‘बा’ भनेको सुन्दा अझै ‘तरुनो’ रहेछु भन्ने लाग्यो
टिपोट
प्रकाशप्रसाद उपाध्याय
मनले घचघच्याएदेखि लेख्नको निम्ति कुनै विषयको चिन्तन गरिरहेको थिएँ । बाल्यावस्थादेखि नै सुन्दै आएको कुरो हो । ‘तँ चिता म पु¥याउँछु’ भन्ने कुरा । यसो हुँदा चिन्तनशील भएको थिएँ । तर निष्क्रिय भई छेउमा बसेको मोबाइलको आलोकित पर्दाले मेरो ध्यान भंग ग¥यो । यसो हेरें । मेसेन्जरमार्फत एउटा सन्देश आएको बुझियो । एप खोलेर हेरें । एकजना मित्रको तर्फबाट एउटा उत्सवमा सरिक हुनको निम्ति निम्तो पठाइएको रहेछ । साथीेले निम्तोमार्पmत सम्झेको ठान्दा खुसी लाग्यो ।
नेपालको थेरवादी बुद्धशासनमा महत्वपूर्ण योगदान दिनुभएकी र स्वदेश तथा विदेशमा उच्च ख्याति प्राप्त गर्न सफल हुनुभएकी ९१ वर्षीया अनागरिका श्रद्धेय धम्मवती गुरुमाँको सम्मानमा आयोजना हुने भएको समारोहमा उपस्थित हुनको लागि आग्रह गरिएको पाएँ । असाधारण क्षमता भएकी वीर नारी धम्मवती गुरुमाँ बुद्धशासनमा प्रवर्जित भएको ७५ वर्ष पूरा भएर ७६ वर्ष लाग्नुभएको रहेछ ।
म बौद्ध धर्मालम्बी नभए पनि कता कता भगवान् बुद्धका तीन सूत्रबाट प्रभावित भएर होला गुरुमाँको दर्शन गर्ने चाहना उत्पन्न भयो । हुन पनि धेरै दिनपछि यसकिसिमको कुनै उत्सवमा सरिक हुने अवसर जुरेको थियो । मन प्रसन्न भयो । बेला–बेलामा विचलित हुने मेरो मनलाई ती सूत्रहरू– बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि, संघम् शरणम गच्छामि– को वाचनले सदैव शान्ति प्रदान गर्ने गरेको अनभव गर्ने गरेको हुँदा त्यस उत्सवमा उपस्थित हुने फैसला गरें र भगवान् बुद्धप्रतिको आस्था र श्रद्धेय धम्मवती गुरुमाँप्रति उत्पन्न श्रद्धाका कारण निश्चित मितिमा सभागारमा पुगें ।
प्रज्ञा प्रतिष्ठानकोे सभागारभित्रका कुर्सीहरू भक्तजन, श्रद्धालु, श्रोता एवम् दर्शकहरूका उपस्थितिले गर्दा खचाखच भरिएका थिए । कतै खुट्टा टेक्ने ठाउँ नहुँदा केही कुर्सी सभाकक्ष पस्ने बाटो (गल्ली) मा पनि राखिएका थिए । ती कुर्सी पनि टनाटन । केही बेर उभिएँ । पत्रकार मित्र कुमारको नजर प¥यो । उनले समाउँदै भित्र लैजान खोजे । एउटा कुर्सी खाली रहेछ । मलाई समाउँदै लगिरहेको देखेर एकजना युवतीले मलाई अशक्त व्यक्ति ठानेर होला बसेको कुर्सीबाट उठ्दै ‘याँ बस्नोस बा’ भनिन् । साथीले उता पनि कुर्सी खाली छ भन्ने सङ्केत गरे । युवतीको शिष्टाचार मन प-यो । तर बाजे भन्नुपर्ने ठाउँमा ‘बा’ भनेको सुन्दा पनि अझै ‘तरुनो’ रहेको बोध भयो । मुसुक्क हाँस्दै र धन्यवाद भन्दै खाली कुर्सीपट्टि लम्कें ।
प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा अनेकपल्ट उपस्थित हुने अवसर पाएको भए पनि यसपालि सभाकक्ष यसरी भरिभराव भएको र सबैजनाले शान्तचित्त र ध्यानपूर्वक सम्माननीय वक्ताहरूका कुरा सुनिरहेको देख्न पाउँदा श्रोताहरूमा धर्म र गुरुमाँप्रति विद्यमान असीम श्रद्धा र भक्तिभावको आभास भएर आयो । कार्यक्रमको अन्त्यतिर अनेक व्यक्ति सम्मानपत्र, मायाको चिनो र पदकहरूबाट विभूषित हुनुभयो । जीवनको उत्तराद्र्धतिर यस किसिमको धार्मिक समारोहमा उपस्थित हुन पाउँदा रमाइलो लाग्यो ।
कार्यक्रम सकियो । निस्कने बेलामा एउटा पत्रिका र प्याकेट पाइयो । झन् रमाइलो लाग्यो । प्याकेट भित्रको वस्तुले खाजाको काम ग¥यो भने शीतल पेयको पोकोले शुष्क घाँटीलाई शीतलता प्रदान ग¥यो । प्रसन्न मन लिँदै बसबिसौनीतिर लागें । घर फर्केपछि चञ्चल मनले अन्त कतै नडो¥याओस् भनी यो टिपोट तयार पार्न बसिहालें ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)