होटेलदेखि इटाभट्टासम्म

कमला
नाम परिवर्तन

पितृसतात्मक सोचहरु पालेर बसेको यो समाजमा छोरा नजान्माएसम्म सन्तान जन्माएकै नमानिने रहेछ क्यारे । त्यसैले त होला नि हामी ३ दिदीबहिनी भईसक्दा पनि पनि मेरी आमालाई फेरि गर्भवती हुन र सन्तान बढाउनकै लागि बाध्य पारिएको । चौथो पटकको सुत्केरी ब्यथाले आमाले छोरा त पाईनन् पाईनन् उल्टै आफैंलाई यस संसारबाट गुमाईन् । र, उनको शरीरको अन्तिम अंश स्वरुप एउटी बहिनी हामीलाई छोडेर गईन् । आमा गुमाउँदा म जम्मा ७ बर्षकी थिएँ । आमाले धान्दै आएका घरका जिम्मेवारी, भर्खरै जन्मिएकी बहिनीको स्याहारलगायत परिवारको भार हामीमा नै आईपर्यो ।

बिहानीको उज्यालोले झ्यालको पर्दासम्म छुन नपाउँदै उठेर मेलापात धाउथेँ । घाँसको भारी आँगनीमा बिसाउन नपाउँदै मेरा साना–साना बहिनीहरुले भोक लाग्यो भन्दै रुन थाल्थे । अनि फ्mेरि हतारिदै खाना पकाउनतिर लाग्थेँ । यति गर्दा बिहानको ११ बजिसकेको हुन्थ्यो । यस्तै यस्तै कामको बोझ्mहरुले मैले सानैमा पढाई छोड्न बाध्य भएँ । आमाले सम्हालेका घरका जिम्मेवारीहरु पुरा गर्नु मेरो पढाई र भविष्य भन्दा पनि बढी आवश्यकता बन्यो ।

आमाले छोडेर गएको १ वर्षपछि बाले कान्छी आमा ल्याउनुभयो । आफ्नै आमालाई जिद्धी गरेजस्तो कहाँ हुँदोरहेछ र ? बाले कान्छी आमा ल्याउँदैमा हाम्रो आमाको अभाव पुरा गर्नै सकेन । न त भोक लाग्दा समयमा खान पाईन्थ्यो न त थकाई लाग्दा आराम गर्न नै । बीचमा छोडिएको पढाईले फेरि गति लिने छाँटकाँट नै देखाएन । म झन् झन् कान्छी आमाको कठोर गाली र पिडादायी शब्दहरु दिनहुँ झ्mेल्नुपर्ने बाध्यताको घेराभित्र परेँ । अर्कोतिर बुबाले पनि दिनहुँ रक्सी पिएर आउने अनि गाली र किचकिच गर्ने क्रममा पनि कहिल्यै सुधार भएन ।

म १२ वर्षको हुँदा नै मेरो कान्छी आमा र बुबा हामीबाट छुट्टिएर सदरमुकामतिर बसाई सर्नुभयो । त्यसपछि म अनि मेरो २ जना साना बहिनीहरु मात्र घरमा रह्यौँ । त्यसपछि त अझै धेरै जिम्मेवारी थपियो । बहिनीहरुको पढाई त कहिले पनि सुरु गर्न सकिएन । उनीहरुको पेट भर्न पनि मसँग केहि थिएन । यि सबै कुराहरुलाई थाम्न नसकी म १२ वर्षको उमेरमा नै कामको खोजीमा काठमाडौतिर आएँ । घरै घरले भरिएको यो सहरमा म जस्तो मान्छेको लागि केहि उपयुक्त काम थिएन । मैले सहर आएर दिनभरि मल बोक्ने, धान काट्ने काम गर्न थालेँ । त्यहाँ मलाई दिनभरिको जम्मा २०० रुपियाँ दिन्थे । यहि बीचमा एक जना आमा म कहाँ आएर भन्न थाल्नुभयो, मेरो घरमा सानोतिनो काम सघाइदेऊ, म तिमीलाई पढाउँला । आफ्नै छोरीजस्तै गरी विहेवारी गरीदिउँला । भाग्यले जुराएको अवसर जस्तै ठानी खुशी भएर गएँ । तर त्यहाँ बिहानै उठेर ३ तले घरको पोछा लाउने, खाना पकाएर सबै भाँडाहरु माझ्ने, पुरै घर बढार्ने र लुगा धुने काम गर्न थालेँ । भर्रखर फ्mक्रिदै गरेको कोपिलाजस्तै कलिलो मेरो यो उमेरले यो सबै कामहरु धान्न सकेन ।

त्यसैले त्यहाँबाट फ्mर्केर म फ्mेरि गाउँमै गएँ । गाउँमा गएको केहि दिनमा मलाई बुबाले काम गर्न भनी रसुवा जिल्लाको लाङटाङ भन्ने ठाउँमा पुर्याइदिनु भयो । त्यति बेला म मात्र १३ वर्षकी भएकी थिएँ । लाङटाङको एउटा होटेलमा ८ हजार तलब दिन्छन् भनी बुबाले काम लगाइदिनु भयो । म काम गर्न पनि थालेँ र कामकै क्रममा कति कुराहरुसँग सामना गर्नुपर्यो । रातिको १२ बजेम्म काम गर्नुपर्ने र बिहान फ्mेरि ४ बजे उठ्नुपर्ने । जङ्लबाट ठूला भारीहरु बोक्नुपर्ने । घरमा फोन गर्न दिदैन थिएं । अनि होटलमा आएका सय थरी गेष्टहरुले जिस्काएको सहनुपर्ने, उनीहरुको अभद्र ब्यवहारको सामना गर्नुपर्ने, अत्यन्तै जाडो ठाउँ त्यसैमाथि तलब पनि ३००० रुपियाँ मात्र दिने जस्ता बाध्यताहरुलाई झ्mेल्नुपर्यो ।

३००० रुपियाँको लागि आफ्नो हुर्किदै गरेको उमेरलाई दाउमा लगाउन सकिनँ । फ्mेरि पनि फ्mर्केर गाउँमा नै आउनेबाहेक अरु केहि बाटो भेटाइनँ । गाउँमा फ्mर्केको केहि समयपछि भक्तपुरमा बस्नुभएको मेरो बुबा र कान्छी आमाले म विदेश जाने कुरा चलाए । जति बेला म १७ वर्षकी भएकी थिएँ । विदेश जानको लागि मेडिकल चेकजाँच भनी बुबा र कान्छी आमाले भक्तपुरमा बोलाउनु भयो । तर भक्तपुर आएपछि मलाई इटाभट्टामा काम लगाइदिनु भयो । महिनौँसम्म इटाभट्टामै काम गरेँ तर अन्तिममा साहुले ज्याला नै दिएन । त्यहाँबाट म भागेर फेरि गाउँ नै गएं र सदरमुकामको होटेलमा काम गर्न थालेँ । होटेलमा काम गर्दागर्दै एक संस्थाको सम्पर्कमा आएपछि भने बल्ल मेरो जीवनले अर्को मोड लियो । बहिनीहरुको तथा आफ्नो पढाइलाई सुरुवात गरेपछि अब लाग्छ मेरो जीवन विस्तारै सफलतातिर डोहोरिनेछ ।

लैङ्गिक हिंसासम्बन्धी १६ दिने अभियानको सन्दर्भमा म यहि भन्न चाहन्छु कि अहिले पनि मजस्ता कयौँ बालबालिकाहरु बालश्रममा परिरहेका छन् । अहिले पनि मलाई जस्तै कतिपय परिवारका सदस्यहरुले आफ्नो बालबालीकाको उचित स्याहार गरेका छैनन् । उनीहरुले पाउनुपर्ने मायां पनि पाईरहेका छैनन् । त्यसैले बालबालिकाको उचित स्याहार र संरक्षणको लागि हामी सबैले आवाज उठाऔं । बालबालीकालाई बालश्रम र बालहिँसा हुनबाट बचाऔं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button