मसाज भनेर ‘मनपरी’बाट मुक्त म
रमिता
नाम परिवर्तन
“यहि घरमा हो तैले काम गर्ने अफिस”, मेरी अलि टाढाकी नाता पर्ने दिदीले म काठमाण्डौ आएको ४ महिनापछि तिम्रो लागि एउटा काम खोजिदिएको छु भनेर मलाई ल्याएकी थिईन ।
हामी सानो सानो गल्ली हिँडेपछि अलि खुल्ला ठाउँमा पहेलो रङ्घको घर अगाडि पुगेका थियौं । बाहिर फुलहरु पनि देखिन्थ्ये । बाहिरबाट हेर्दा घर पनि राम्रै देखिएको थियो । हामी भित्र छिर्यौं । कोठा खाली नै थियो । नजिकै सानो टेबल अनि एउटा सानो सोफा थियो । सोफामा करीव ५० बर्ष अन्दाजी एक महिला थिईन् । शायद यस कार्यालयको साहुनी रहिछिन् ।
“दिदी तपाईलाई नया स्टाफ ल्याईदिएको छु”, मेरी दिदी बोलिन् । उनले मलाई पुलुक्क हेरर घित्र गएर बस्दै गर भनेर हामीलाई पठाईन् । खाजा पकाउने काम भनेर मलाई ल्याईएको थियो । खाजा पकाउने काम त कतै देखिनँ । कोठामा बरु तेल तथा लोसनका बट्टाहरु थिए । एकछिनमा साहुनी आन्टी आईन् ।
“तिमीलाई मसाज गर्न आउँछ ?”, उनले सोधिन् ।
म अलि छक्क पर्दै बोलेँ, “मलाई त आउंदैन ।”
“यहाँ तिमीले गर्नुपर्ने भनेको त मसाज तथा सरसफाई हो”, उनी बोल्दै गई्न ।
“तिमी बिस्तारै काम सिक्छौ”, साहुनीको मिठो र मायालु बोलीले त्यहाँ काम गर्न सजिलो होला जस्तो लाग्यो ।
“तिमी चाहन्छौ भने आजदेखि नै काम गर्न सक्छौ”, उनी फेरि बोलिन् ।
मलाई पनि ठिकै छ, बल्ल तल्ल भेटिएको काम गरेर हेरौं न त जस्तो लाग्यो । काम गर्नको लागि सबै कोठा देखाईन्् । सानो सानो अँध्यारो कोठा दिउँसै बत्ति बाल्नु पर्ने थियो । प्रत्येक कोठामा ससाना खाटहरु र केहि तेलका बट्टाहरु थिए । मसाज गर्नेलाई त्यहाँ सुत्न लगाएर मसाज गरिन्छ भन्ने त थाहा पाएँ । तर मैले कस्लाई मसाज गर्ने भनेर सोध्ने आँट गरिनँ । सुरुमा साहुनीले एक जना महिलालाई मसाज गरेर मलाई सिकाईदिईन् । मलाई मसाजको केहि नियमहरु पनि सुनाईन् । तर सबै याद गर्न सकिनँ । त्यसपछि लगभग ७० बर्ष देखिने बुवा मसाजको लागि आए । सायद उनी पहिलेदेखि आउने ग्राहक हुनुुपर्छ । साहुनीले नयाँ नानी यिनै हुन्, जानु भनेर उसलाई भनिन् । म विस्तारै त्यो अँध्यारो कोठामा गएँ । मेरो पछिपछि ग्राहक बुवा आए । केटा मान्छेको जिउ अहिलेसम्म नछोएकी म एकास्सी त्यो बुवालाई मसाज गर्नुपर्दा मेरो हातका औला कांपिरहेका थिए । कोठाभित्र गएपछि बुवाले मलाई कुरा गर्न खोजे तर मलाई बोल्न मन लागेन ।
ति बुवाले मलाई धेरै कुरा सोधे । मैले कुनै कुराको जवाफ दिएँ, कुनै दिईनँ । सायद त्यो बुवाले म डराएको थाहा पाए क्यारे । अरु केहि भनेनन् । त्यतिकैमा आधा घण्टा गयो । बुवाले फेरि आउँछु भनेर गए । मैले मेरो पहिलो ग्राहकलाई मसाज पनि गरिनँ । साहुनीले गाली गर्छिन् कि भन्ने डर लागेको थियो । मसाज सेन्टरमा थुपै्र मान्छे आउने रहेछन्् । त्यो वुवा गएपछि फेरि अर्को ग्राहक आए । देख्दा ३५ बर्ष जस्तो देखिन्थे । साहुनी दिदीले मलाई जाउ भनेर इसारा गरिन् । म फेरि त्यो ग्राहकसँग कोठामा गएँ । उनी अलि फरक खाल्का रहेछन् । कोठामा पस्न बित्तिकै मेरो लुगा खोलिदेऊ बैनी भनेर हात समातेर ताने । मलाई आकाश खसे जस्तो भयो । के बोल्न मिल्छ के मिल्दैन त्यो पनि थाहा थिएन । म टवाईलेट गएर आउँछु भनेर बाहिर निस्केँ । साहुनीलाई भनुँ कि भागेर जाउँ कि के गरौ जस्तो भयो । बाहिर दुई मिनेट बसेर फेरि भित्र गएँ ।
म जाँदा त त्यो ग्राहक सबै लुगा फुकालेर कण्डम हातमा समातेर मलाई कुरिहेको रहेछ । म झन् ठुलो धर्मसंकटमा परेँ । अब कसरी फुत्किने कुनै विकल्प भएन ।
“यस्तो ठाउँमा काम गरेर तेरो के पारा हो यो । मैले जे भने त्यो मानिनस् भने म तलाई अहिले कामबाट निकाल्नको लागि साहुनीलाई भन्छु”, ऊ जंगियो ।
बल्ल मैले मसाज गर्ने कामको वास्तविकता थाहा पाएँ । म अनेक डरलाग्दा सोचाईले गर्दा अक्क न बक्क भएर उभिईरहें ।
“के सोचेको ? ल आईज् । मेरो यहाँ मसाज गर्” भनेर उस्को लिंगतिर मेरो हात लान खोज्यो ।
यस्ता ग्राहक धेरै आए । दिनमा धेरै जनाले लुटे । मसाजको नामका चल्ने व्यापार कस्तो अच्चमको । दिनमा सात आठदेखि १० जना ग्राहकसँग पर्ने रहेछ । मेरो पढाई नहुनु, मसँग सिप नहुनु अनि मेरो परिवारमा राम्रो सहयोग नहुनुको फाईदा यो मसाजहरुलाई भएको रहेछ । म जस्ता थुपै जना बाध्यताले शरिर बेचिरहेका छन् ।
मलाई काम गर्दा सबैभन्दा डर घरमा थाहा पाउलान् भन्ने लाग्यो । जे जस्तो अवस्था भए पनि मेरो घरमा थाहा नपाए हुन्थ्यो जस्तो लाग्थ्यो । विहानको नौ बजेदेखि बेलुका नौ बजेसम्म काम गर्नु पर्दथ्यो । घरमा तेरो काम किन यति ढिलो भनेर भन्दा गाडी नपाएर ढिलो भयो, हिँडेर आएँ भनेर टार्ने गरेकी थिएँ । ममी बुवा रक्सी खाने, परिवारमा केहि मतलव नगर्ने, सधै घर झगडा हुने भएर पनि मैले काम गर्नु बाध्यता थियो । सुनाउन मन थियो काममा ग्राहकले गरेको व्यवहार, साुहनीले गरेको गाली अनि ४ हजार तलव हुँदा पनि १० हजार कमाउँछु भनेर झुट बोलको सबै कुरा । तर म चाहेर पनि यो सबै कुरा सुनाउन असमर्थ थिएँ । सायद त्यो आँट मेरो यो जुनीमा आउने छैन ।
उफ्, मन भारी भयो । गाउँमा हुँदा घाँसको भारी पनि यति भारी भएन । घाँसको भारी बिसाउने ठाउँ थियो तर मनको भारी त बोकेर हिँड्नु पर्ने रहेछ ।
एकदिन बिहान काममा जानको लागि हतारहतार हिडिरहेकी थिएँ । कान्छी भनेको आवाज सुनेँ तर वास्ता गरिन । अरुलाई होला जस्तो लाग्यो । फेरि किन नबोलको यता हेर न कान्छी भनेको सुनेपछि यताउता हेरेँ । पछाडिबाट एकजना केटा आउँदै रहेछ । मेरो गति अलि रोकियो । मलाई हो कि भनेर । नभन्दै मलाई रहेछ । मैले कहिले नदेखेको मान्छेले किन बोलाएको होला भन्ने मनमा लाग्यो । उस्ले बाटोमा हिँड्दै मलाई मसाज गरिदेऊ भनेर भन्यो । म जहाँ बस्ने गर्दथे, त्यहि नजिक अपरिचित व्यक्ति बाटोमा हिँड्दा मलाई मसाज गर भन्दा म बाँच्नुको अर्थ त्यहिँ सकेको जस्तो लाग्यो । त्यो व्यक्तिसँग झगडा गरेर म मेरो बाटो लागेँ । तर मनमा त्यो कुराले नराम्रोसँग चोट लाग्यो । परिवारमा मसाजमा काम गरेको थाहा पाउँछन् भन्ने डरले झन् पिरोल्न थाल्यो । त्यसपछि विस्तारै काम छोड्ने योजना बनाएँ । लगभग ६ महिनापछि काम छोड्ने निणर्य गरेँ ।
तर मलाई मसाजमा गरेको कामले झन् कमजोर झन् डरमा बस्नु पर्ने भयो । घरको अवस्था उस्तै थियो । निन्द्रा नलाग्ने, रोएर रात बिताउने, मलाई कसैले सहयोग गर्दैन भन्ने सोच आउने । धेरै समय दुखी हुने भईरह्यो । तर म घरको सबैभन्दा ठुली छोरी भएको कारण जिम्मेवारीबाट पञ्छिन भने सकिनँ ।
फेरी नयाँ जोश लिएर काम खोज्न निस्किएँ । धेरै समयपछि कपडा पसलमा काम पाएँ । यो काममा म धेरै खुशी भएँ । अब मैले कसैलाई झुट बोल्नु पर्दैन भन्ने कुराले खुशी बनायो । त्यहि बेला मनमनै बाचा गरेँ, अब मसाजमा फर्केर काम गर्न जानु नपरोस् । शोषण के हो ? दुव्र्यवहार के हो ? घृणा के हो ? राम्रोसँग बुझेँ अनि अनुभव पनि गरेँ । विभिन्न ठक्करले मलाई बलियो बनाउँदै गयो ।
अहिले आएर मैले बुझेको कुरा आफुले आफुलाई बुझ्नु र माया गर्न सबैभन्दा ठुलो कुरा हो । अरुको लहलहैमा लागेर काम गर्नुृभन्दा पहिले कामको बारेमा विस्तृत रुपमा बुझुनु जरुरी छ । अहिले म आफुजस्तो अप्ठेरोमा परेकोलाई सहयोगको लागि सम्बिन्धीत ठाँउसम्म पुर्याउने गर्दा मलाई आन्नद आउँछ । अहिले मलाई कसैले दुव्र्यवहार गर्ने आँट गर्दैन । सकारात्मक आत्मबलको कारण म विस्तारै आफ्नो जीवनसँग खुशि भएर बाँच्न थालिरहेको छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
सुन्दै घिनलाग्दा काम हाम्रो समाजमा हुँदारहेछन् ।
हामीले सुन्दा त यति दुःख लाग्छ भने ब्यहोर्ने ती विचराहरूको मन कति रूँदो हो । हुन त यही पापी समाजमा पैसाले मात्तिएर नाङ्गिने पनि छन् तर बाध्यताले रूने यस कथाका पात्रजस्तै देशविदेशमा रोएकाको लागि कहिले आउँछ त गणतन्त्र ?