तथा बस्ती नै नभएका ठाउँहरु समेत सङ्गीतमय बन्थ्यो । त्यसैमा एक जोडा कोइली पनि पाखा पखेरा, लेक बेँसी, खोला खोल्सा गरेर चर्दै मनोरञ्जनसाथ दिन बिताएर स्वर्गत्वको अनुभूति गर्थे । खेल्ने, चल्ने, गाउने, आकाशमा धित मर्ने गरी उडिरहने जस्ता अनेकौं क्रियाकलापले गर्दा उनीहरुप्रति सबै लोभिन्थे । त्यसैले वनमा रहेको सबैका लागि उनीहरु प्रिय थिए ।
आफ्ना खानाको लागि सानातिना किरा फटयांग्रो मारेर खाने र केही फलफूलहरु आदि उनीहरुको मुख्य खाना थियो । प्रकृति आफैले दिएको तथा मान्छेले खेतबारीमा लगाएको अन्नहरु खाएरै जीवन निर्वाह गर्थे । उनीहरुको जीवन यसरी नै चल्दै बितिरहेको थियो । मानिसहरु पनि असल हुन्थे । किसानहरु खेतबारीमा काम गर्दा खन्, जोत गर्दा किसानहरूले पछाडि बकुल्ला, चिट्टि, सारौ, परेवाहरु किसानको साथी जस्तै भएका थिए । किसानहरु खेतबारीमा भेटेका किराहरु मारेर दिन्थे जसले गर्दा उनीहरु घनिष्ठ थिए । चराहरु किसानको साथी भइसकेको थिए । कहिलेकाहीँ पन्छीहरुले लगाएको अन्नबाली चोरेर खाने गर्दा पनि किसानहरु सामान्य रुपमा हेर्ने गर्थे । तिनीहरुकै संरक्षणमा यत्तिको बाली किराहरुबाट जोगाएर भित्र्याउन सकेको हौँ भन्ने सोच्थे ।
कहिले घाम कहिले पानी समयको सुइँले छुट्याइएको विन्दु जस्तै समय बिग्रदो थियो । सायद घडीको सुइँ तलतिर ६ तिर पुगेर सास नै रोक्ला झैँ थिचिएको जस्तो, पुरानो पुस्ताहरुका लोपसँगै मान्छेको नयाँ पुस्ता हुर्किन थाल्यो । परिवर्तनशील मानिसको जिज्ञासु स्वभावले गर्दा जीवनमा कहिल्यै नदेखिएको अनेकौं क्रियाकलापहरु गर्न थालेँ । मानिसले आफ्नो स्वार्थका लागि सुहाउँदो सहज वातावरण निर्माण गर्दै गर्दा अन्य प्राणीको अस्तित्व खत्तम पार्ने क्रममा लागिपरेका थिए । खेतबारी बाझो हुन थाल्यो, वनजङगल मरुभूमि बन्न थाले । जंगली जनावर, पशुपन्छी र रुखबिरुवाको कारोबार हुन थाले ।
एक रातको कुरा थियो । कोइली जोडा रातको मस्त निद्रामा थियो । एक्कासि गड्यङ्ग आवाजसँगै नाकमा एक प्रकारको गन्ध आउन थाल्यो । बिस्तारै एक कोइलीले आँखा खोल्दा मान्छेको हल्ला,यताउता उज्यालो छरेको देखेर उनी झस्किन् । उज्यालो सुखको पर्यावाची हो तर आजको त्यो उज्यालो निकै कष्टकर थियो। हृदय बिझ्ने थियो । आफ्नो नजिकैको जोडा नदेखिएपछि उनी आत्तिदै पल्लो धर्कुला वनमा गए । अर्को वनमा गएपछि ऊ त्रासमा बाँचिरह्यो । उसलाई लागेको थियो, भाले कोइली मर्यो, कसैले मार्यो त्यसैले आकुलव्याकुल भएको थियो । शिशिरको सिरेटोले चिसिएको मन आँसुले झनै चिस्याएको थियो । अनिदो रहदैँ त्यो रात आँसुको तलाउमा डुबेर बित्यो ।
बिहानको न्यानो घामको किरणले स्पर्श गर्दै उनी थाहै नपाई निदाएछिन् । उता भाग्यबस् भुइँमा झरेर पनि बाँचेका भाले कोइली नाङ्गे वनमा बिहानै गहभरि आँसु पार्दै वियोगमा रोइरहेका थिए । भुइँभरि पखेटा नै पखेटा रगत रगत लत्पत्तिएको देखेर उ रनभुल्ल भए । गहभरि आँसु पार्दै अब यो वन मैले छोड्नुपर्छ भोलि ती दुष्टहरु पक्कै आउनेछन् भन्ने उसलाई लाग्यो तर सास रहुन्जेल आश हुन्छ भने झैँ एउटा झिनो सम्भावनाले उसलाई रोक्यो । यहाँ कोइलीको जस्तो प्वाँख झरेको देखिएन, झरेको थियो त कालिज र ढुकुरका प्वाँख र रक्तहरु, पोथी कोइली यताकतै हुनुपर्छ भन्ने सोचेर दिनभर पर्खिरह्यो । पर्खिदा पर्खिदा साँझ पर्यो अर उनी आइनन् त्यसैले निरास भएर अर्को जङ्गल जाने योजना बनाए ।
केहि बेरमै वियोगको गीत निकाल्दै कोइली आइन् । कोइलीको आगमनले भाले भावविह्वल भयो । वर्षौ नपाएको कुरा पाए जस्तो, वर्षौ कुरेको मानिस भेटे जस्तो, बेस्सरी अङ्कमाल गर्यो उसले । दुवै जना बेस्सरी रोए निकै भावुक भए । दुवैले वृतान्त सुनाए त्यस दिन ५ कालिज र ६ ढुकुरको सिकार गरेको रहेछ भन्ने कुरा पल्लो वनमा गएकी पोथीले थाहा पाइन् । पल्लो वनका सबैले अब बिस्तारै त्यो जङ्गल छोड्ने भन्ने सूचना पनि पायो । पोथीले फेरि थप्यो अब हामी किसानको खेतबारीमा खान कहिल्यै जाने छैनौँ ।
भालेले आश्चर्य मान्दै सोध्यो किन ? पोथीले भनिन्, मैले पल्लो वनमा गएर धेरै कुराहरु पत्ता लगाएँ । हिजोआज हाम्रो गाउँका जनावर र हाम्रो साथीहरू कम हुँदै जानुका कारण तिनै मान्छे रहेछन् । हिजो एक हुल परेवा किसानको खेतमा चर्न जाँदा दुष्ट किसानले राखेको विषमा परेर सबैको मरण भएछ त्यसैले हामी अब किसानको खेतबारीमा जान हुन्न । साँझ पर्यो अर्को वनमा जान समय थिएन । त्यसैले सानो झाडीमा बस्ने निधो गरे । अघिल्लो रातको घटनाले उनीहरुनलाई तर्साइ रह्यो । रातभर अनिँदो रहदा त्यस रात कुनै शत्रु आएन । जसोतसो रात बित्यो अब कुन जङ्गल जाने ? कहाँ घर बनाउने भन्ने कुराले पिरोल्न थाले उनीहरुलाई । योजना बन्यो अब हामी पनि हाँगामा गुँड नबनाएर कुनै चराको सहयोग मागेर रुखमा खोपो बनाएर बस्नुपर्छ अनि मात्र जोगिन्छ भन्ने सोचेर अर्को चरालाई डाक्यो र धर्कुलो वनमा उनीहरुको नयाँ घर बन्यो । खोपोमा मानिसको डर हुदैनथ्यो डर डर सर्पको मात्र हुन्थ्यो तर सर्प त्यस ठाउँमा त्यति धेरै नपाउने हुनाले उनीहरु बढीभन्दा बढी ढुक्क थियो । कोइलीका योजना अनुरुप गुँडले अलि बढी सुरक्षित भएको हुँदा सबै पन्छीहरुले सोही अनुरुपको खोपोमा गुँड बनाउन थालिसकेका थिए । यसरी एउटा त्रासमय जीवनबाट तिनीहरुको जीवन फेरि सामान्यतर्फ ढल्किदै थियो ।
जाडो महिना सकिसकेका थिए । गर्मी महिनाहरु आउदै थियो। हामी चरालाई जाडो गर्मीले धेरै अर्थ राख्दा छ । जाडोमा उड्न गाह्रो हुन्छ हातखुट्टा दुख्छ, गर्मीमा सजिलो हुन्छ आनन्द हुन्छ, खानेकुरा खोज्न सजिलो हुन्छ । हामी त वसन्त छाएकोमा खुसी हुन्थ्यौ, त्योभन्दा बढी बिरुवाहरुमा पालुवा लागेर हरियो बनेकोमा, वनपाखा फूलले शृङ्गारिएको, त्यहीँ बगैंचामा नाच्दै, रमाउदै फूलको रस खानेमा रमाउथ्यौँ । वसन्त हावाहुरीसँगै एउटा तातो मरुभूमि लिएर आएको थियो । सूर्यको किरणले समेत डढेलो ल्याउन सक्थ्यो । वसन्त हावाहुरीसँगै एउटा तातो मरुभूमि लिएर आएको थियो ।
वातावरण उल्लासमय बन्नको साटो उजाड उजाड भएको थियो । जाने कतै ठाउँ छैन । जताततै धुलो, धुवाँ, तुवाँलोले ढाकेको जसले गर्दा सम्पूर्ण प्राणी जगतमा एउटा कठिनाइ ल्याएको थियो ।
समय वैशाख महिनाको थिये । जताततै प्रचण्ड गर्मी थियो । सबै प्राणीहरुलाई आवातजावत गर्न कठिन भइरहेका थिए । ठुला ठुला पानीका मूल समेत सुकेका थिए । भएको पानीको मुलमा मानिसले लगाएको बार, संरचनाले गर्दा पानीको लागि मानिसको बस्तीमा मात्र नभएर जङ्गलभरि पानीको हाहाकारको अवस्थामा थियो । त्यसै समयमा कुलोमा पानी हेर्न, गर्मीले व्याकुल भएका जनावर, पन्छीहरु भेटिन्छन् भनेर जङ्गलमा सिकारीको उपस्तिथि बाक्लो देखिन्थ्यो । एक दिनको कुरा हो । हातमा, आरा, बन्दुक भिरेका एक हुल मानिस धर्कुलो वनमा घण्टौ कुरा गरेर बसे । त्यसको केही दिनमै हाम्रो सुन्दर बस्ती कुरुप, तहसनहस गर्न राक्षस बनेर आए तिनीहरु । ठुलठुला रुखहर सबै काटियो । भाग्यबस् हामी बस्ने रुख काटिएन । यसको नि आयु कति नै होला र भन्ने कुराले हामीलाई सताइरह्यो । ठुला ठुला काठ मान्छेले लग्यो। त्यो हाम्रो लागि एउटा काठ, रूख मात्र थिएन । एउटा बाँच्ने आधार थियो । बास, गाँस कपास र एउटा सुनौलो संसार थियो । रुखहरु थिएन, झाडीहरु मात्र यहाँ कसरी बस्ने ? यस्तै चिन्ताले सबैलाई सताएका थिए ।
जङ्गलमा तरंग आयो, त्रास आयो । त्यसलगत्तै साथीहरूले पनि अन्य ठाउँमा बसाइँसरी गइसकेको थियो । ती एक जोडा कोइलीका भने वनप्रति घनिष्ठ प्रेम थियो त्यो वनसँग । सजिलै त्याग्न गारो लागिरहेको थिए । हिजोसम्म पल्लो वल्लो गर्ने रुख आज छैन । साथीहरू छैन । यो कस्तो प्रेम जसले तानिरहन्छ जहाँ कुनै भविष्य छैन । फेरि सोच्छ कहाँ सबै भविष्यमा बाँचिन्छ, बाँच्नु त वर्तमानसँग बाँच्नुपर्छ । मान्छेको अत्यचारले कुनै सुन्दर उद्यान जस्तो जङ्गल मरुभूमिमा परिणत हुँदै थियो । पन्छीहरु खेतबारीमा जान छोडी सकेका थिए । किसानहरु किरा नियन्त्रण गर्न विषयमा हैरान भएको थियो । ईश्वरको कृपाले जति लेखेका हुन्छ उत्ती नै पाइन्छ । हिजो मान्छेले प्रयोग गरेको रासायनिक विषले मरेका किरा खानाले निर्दोष चराहरुले माटो खाए रे, यी कुराहरूलए उनीहरुलाई झन् त्रसित बनाए । भावनाले जीवन चल्दैन भनेर उनीहरुले पनि धर्कुला वन छोडेर रानीवनमा बसाइँ सरे ।
उनीहरुको खानाको एक बाटो बन्द भइसकेको थियो । खेतबारी जान हुन्न त्यहाँ गएर केही खाएमा आफूहरु पनि मरिनेछ भन्नेले मान्छेको बालिनालीमा जान छाडेका छन् । वातावरण उल्लासमय बन्नको साटो उजाड उजाड भएको थियो । जाने कतै ठाउँ छैन । जताततै धुलो,धुवाँ,तुवाँलोले ढाकेको जसले गर्दा सम्पूर्ण प्राणी जगतमा स्वासप्रस्वास सम्बन्धि रोग ल्याएको थियो । बिहान चिसो दिउँसोको मरुभूमि र बेलुकाको अत्यधिक हावाको चापले घरका छानाहरु उडाइरहेको, कमजोर हाँगा, रुखहरु गर्लम्म ढलिरहेको यस्तैमा बितिरहेको थियो दिनहरु । छिनमै के हुने हो भन्ने पत्तै थिएन ।
यस्तैमा मनमा अनेकौं कुराहरु खेलिरहदा माथिबाट एक हुल गौथली उडेको देखेँ । साथीहरुसँग नभेटेको नबोलेको धेरै भइसकेको थियो । त्यसैले हामीपनि उड्यौँ सँगसँगै केही पर पुगेपछि भेट्टाए । मैले भने कता जाँदै छौ ? हुलको एक गौथलीले भने हामी यसो हावा खाना हिडेको । उनको कुरा सुनेर मलाई उनीहरुको जिन्दगी कस्तो राम्रो झैँ लाग्यो र फेरि भनेँ, “कस्तो राम्रो छ है तिमीहरुको जीवन सर्वश्रेष्ठ प्राणीको गृहमा गुँडा बनाउछौ, खाना पनि त्यहीँ भित्र पाउछौ होला, कुनै झरी, हुरिको पिर नहुने कस्तो राम्रो जीवन, हामी त सधैं पिरमै रहनुपर्ने झरीमा, हुरीमा, चिसोमा, तातोमा उस्तै बेर्थको जीवन छ भनेर गुनासो जस्तो पोख्यो । कोइलीको कुरा सुनेर उड्दै गरेको एक गौथलीले लामो स्वास तान्दै भने “हामीलाई त्यस्तै लाग्छ हामी किन जङ्गलमा बस्ने जातमा परेनौ ? अरुकै निवासमा किन घर बनाएर बस्नुपर्छ ? यस्तै कुराले सताउँछ, उसले थप्दै गयो । हेर्दा अरुले बनाइदिएको घरमा बसे जस्तो देख्छ, दुखसुखले महिनौ दिन लगाएर बनाएको घर कहिले पापी मान्छेले भत्काउँछ । मान्छे रिसाउँछ, रातोरातो आँखा पार्छ । कहिलेकाहीँ दिनभर झ्यालढोका थुनिएर भोकै बनाउँछ । कहिलेकाहीँको घरभित्रको खार,धुवाँले जिउँदै मार्छ । हाम्रो त कहिलेकाहीँ सन्तान नै बिरालो जस्तो शत्रुले खाइदिन्छ अब बुझ हामी खुसी छौँ कि दुखी ?“ आँखाभरि अश्रु पार्दै भन्यो । गौथलीको कुराले तिनीहरु भक्कानिए र यस्तै कुरा गर्दै बेलुका आ–आफ्नो बासस्थानमा फर्के । अब त सिकारीको डर थिएन । उनीहरुलाई किनभने उनीहरु नयाँ वनमा थिए । रुख, वनको सौन्दर्य, पन्छीहरुको समाज थियो । समय बित्दै जेठ आयो। गर्मीले काकाकुल कराउथे । सबै घामले छल्ने ठाउँमामा लागिरहेको थियो ।
कोइलीले पनि नाग्ङे वन छोडी सकेको थियो । अहिले त नाङ्गे वन होइन मरुभूमि बनेको छ । वनमा कयौं किरा मर्यो रे, कयौंको जीवन खत्तम भयो रे, कसले के पाप गरेको थियो ? किन लगायो डढेलो, यस्तै भन्दै फतफताउँदै थिई जोडा कोइली । बोटहरु पनि सुक्दै छ । कुनै बोटमा दाना छैन अब के खेल्ने ? के खाने ? यस्तै मान्छेको बढ्दो आक्रमणले वनसँगै जंगलीय प्राणीहरुको अस्तित्व मेटिँदै थियो । कस्तो पापीहरु कस्तो अधर्मी किन सबै उनीहरुलाई नै चाहिने ? के उनीहरु हामी बिना, वन बिना एक्लै बाँच्न सक्छन् किन नबुझेको यिनिहरुले यस्तै सोच्थे तिनीहरु। जेठको महिना सबैतिर धुलो,धुवाँ,तुवाँलोले ग्रस्त थियो । पानीको मूलहरु सुकिरहेको, हिमाल पग्लिरहेको पात, पतिङ्गर सुकेको तातो हावाले सबैलाई त्रसित बनाएको थियो । सधै झैँ एक दिन उनीहरु एक दिन आहारको लागि बाहिर निस्केका थिए । रुखहरु भुइँमा ढलेको जताततै पात पतिङ्गर मान्छेहरु बँदेल, मृग खोज्न दौडिरहेको थिए । त्यसैमा एक मान्छे सालको सुकेको पातमा चिप्लिएर लड्यो । काँडाले उसको हातमुख सबै चिथोरिएको थियो । यो हेरेर रुखमा रहेका चराहरु खुसी मान्दै थिए । अरुलाई मार्न आएको थियो, पापले आफैं धन्नै मरेको यस्तै कुरा गर्दै थिए कोइली जोडी । बिस्तारै कोइलीको कुहुकुहु सुनेर मानिस ठुला ठुला आँखा पारेर मस्थिरै हेर्दै बन्दुक ताक्न खोज्दै गर्दा तिनीहरु त्यहाँबाट भुर्र उडे । त्यसदिन त्यसरी नै बित्यो ।
अर्को दिन बिहानदेखि आकाश डुम्म थियो । प्रकृति रिसाएको जस्तो हाँस्न नसकेको जस्तो, रुन नसकेको जस्तो पहाडका माटोले हावा खोजिरहेको थियो । कुनै रौँ समेत हल्लिने हावा चलेको थिएन । मानिसहरूको आवातजावत भइरहने सायद यस समय नै मान्छेको समय हो । उनीहरुको घर एउटा सिमलको बोटमा प्वाल पारेर बनाएको थियो । समय बित्दै गर्दा कोइलीको परिवारमा आठ जना भइसकेको थिए । उनीहरुको जीवनमा खुसीले साथ दिएको थिए, जसरी पहाडलाई हिउँले साथ दिन्छ । समय असारको मध्ये असारमा समेत पानी पर्न नसकेकाले पृथ्वी मरुभूमिमा परिणत हुँदै थियो ।
एक दिनको कुरा थियो । पोथी आफ्नो गुँडामा बसेर छ बच्चाहरुको स्याहारसुसार गर्न बसेका थिए भने भाले आहारको लागि बाहिर गएका थिए । त्यस दिन पनि एक हुल मानिस जङ्गलमा हिडिरहेका थिए । घाम नै पृथ्वीमा खसे जत्तिकै गर्मी थियो । बेलुकाको समय थियो । तलतिर एक प्रकारको गन्ध तथा धुवाँहरु उडिरहेका जस्तो देखिन्थ्यो । बाहिर गएर हेर्दा वनमा आगो लागेछ । जब वन उज्यालो देखिन थाल्यो तब मन अँध्यारो हुन थाल्यो । पापी मान्छेले आगो लगाएछ अब के गर्ने ? बिस्तारै आगोले पेट्रोल पाए झैँ हुरि पाउनसाथ आगो बेस्सरी फैलियो । त्यतिकैमा चुच्चोमा आहार ल्याएर आएको भाले आत्तिँदै आइपुग्यो । आगो नजिकै आइपुगेको थियो । जीवनको दोसाँधमा थिए । आफू बाँचेर जाने कि अरुसंगै मर्ने ? कहाँ सजिलो छ र निर्णयको लागि, आगोबाट बच्ने सम्भावना थोरै थियो, जतिसक्छ त्यति नै गर भन्ने लागेर भालेले पहिलो एउटा बच्चा चुच्चोमा च्याप्दै गुँडाबाट निस्कन के खोज्दै थियो छिनमै तातो हावाले पखेटा सबै जलाएर भुइँमा बजारिन पुग्यो र पलमै खरानी भयो । त्यो अवस्था देखेरप्वालको छेउमै रहेको पोथी पनि आत्तिएर आगोको मुस्लोमा झर्यो । यसरी साना लालाबालासहित एक परिवार कहालीलाग्दो पाराले खरानी हुन् पुग्यो । एक परिवार छिनमै चिहान् भयो । वन डड्यो कोइलीको परिवार डड्यो होइन पक्कै होइन यहाँ कोइलीका मात्र डडेन लाखौं प्राणी डड्यो लाखौं वनस्पति डड्यो ।
कस्तो विडम्बना ! नफुल्दै झर्नुपर्ने, कसैको पापले कसैले खुसी भन्ने अनुभव गर्न नपाउने । बिस्तारै सबै खरानी भयो । सिकारीहरु खुसी थिए । बल्ल हिड्न सजिलो हुने भयो । पल्लो कुनाबाट पल्लो कुनाको सिकार देख्ने भए, यो मात्र होइन डढेलोले घाइते भएको जनावर खान पाउने भयो । त्यसैले उनीहरु कालो जङ्गलमा एउटा एउटा घाइते, मृत्यु शरीरको खोजीमा थिए । साना चरापंछीले ऐया आत्थासम्म भन्न पाएनन् । बिस्तारै जलेका जनावर घिस्रिँदै, गनाउँदै निस्किने थाले । मानिस त्यसलाई अवसर सम्झेर भाला, बन्दुक बोकेर खुसियाली मनाउँदै थिए । जो कसैको मृत्युमा पनि भविष्य देख्छ, परिवार देख्छ, एउटा सार्थक जीवन देख्छ । यो कस्तो मानव आफ्नो स्वार्थकै लागि सबै गर्न सक्छन् भनेरै यिनलाई सर्वश्रेष्ठ मानेको हुन् कि पृथ्वीको अस्तित्व मेटाउन सफल भूमिका खेल्ने क्रममा रहेकाले ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)