मान्छे झुक्याउने शहर

खुस्बु
नाम परिवर्तन

झिलिमिली शहर भित्र बत्तिको उज्यालो नदेखेर आफ्नो सपनालाई विट मान्परेका थुप्रै कथाहरु जस्तै भए मेरा सपनाहरु । सपनाको शहर अनि मैले भोगेको विपनाको शहर आकाश पातलको फरक थियो । साथिहरुले भनेको अहिले पनि सम्झना छ । “तिमि जस्ती राम्री भएको भए म त मोडल भएर कहाँ पुगिसक्थे । अनि फिलिम खेलेर कति पैशा कमाउंथे ।”

सबैले त्यस्तो भनिरहदा म पनि यस्तै सपना देख्दै गएछु । एकदिन धेरै माथि पुग्छु । आमा बुवालाई पुग्ने गरि सुख दिन्छु भनेर काठमान्डौ शहर आएं । मोडल हुने भुत चढ्दै गएपछि मैले मेरो पढाई छोडिदिएं । अनि काठमान्डौ आउने योजना सगै मेरो सपनाको रहरहरु पनि बढ्दै गए । आज नि याद छ मलाई म कोटेश्वर झर्दा मेरो दिदिले लिन गएको अनि काठमान्डौको बारेमा परिचय गराउंदै बाटो काटेको । सबै कुरा याद नभएपनि बुझेको भाव दिदै दिदिको कोठामा गएं । मेरो दिदि डान्सबारमा काम गर्नुहुने रहेछ । त्यो पनि मैले उहाँसंग बसेपछि मात्र थाहा पाएं ।

दिदिलाई मैले मोडल हुने कुरा भनिरहन्थे । दिदिले सोधेपनि । “दिदि तालिम लिनु पर्छ कि पर्दैन? मोडल बन्न तालिम लिने कहाँ हुन्छ त्यस्तो ठाउं।” दिदिको उत्तर आयो । “खोई मलाई पनि के थाहा हुनु । रात भरि काम गरेर दिन भरि सु्त्छु । बरु डान्सबारको साहु दाईलाई सोधेर भन्छु ।” दिदीले त्यति भन्दा पी खुशी भएं । यो अन्जान शहरमा मेरो कोहि थिएन ।

दिदिलाई फेरि अर्को दिन सोधें “ मेरो मोडलको तालिमको लागि बुझ्नु भयो ।’ दिदिले उत्तर दिनुभयो “दाईले भोलि भेटाईदिने कुरा गर्नु भएको छ । यो नम्बरमा फोन गर्नु ।” दिदि त्यति भनेर सुत्नु भयो । भोलि कतिखेर होला र फोन गरौला भन्ने भयो ।

विहान उठेर घडि हेरेको विहानको ८ बजेको रहेछ । दिदिले दिएको नम्बरमा फोन गरे । “दाई म खुशिको बहिनि । दिदिले तपाईको नम्बर दिनु भएको थियो । मलाई मोडल बन्ने रहर छ । हजुरहरुलाई यस्तो तालिमको बारेमा केहि थाहा छ?” मैले एकै श्वासमा भटाभट सोध्ने कुरा सकें । त्यसरी नचिनेको मान्छे सग पहिलो पटक कुरा गरेको भएर होला मनमा कता कता डर पनि लागिरहेको छ । दाईले उताबाट बोल्नुभयो “हाम्रो पनि थुप्रै त्यस्तो तालिम दिने ठाउं छ । मेरो साथि पनि फिलिम र म्युजिक भिडियो बनाउंछ । म मद्धत गरीहाल्छु नि ।” दाईले पनि मेरै तरीकाले भटटटट उत्तर दिंदै गए । उनि थप्दै गए “त्यो भन्दा पहिले तिमिलाई भेटेर तिमि मोडल बन्नको लागि कस्तो छौ हेर्नु पर्छ । त्यसपछि तिमिलाई म त्यो अफिस पुरयाईदिन्छु ।” मलाई अब पक्कै मोडेले बनिएला जस्तो लाग्न थाल्यो । अनि दाईलाई त्यहि दिनमा भेट्नको लागि तयार भएं ।

त्यहि दिनमा सामाखुशिमा २ बजे भेट्ने कुरा तय भयो । दिदिलाई पनि त्यो कुरा सुनाएं । भेटेर कुरा गर । जे भन्यो त्यो नमान्नु नि फेरि भन्दै दिदीले सम्झाउनुभयो । फोनमा कुरा गरे अनुसार म ठिक २ बजे सामाखुशिमा पुगें । त्यो दाई मैले भनेको ठाँउमा लिन आए । उसले बाईकमा बस्न अनुरोध गरे । अप्ठेरो मानि मानि बल्ल तल्ल म उसको बाईकमा बसे । म काठमान्डौ धेरै नघुमेको कारण ठाउहरु थाहा पाउन सकिन । भित्र भित्र गल्ली कता बाट कता निस्कियो थाहा पाउन सकिन् । त्यसपछि बोर्डमा ठमेल लेखेको देखेर तर्सिएं । “दाई हामि कहाँ जान लागेको ।” डर लागेपछि सोधें । “ यहि हो र अव आयो ।” दाईले आश्वासन दिए । मनमा धेरै शंका उपशंका उब्जिएको थियो भने डरले मुटु भरीएको थियो ।

यहा माथि अफिस छ भनेर देखाउंदै उनले एउटा घरको माथि लिएर गए । त्यहाँ त होटेल पो रहेछ । “यो मेरो साथिको होटेल हो । यहि बसेर कुरा गरौँ । दाइले भन्न थाले । म एकदम डराईरहेको थिएं । जिउ कापि रहेको थियो । “अव कहाँ जाने के गर्ने म किन यति धेरै विश्वास गरेर आएको होला । मेरो मोडल बन्ने सपनाले मलाई कतै यहिं फंसाउने त होईन ।”यस्तै सोच्दै थिएं । त्यो दाईले रुम भित्र जाउं भनेर मलाई आग्रह गर्र्यो । त्यसपछि मनमा डर हुंदा हुदै पनि कुनै विकल्प थिएन् । मैले दिदिलाई फोन गर्न पनि सकिन । डरका पाईला सार्दै रुम भित्र गएं । रुम भित्र गएपछि ति दाई बोल्न थाले “ तिमि मोडेल बन्न त राम्रो रहेछ । तिम्रो हाईट पनि छ । तर तिम्लाई राम्रो सगं हेर्नुपर्छ ।” उनका आंखा मेरा शरीरमै केन्द्रित थिए । “तपाई के भन्दै हुनु हुन्छ । मलाई अघिको ठाउँमा छोड्दिनु।” म राीसाउंदै बोलें । “तिमि मोडेल यतिकै बन्न पाउछौ? हामिहरु सगं दुई चार रात विताउनु पर्छ अनि दुई तिन लाख तिर्नु पर्छ । त्यसपछि सजिलै अफर आउंछ “ यसो भन्दै उ मेरो हात समाउंदै मेरो नजिक आयो ।

“दाई मलाई केहि नगर्नुस् । दाई प्लिज । मलाई छोड्नु ।” म डराएर चिच्याउन लागें । उस्ले चुप लागेर बस भनेर मलाई आफ्नो ईच्छा अनुसार लुटयो । मैले कति छुट्न कोशिस गरें तर मेरो केहि लागेन । उस्ले मेरो मुख पनि थुनिदियो । मेरो शरिरका हरेक अंगमा रजाई गरिरह्यो ।

यो झिलिमिलि शहरको मेरो सपना क्षणभरमै खरानि भयो । आफ्नै सपनाले मलाई लुटुयो । त्यसपनि मलाई त्यो मान्छेले गाडि चढेर जानु भनेर १०० रुपैया त्यहि छोडेर कता गयो केहि थाहा पाउन सकिन् । म धेरै बेर रोएर बसे त्यसपछि यो होटेल हो । यहाँ मलाई फेरि अरु कसैले लटुन सक्छ भनेर म बाहिर निस्किएर कोठामा आएं ।

यो शहर हो । बाँच्नको लागि केहि गर्नैपर्छ भनेर धेर्े काम खोजें । तर काम नपाएपछि म पनि फेरि डान्सबारमा कामगर्न थालें । त्यहाँको माहोलमा हराउन थालें । बिस्तारै नसामा डुब्न थाले । मेरा जस्तो कथा भएको थुप्रै साथि भेट भए । त्यो माहोलमा हराउदा हराउदै थिएं धेरै समय डान्सबारमा काम गरिरहेको थिए । केहि अवसर पाए त काम छोड्थे भन्ने लागिरहेको थियो । त्यहि समयमा बेला बेला सस्थाबाट आउने दिदिको माध्यबाट मैले काम छोडेर रोकिएको पढाईलाई निरन्तरता दिएर एस ई ई सकेर अहिले फेशन डिजाईन सिक्दै छु ।

काठ्माण्डौ सांच्चै नै हामी जस्ता सोझा छोरीहरुलाई झुक्याउने सहर रहेछ । र हामी जस्ता जो कोहि छोरीहरु पनि काठ्माण्डौ आउंनुभन्दा अगाडि धेरै नै कुराहरु सोचविचार गर्नु पर्ने रहेछ । हैन भने म जस्ता धेरै दिदीबहिनीहरुको सपनाहरु क्षणभरमै लुटिन बेर नलाग्ने रहेछ । त्यसेैले आफु जाने ठाउं, आफुले गर्ने कामको बारेमा प्रष्ट भएरर मात्र काठ्माण्डौ आउं । सवैको विश्वास नगरी हालौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button