किशोरी सशक्तिकरणमा शिक्षाको महत्व

रोसनी रावल

किशोरी सशक्तिकरणको सवालमा जति आर्थिक सशक्तिकरण, सामााजिक समानता, जातिय तथा लैगिक समानता हुन जरुरी छ त्यतिकै शिक्षाको पनि महत्व रहेको छ । त्यसैले हरेक बालबालिका तथा किशोरीहरुको शिक्षामा पहुँचको लागि सरकारले कानुनी रुपमै बालबालिका लक्षित गरी आवश्यक निति पनि बनाएको छ र समय समयमा परिमार्जन पनि गर्दै आइरहेको छ ।

कानुनी प्रावधानको कुरा गर्ने हो भने अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७, ले माध्यामिक तहसम्मको शिक्षामा लाग्ने विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परिक्षा शुल्क, पाठ्यपुस्तक वापत लाग्ने कुनै पनि शुल्क लिन नपाइएने व्यवस्था गरेको छ ।

त्यस्तैगरी स्थानिय तहले सावजनीक विद्यालयमा अध्ययनरत जनआन्दोल, सशस्त्र, सघर्ष, कान्तिका क्रममा जिवन गुमाएका शहिदका छोराछोरी, बेपत्ता परिएका व्यक्तिका छोराछोरी तथा अपांगता भएका व्यक्तिका छोराछोरीलाई आधारभुत तहसम्मको शिक्षामा दिवा खाजा, पोशाक तथा स्टेशनरी सबै नै निशुल्क गरिएको छ ।

नियमावाली २०७७ को परिच्छेद ४ मा वैकल्पिक शिक्षा, अनौपचारिक तथा खुला शिक्षाको समते व्यवस्था गरिएको छ । अझै भन्नुपर्दा शिक्षा नियमावली २०७९ ले त शिक्षामा पहुँच सम्बन्धी सानो भन्दा सानो कुरालाई समेटको पाइन्छ ।

नेपालको कानुनमा यति धेरै व्यवस्था हुदाहुदै पनि किशोरीहरुमा पढ्ने इच्छाशक्ति हुदाहुदैपनि भौगोलिक विकटता, आर्थिक–तथा जातीय भिन्नताहरु, सामाजिक बहिष्करण, अपांगता, बसाईसराई, लैंगिक भेदभाव, पारिवारिक विखण्डन, बालश्रम, घरेलुहिंसा, कुटपिट आदिका कारण नियमित विद्यालय जानबाट बञ्चित हुने तथा पढाई बिच्चैमा छोड्न बाध्य छन । जसले गर्दा बालविवाह, घरेलु हिंसा, मानवबेचविखनको सिकार हुने जोखिम पनि उत्तिकै रहेको पाइन्छ ।

यसका साथै महिला सशक्तिकरण र आत्मबलको विकास नहुनु, निर्णायक भुमिकामा पछाडि पर्नु, अवसर र श्रोतको पहिचान गर्ने जस्ता कुराबाट बञ्चित हुन्छन् । परिणाम स्वरुप राजनितिक सहभागिता, तथा आर्थिक शसक्तिकरणका क्षेत्रमा पछाडि पर्ने र समग्रमा देश विकासमा समेत पनि असर पर्दछ ।

१९ वर्षिया मनिता राई (नाम परिवर्तन) ले आफ्नो घरको आर्थिक अवस्था र परिवारमा हुने झै झगडाको कारण कक्षा ४ मा पढ्दा पढ्दै बिच्चैमा पढाई छोड्नुपर्यो । उनको आमा र बुबा दुवैजनाको दोस्रो विवाह थियो । दुई परिवारबाट ५ जना छोरी र १ भाई छन । उनको घरमा कोहि पनि स्कुल गएका थिएनन । उनको घरमा आमाबुबा दुवैजना पढ्लेख गरेका थिएनन् ।

बुबाआमा दुवैजना सधै रक्सी खाने, झगडा गर्ने गर्थे । बुबाले रक्सीले मातेर घरमा आउदा उनी तथा उनको भाई बहिनीमाथी पनि नराम्रो व्यवहार गर्ने, कुटपिट गर्ने गर्थे । छोरीले पढेर के गर्छन र किन पढ्न पर्यो घरको काम गर भनेर बारम्बार आमाबुबाले भनिरहाँ उनको मन चसक्क हुन्थ्यो । उनी घरदेखि २ घण्टा समय लाग्ने सरकारी स्कुलमा भर्ना त भईन् तर समयमा कहिल्यै स्कुल जान पाउँदिनथिन् । घरको यस्तो वातावरणले उनी स्कुल भ्याएको बेलामा मात्र जाने गर्ने थालिन् । यसरी दैनिक रुपमा स्कुल जान नपाउने र सानै उमेरमा घरको जिम्मेवारी लिनुपर्ने भएको कारण उनलाई मानसिक रुपमा पनि समस्या देखिदै गयो ।

बेला बेला बेहोस हुने, बोल्न मन नलाग्ने, निरास हुने, एक्लै बस्न मन लाग्ने जस्ता समस्या पनि देखिएको थियो । स्कुलमा पढाएको नबुझ्ने, घरमा आएर आफ्नो गृहकार्य गर्न नपाउने, र पढाई छुट्दै गएपछि पढ्न झनै गाह्रो हुदै गएपछि स्कुल छोड्न बाध्य भईन् ।

उनको बाल्यकाल धेरै कष्टकर अवस्थामा बितिरहेको थियो । उनी १४ वर्षको उमेरमा काम गर्ने भनेर दिदीहरुसँग काठमाण्डौं आइन् । उनी सानै उमेरको र पढाई पनि नभएको कारण काठमान्डौमा काम पाउन त्यति सजिलो थिएन । धेरै काम खोज्दा पनि राम्रो काम नपाउने हुनाले उनी बाध्य भएर मनोरञ्जन क्षेत्रमा काम गर्न थालिन् । त्यहाँ उनले धेरै प्रकारको दुव्र्यवहार, यातना सहनु पर्यो । उनको मानसिक स्वास्थ्य पनि झन् झन् बिग्रदै गयो भने हिंसा शोषण दुव्र्यव्हारको सिकार हुनु पर्यो । जसको कारणले उनी मानसिक समस्या भोग्दै आइरहेकी थिइन् । मनोरञ्जन क्षेत्रमा काम गर्दाको समयमा नै उनी छोरी संस्थामा जोडिइन् । छोरी संस्थामा आएपछि उनले निरन्तर रुपमा मनोविमर्श सेवासँगै मनोचिकित्सकलाई जाँच गराउने मौका पाईन् । उनले धेरै समय औषधी पनि सेवन गर्नुपर्ने भयो । मनोविमर्श र औषधिले उनको स्वास्थ्यमा धेरै सुधार आयो । बिस्तार आफु मानसिक रुपमा ठिक हुँदै गएपछि उनले पढाईको महत्व पनि बुझ्दै गईन् । त्यसपछि छोरी संस्थामा नै बसेर महिला विद्यालयमा कक्षा ६ मा भर्ना भई आफ्नो पढाईलाई अगाडि बढाएकी थिईन् । अहिले कक्षा ८ मा पढिरहेकी छिन् । त्यो पनि कक्षामा सबैभन्दा राम्रो नम्बर ल्याएर । पढाईलाई अगाडि बढाईरहँदा उनीले आफुमा आत्मविश्वास बढेको महशुस गर्छिन् । त्यसपछि उनले आफ्नो लागि सुरक्षित, सम्माननित पेसा चयनमा पनि निर्धक्कसाथ लागिन् । पढाईसंगै उनले वेकरीको तालिम पनि लिइन् । अहिले वेकरीमा जागिर गर्देछिन् । अहिले आफुलाई पढाईमा चाहिने आवश्यक खर्च पनि आफै गर्न सक्छिन् । जसरी पनि १२ पास गर्छु भनेर दृष्ढ विश्वासको साथ उनी लागिरहेकी छिन् । हिजोको दिनमा आफ्नो परिवार अशिक्षित भएको कारणले गर्दा आफ्नो पढाई बिच्चैमा छोड्नु पर्दा बारम्बार मर्ने प्रयास गरेकी उनले अहिले हाँसीखुसी आत्मनिर्भरका साथ बाचिरहेकी छिन् ।

मनिताको जस्तो अवस्थामा गुज्रिरहेका हजारौं किशोरी छन् । उनी एउटा पात्र मात्र हुन् । उनको कथाले हजार किशोरीको कथा बोल्ने छ । अहिले पनि स्कुल छोडेका र पढ्ने अवसर नपाएका छोरीहरु मनिताको जस्तो शिक्षाको अवसर पाएका छैनन् ।

पहिलाको तुलनामा धेरै छोरीहरु शिक्षा लिईरहेको छन् । जस्ले शिक्षाको अवसर पाए, त्यो भन्दा पनि शिक्षाबाट बञ्चितहरुको लागि आवाज हो यो । शहरमा उमेर पुगेका किशोरी तथा महिलाहरुलाई पढ्ने अवसर उपलब्ध गराए पनि गाउँघरमा अझै पहुँच पुगेको छैन । सबैका लागि अनिवार्य शिक्षा प्रत्येक घरमा लागु हुनु जरुरी छ । स्थानिय स्तरमा गुणस्तरिय शिक्षासहित महिला स्कुल कुन पनि जरुरी छ । हरेक घरमा पढ्ने अवसर पाएको छ कि छैन, किन स्कुल छोड्ने अवस्थामा पुग्यो भन्ने निगरानी हुुनु जरुरी छ । आर्थिक अभावले कोहि कसैले पनि स्कल जाने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने चाहन्छौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button